सार्वजनिक ठाउँ हड्प्न महानगरमा दबाब
२५ फागुन २०७२
•
४ मिनेट पाठ
सार्वजनिक ठाउँ हड्प्न महानगरमा दबाब
काठमाडौं-राजधानीका सार्वजनिक स्थानलाई व्यापारीकरण गरेर कमाइखाने भाँडो बनाउन पछिल्लो पटक महानगरलाई दबाब बढ्न थालेको छ। पुरातात्विक सम्पदादेखि लिएर बगैँचा र खाली ठाउँमा विभिन्न राजनीतिक दलका नेताहरू काठमाडौं महानगरपालिकाका कर्मचारीलाई फकाउन लागिपरेका छन्।

सार्वजनिक निजी सझोदारीका नाममा यसरी सार्वजनिक ठाउँ रोज्ने र त्यसलाई कमाइखाने भाँडो बनाउन नेताहरूले कर्मचारीलाई लोभ देखाउन लागिपरेको महानगर स्रोतको भनाइ छ ।

स्रोतका अनुसार रत्नपार्क, रानीपोखरी, शंखपार्क, बालाजु पार्क, पुरानो महानगरपालिका कार्यालय, जुद्ध वारुण यन्त्र कार्यालय रहेको जग्गा, टेकुस्थित नगरप्रहरी बसिरहेको ७ रोपनी जग्गा लगायतका क्षेत्रमा अनेक योजना लिएर कर्मचारी फकाउनमा यस्ता नेताहरू लागिपरेका हुन् ।

'महानगरले आफ्नो क्षेत्र कसरी व्यवस्थापन गर्ने भन्ने योजना बनाउन नपाई यस्ता नेताहरू स्रोतकेन्द्र धाउन थालेका छन्,' स्रोत भन्छ, 'तर उनीहरूले आफूखुसी योजना ल्याएर कार्यान्वयन गर्न दबाब दिने गरेका छन् ।'

महानगरसँग सार्वजनिक–निजी साझेदारीअनुसार ठेक्कामा सञ्चालन भइरहेका धरहरा–सुन्धारा क्षेत्र, गोंगोबु नयाँ बसपार्क र आकाशे पुलहरू अहिले सेवामुखीभन्दा पनि कमाइखाने अड्डा बनेका छन् । 'महानगरले दिएका क्षेत्रहरू अहिले निजी कम्पनीले सम्झौताविपरीत काम गरेर कमाउ धन्दा खोलेका छन्,' स्रोत भन्छ, 'त्यही लोभमा अन्य क्षेत्रमा पनि कब्जा जमाउन केही व्यक्ति तथा संस्थाहरू लागिपरेका छन् ।'

राजनीतिक दलका नेताहरूले आ–आफ्नो भाग लगाएर खान खोजिरहेको स्रोत बताउँछ । काठमाडौंमा बाँकी रहेका खाली ठाउँ हेर्नेदेखि लिएर आफ्नो भागमा पार्न केही निजी क्षेत्रहरू पनि एकलौटी रुपमा लागेको स्रोतको भनाइ छ ।

रत्नपार्कलाई महानगरले असार १५ गतेदेखि सशुल्क प्रवेशको व्यवस्था गरेको छ । त्यहाँबाट प्रतिदिन १५ देखि २० हजार मात्र राजस्व संकलन हुन्छ । अहिलेसम्म करिब २६ लाख रुपैयाँ राजस्व उठेको छ । राजधानीबासीका लागि आराम गर्ने स्थलको रुपमा विकास गरिएको रत्नपार्क निजी कम्पनीलाई दिलाउन दैनिक दबाब आउन थालेको महानगर स्रोत बताउँछ।

महानगरले रानीपोखरीलाई सुन्दर पार्न ११ करोड रुपैयाँ लगानी गर्न लागेको छ । यो क्षेत्र आफ्नो भागमा पार्न नेताहरू कर्मचारी फकाउन लागेको स्रोतको भनाइ छ । सौन्दर्यीकरणमा पोखरीको सफाइ, हरियाली बगैंचा, उज्यालोको व्यवस्था लगायत काम सम्पन्न हुने योजना छ ।

बालाजु पार्कमा पिकनिक, पौडी पोखरी लगायतका आकर्षण देखेर व्यवस्थापनको जिम्मा माग्न महानगर धाउनेको पनि कुनै कमी नभएको स्रोतको भनाइ छ । यसैगरी न्युरोडको जुद्ध चोकमा रहेको वारुण यन्त्र कार्यालयलाई हटाएर त्यहाँ व्यापारिक फाइदा उठाउन केही समूह लागिपरेको स्रोतले जानकारी दियो ।

त्यसैगरी धर्मपथको पुरानो महानगरको खाली जग्गामा पनि यस्तै व्यापारिक फाइदा उठाउन टोली लागिरहेको छ । नगर प्रहरी बसिरहेको टेकुस्थित ७ रोपनी जग्गामा पनि यस्तै विभिन्न योजना लिएर केही महानगर कार्यालय धाउने गरेका छन् ।
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
४ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो। Yetiairlinescontenttopbanner दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस