माधवी भट्ट, सौल, जेठ ९
कोरियाली इतिहासमा जोडिएको भ्रष्टाचार र आत्महत्याको कहालीलाग्दो श्रृंखलालाइ नयाँ र कहालीलाग्दो मोड दिदै यहाँका पूर्वराष्ट्रपति रो मू ह्योनले आज शनिबार विहान आत्महत्या गरेका छन्।

राजधानी सौलभन्दा धेरै टाढा रहेको गिमेस्थित आफ्नै निवास पछाडिको पहाड चढ्ने क्रममा टाकुरावाट हाम फालेर उनले जीवन समाप्त गरेका हुन । विहान ५:४५ वजे अंङ्गरक्षक सहित घरवाट निस्केका ६२ वर्षिय रोले ६:४० मा आत्महत्याको प्रयास गरेका हुन । टाउकोमा गंभिर चोट लागेका रोलाइ घर जनिकैको सानो अस्पताले उपचार गर्न नसकेपछि ८:३० वजे पुसान नेसनल युनिभर्सिटी हस्पिटलमा उपचारका लागि पुर्याइएको थियो । केही क्षणमै निधन भएको अस्पतालले जनाएको छ।
परिवार सदस्य र कानूनी सहयोगीहरुले रोले संक्षिप्त आत्महत्या नोट छोडेको जनाएका छन । संचार माध्यमहरुका अनुसार सुसाइड नोटमा रोले आफु कठिन अवस्थामा गुज्रिरहेको र आफ्ना कारण धेरै व्यक्तिलाइ दुख पुगेको उल्लेख गरेका छन । उनले आफु कुनै पनि पुस्तक पढ्न समेत असमर्थ रहेको बताएका छन । उनले आफ्नो मृत शरिर जलाउन र आफ्नै गाउमा सानो स्मारक बनाइदिन पनि आग्रह गरेका छन
भ्रष्टाचारको मुद्धामा वर्तमान राष्ट्रपति लि म्योङ वाकको सरकारले उनीमाथी छानविन प्रारम्भ गरेको थियो । छानविनमा संलग्न अधिकारीहरुले भ्रष्टाचारमा पूर्वराष्ट्रपतिको संलग्नता रहेका तथ्यहरु सार्वजनिक गरिरहेका थिए भने संचार माध्यमहरुले नैतिक मूल्यका लागि वकालत गर्ने र लामो संघर्ष गरेका रो भ्रष्टाचारमा मुछिएकाले देस बदनामित मात्र नभइ देसमा निराशा छाएको बताएका थिए । रोले एक भ्रष्टाचारी र बदनामित व्यापारीवाट ६ मिलियन अमेरिकी डलर वरावरको कोरियाली पैसा आफ्नो कार्यकालमा घुस लिएको आरोप लगाइएको छ । प्रोसेक्टर्सले रो दम्पतीलाइ पक्राउ गर्ने नगर्ने वारे छिटै निर्णय हुने जनाएको थियो ।

यही पहाडबाट रो हाम्फालेका थिए।
रोले सन २००३ देखि २००८ सम्म कोरियाली राष्ट्रपतिको भूमिका निभाएका थिए । सन २००३ को निर्वाचनमा राष्ट्रपतिको उम्मेद्धार बनेपछि स्वदेसी तथा विदेसी संचार माध्यमले उनलाइ हिरोका रुपमा प्रस्तुत गरेका थिए । एशीयाली अव्राहम लींकनको उपमा पाएका तीनले उच्च नैतिक मूल्य कायम राख्ने विश्वास गरिएको थियो । उनले भ्रष्टाचार विरुद्धको लढाइ आफ्नो मुख्य एजेण्डा हुने बताएका थिए । रोभन्दा अघि पनि कोरियामा धेरै व्यापारिक घरानिया र राजनीतिक व्यक्तिहरुले भ्रष्टाचारको अभियोगमा सार्वजनिक जनमत अभिव्यक्त भएपछि आत्महत्या गरेका उदाहरण छन । कोरियाली संचार माध्यमले नाम र तस्विर सहित समाचार सार्वजनिक गरेपछि धेरै भ्रष्टाचार आरोपितहरुले आत्महत्या गरेका छन ।