काठमाडौं–सशस्त्र प्रहरी बलले आफ्नो आधिकारिक टुइटर ह्यान्डलबाट नेपाली कांग्रेस सभापतिका प्रत्यासी शेरबहादुर देउवा प्यानललाई समर्थन हुने सामाग्री सम्प्रेषण भएपछि अनुसन्धान सुरू गरेको छ।सशस्त्रका प्रवक्ता शैलेन्द्र खनालले राजनीतिक सामाग्री कसरी सम्प्रेषण भयो भन्ने पत्ता लगाउन अनुसन्धान सुरु गरिएको जानकारी दिए। यो संगठनको नीति विपरितको काम हो, कसले बदमासी गरेको हो अनुसन्धानगरी कारवाही हुन्छ' उनले नागरिकन्युजसँग भने।
एक अनलाइनमा सम्प्रेषित सामाग्री दिउस १ बजे सशस्त्रको ह्यान्डल नेपालएपिएफबाट सम्प्रेषण भएको थियो। सो विषयमा नागरिकन्युजले समाचार सम्प्रेषण गरेपछि बेलुका ६ बजे सशस्त्रले सो सामाग्री हटाएको छ।
यस अगाडि फागुन १२ मा प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग संयुक्त विज्ञप्ती जारी नहुने सामाग्रीसमेत सम्प्रेषण भएको थियो।