अस्पतालबाट निस्कने फोहरबाट ऊर्जा उत्पादन
११ भदौ २०७९
•
२ मिनेट पाठ
अस्पतालबाट निस्कने फोहरबाट ऊर्जा उत्पादन
नुवाकोटको त्रिशूली अस्पतालबाट उत्पादन हुने फोहरबाट ऊर्जा उत्पादन गर्न थालिएको छ।




अस्पतालबाट निस्कनेमध्ये कुहिने फोहरलाई बायोग्यास प्लान्टमार्फत ऊर्जा (मिथेन ग्यास) उत्पादन गरेर अस्पतालको आवासीय मेस (भान्सा)मा प्रयोग गर्न थालिएको अस्पतालका प्रमुख डा दीपेन्द्र पाण्डेले जानकारी दिए।  

उनका अनुसार बागमती प्रदेश सरकारको सहयोगमा ८ लाख लगानी ४० घनमिटर क्षमताको बायोग्यास प्लान्ट सञ्चालनमा ल्याइएको हो।' प्रसूती कक्षबाट निस्कने प्लासेन्टा, शल्यक्रिया–ड्रेसिङ गर्दाको मानवजन्य अङ्ग, बिरामी र कुरुवाले खेर फालेका खाद्यान्नलगायत कुहिने फोहरलाई अस्पताल परिसरमा निर्माण गरिएको प्लाण्टमा विसर्जन गर्न थालिएको छ।' अस्पतालका प्रमुख डा पाण्डेका अनुसार 'प्लान्टबाट उत्पादन हुने इन्धनले चिकित्सकको आवासीय मेसमा १५ जनालाई आवश्यक इन्धन पर्याप्त बनेको छ।'

प्लान्ट सञ्चालनले अस्पतालजन्य कुहिने फोहरको बिसर्जनको समस्या समाधानसहित फोहरका कारण लाग्नसक्ने सरुवाजन्य रोग नियन्त्रण र इन्धन उत्पादनले अस्पतालको खर्च बचाएको अस्पताल विकास तथा व्यवस्थापन समितिका अध्यक्ष राजु पण्डितले बताए। उनका अनुसार अहिले परीक्षणका रुपमा सञ्चालनमा ल्याइएको प्लान्टबाट करिब ४० जनासम्मलाई खाना, खाजाका लागि आवश्यक इन्धन उत्पादन भएकाले ऊर्जा उत्पादनको दायरा बढाएर अस्पतालको चमेनागृहलाई बिक्री गर्ने लक्ष्य रहेको छ।

'अस्पतालबाट उत्पादित फोहर विसर्जन गर्न यसअघि मासिक रु एक हजार पाँच सय शुल्क तिर्नुपर्ने थियोु, अस्पतालका अध्यक्ष पण्डितले भने, 'कुहिनेबाट ऊर्जा र नकुहिनेलाई समेत एक निजी कम्पनीलाई मासिक रु तीन हजारमा बिक्री गर्न हालै सम्झौता गरेका छौँ।'

त्रिशूली अस्पतालले अस्पतालको सेवा प्रभावकारी बनाउन दक्ष जनशक्तिको व्यवस्थापन, आवश्यक उपकरणको प्रबन्ध र विशेषज्ञ सेवाको विस्तार गर्दै अस्पताल सञ्चालनका क्रममा देखिएका आन्तरिक समस्याको समाधानलाई प्राथमिकता दिँदै आएको जनाएको छ। 

सो क्रममा फोहर बिसर्जनका लागि प्लान्टको निर्माणसहित डिप बोरिङ निर्माण गरेर पानीको सुविधा सहज बनाइएको छ। ‘न्यूनतम सेवा मापदण्ड’मा त्रिशूली अस्पतालले देशभरका सरकारी अस्पतालमध्ये आर्थिक वर्ष २०७७र७८ मा ८३ अङ्क प्राप्त गरेको थियो भने गत आव २०७८र७९ मा ९४ अङ्कको साथ देशभरको उत्कृष्ट अस्पताल घोषित भएको थियो। 
अर्को समाचार
नुवाकोटको ६ स्थानमा यात्रु सहायता कक्ष
०७ असोज २०७९
•
१ मिनेट पाठ
नुवाकोटको ६ स्थानमा यात्रु सहायता कक्ष
नुवाकोटको ६ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ। अन्य समयमा भन्दा चाडपर्वको समयमा अपराधिक घटना बढ्ने, यात्रु ठगिने, नागरिक अलपत्र पर्ने जस्ता गतिविधि हुने गरेको छ।




त्यस्ता गतिविधि रोक्न  जिल्लाको मुख्य व्यापारिक क्षेत्र बट्टार, ढुङ्गे, तारुकाघाट, ककनी, छहरे र खरानीटारमा यात्रु सहायता कक्ष स्थापना गरिएको जिल्ला प्रहरी कार्यलय नुवाकोेटका प्रमुख रमेश पण्डितले जानकारी दिए। 'चाडपर्वको समयमा सार्वजनिक यातायातले तोकिएभन्दा बढी भाडा लिने गरेको, सामान हराएको, चोरीजस्ता गुनासो आइरहेको हुन्छ। यस्ता गतिविधिको बारेमा प्रहरीलाई जानकारी गराउँन सहज होस् भनेर यात्रु सहायता कक्ष स्थापना गरिएको हो', प्रहरी प्रमुख पण्डितले भने, 'कुनै आपराधिक क्रियाकलाप, दुर्घटनाजस्ता गतिविधि भएमा यात्रु सहायता कक्षमार्फत तत्काल जानकारी लिएर प्रहरी परिचालन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।'

बट्टारमा स्थापना गरिएको यात्रु सहायता कक्षको स्थापना कार्यक्रममा विदुर नगरपालिकाका  प्रमुख राजन श्रेष्ठले जोखिममुक्त यातायात क्षेत्र बनाउँनको लागि निरन्तररुपमा जिल्ला प्रशासन, प्रहरी, यातायात व्यवसायी, नागरिकलगायतलाई सहभागी गराई छलफल गर्दै आइरहेको बताए।
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ घण्टा अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस