‘विश्व बैंकको जलवायु ऋण चाहिँदैन, जलवायु ऋण लाद्न पाइँदैन’
१५ भदौ २०७९
•
६ मिनेट पाठ
‘विश्व बैंकको जलवायु ऋण चाहिँदैन, जलवायु ऋण लाद्न पाइँदैन’
तस्बिरहरुः विजय राई/नागरिक
सरकारले जलवायुजन्य विपद् तथा अनुकूलित गर्न आवश्यक रकम विश्व बैंकसँग ऋणका रुपमा लिएको भन्दै बुधबार माइतीघर मण्डलामा विरोध प्रदर्शन भएको छ। प्रदर्शनमा वातावरण संरक्षणका क्षेत्रमा क्रियाशिल अभियन्ता तथा युवाहरुको सहभागिता थियो।




‘राज्यका कुन चाहिँ दस्तावेजमा जलवायुमा ऋण लिन्छौं भनेको छ। नीतिहरुमा जलवायु अनुदान लिन्छौँ भन्ने तर लिने बेलामा ऋण लिन? यस्तो गर्न पाइँदैन।’
‘नेपालमा विश्व बैंकको जलवायु ऋण चाहिँदैन, विश्व बैंकको जलवायु ऋण लादन पाइँदैन’ भन्ने मख्य नाराका साथ युवाहरुले प्रदर्शन गरे। उनीहरुले ‘जलवायु संकट समाधानका नाममा लादिएको जलवायु ऋणका विरुद्ध जागौं, जलवायु ऋण चाहिँदैन, जलवायु अनुदानः जनताको अधिकार, नेपाल सरकार होसियार, जलवायु ऋणको बहिष्कार’ लगायतका नारा लेखिएका पम्पलेट र ब्यानर लिएर प्रदर्शन गरेका थिए।

‘यो सम्झौता जलवायु न्यायको विरुद्ध छ,’ प्रदर्शनमा सहभागी युवा अभियन्ता तथा वातावरणीय कानुनकाज्ञाता दिलराज खनालले भने, ‘विश्व बैंक जस्तो संस्थाले जलवायु ऋण लाद्न पाउँदैन।’ उनले थप, ‘राज्यका कुन चाहिँ दस्तावेजमा जलवायुमा ऋण लिन्छौं भनेको छ। नीतिहरुमा जलवायु अनुदान लिन्छौँ भन्ने तर लिने बेलामा ऋण लिन? यस्तो गर्न पाइँदैन।’

अर्का अभियन्ता प्रयास अधिकारीले ‘नेपाल सरकारले विभिन्न क्षेत्रमा लामो समयदेखि ऋण लिइरहेको जानकारी भएपनि अरु कुनै राष्ट्रले गरेको प्रदूषणले गर्दा भइरहेको जलवायुजन्य विपद्का लागि ऋण किन लिइयो?’ भनी प्रश्न गरेका थिए। अर्का अभियन्ता सहिल श्रेष्ठले यो ऋणले एउटा नेपालीको टाउकोमा चार हजार रुपैयाँ थपिएको दाबी गरे।

‘नेपाल सरकारले विभिन्न फोरमहरुमा जलवायु ऋण लिन चाहँदैनौं र लिँदैनौं भनिरहेको छ। तर आफ्नै नीतिका विरुद्धमा विश्व बैंकसँग ऋण लियो। यो सरासर गलत काम हो। यो फिर्ता गर्नुपर्छ’, उनले भने। श्रेष्ठले जलवायु वित्तका नाममा आउनु पर्ने अनुदान रकम नआइरहेको अवस्थामा सरकारले यस्तो ऋण लिएर गलत कदम चालेको बताए।

विश्वका विकसित राष्ट्रहरुले गरेको कार्बन प्रदुषणका कारण नेपालमा जलवायुजन्य विपद्का घटनाहरु बढ्न थालेको र यस्ता विपद्को सामना गर्न वा अनुकूलित हुन आवश्यक रकम अनुदानका रुपमा लिनुपर्नेमा सरकारले ऋणको रुपमा लिएको भन्दै विरोध प्रदर्शन भएको हो। प्रदर्शनमा सहभागी युवाले जलवायु वित्तका नाममा कुनैपनि हालतमा जलवायु ऋण स्वीकार्य नभएको बताएका छन्। उनीहरुले माइतीघर मण्डलामा झण्डै २ घण्टा प्रदर्शन गरेका थिए।

जलवायुजन्य विपद् थेग्न तथा अनुकूलित हुन सहयोग लिनेदिने उद्देश्यले विश्व बैंक र नेपालबीच सोमबार भएको ऋण सम्झौता सम्बन्धी समाचार बुधबार नागरिक राष्ट्रिय दैनिकमा प्रकाशित भएको थियो। यो सम्झौताले जलवायु वित्तसम्बन्धी अन्तर्राष्ट्रिय मान्यता र नेपालले अन्तर्राष्ट्रिय मञ्चमा राख्दै आएको अडान अनुकूल नरहेको विज्ञहरूले बताएका छन्।

जलवायु–उत्थानशीलता तथा अनुकूलनका क्षेत्रमा नेपालजस्तो अल्पविकसित र जोखिममा रहेको राष्ट्रलाई दिइने वित्तीय सहयोग अनुदानमा हुनुपर्नेमा ऋण लिइनु सरासर गलत रहेको तर्क उनीहरूको छ। 

‘ग्रिड सहयोगअन्तर्गत जलवायुजन्य विपद्सँग अनुकूलन र उत्थानशील हुने क्षेत्रमा नेपालले ऋण सहयोग लिएको भए त्यो सरासर गलत हो। यो नेपालले अन्तर्राष्ट्रिय मञ्चमा उठाउँदै आएको मागको विपरीत छ,’
हरियाली, उत्थानशील र समावेशी विकास (ग्रिन, रिजिलेन्ट एन्ड इन्क्लुसिभ डेभलपमेन्ट–ग्रिडं शीर्षकमा विश्व बैंक र नेपालले १० करोड अमेरिकी डलर (१२.७ अर्ब रुपैयाँ) बराबरको सहुलियतपूर्ण ऋण सम्झौतामा सोमबार हस्ताक्षर गरेका थिए।

विश्व बैंकको यो सहयोगबाट जल, भूमि प्रयोग, क्लाइमेट–स्मार्ट कृषि, दिगो वन व्यवस्थापन, सहरी फोहोर तथा प्रदूषण नियन्त्रणलगायत क्षेत्रमा प्राथमिकतामा रहेका नीतिगत कार्यहरूलाई सहयोग गर्ने तयारी छ। यो ऋण सहयोगले नेपालको हरित, जलवायुजन्य विपद् थेग्न तथा समावेशी विकासका प्रयासलाई सहयोग गर्ने उद्देश्य लिएको छ।

उक्त सम्झौतामा अर्थ मन्त्रालयअन्तर्गतको अन्तर्राष्ट्रिय आर्थिक सहयोग समन्वय महाशाखाका सहसचिव ईश्वरीप्रसाद अर्याल र विश्व बैंकका लागि नेपाल, माल्दिभ्स र श्रीलंकाका लागि विश्व बैंकका अपरेसन मेनेजर लाडा स्ट्रेलकोभाले हस्ताक्षर गरेका थिए। ‘ग्रिड सहयोगअन्तर्गत जलवायुजन्य विपद्सँग अनुकूलन र उत्थानशील हुने क्षेत्रमा नेपालले ऋण सहयोग लिएको भए त्यो सरासर गलत हो। यो नेपालले अन्तर्राष्ट्रिय मञ्चमा उठाउँदै आएको मागको विपरीत छ,’ जलवायु परिवर्तनको क्षेत्रमा कार्यरत प्रकृति रिसोर्सेस सेन्टरका निर्देशक राजु पण्डित क्षेत्री भन्छन्।

यसैगरी अर्थ मन्त्रालय आफैंले सन् २०१९ मा सार्वजनिक गरेको अन्तर्राष्ट्रिय विकास सहयोग नीतिमा समेत अनुकूलनका क्षेत्रमा गरिने सहयोग अनुदानमा हुनुपर्ने उल्लेख गरिएको क्षेत्री बताउँछन्। ‘जलवायु अनुकूलन, उत्थानशीलता, जलवायुजन्य विपद् व्यवस्थापनमा सरकारले ऋण लिने कार्य तत्काल बन्द गर्नुपर्छ। यो मानव संवेदनशीलता, हाम्रो अडान र जलवायु वित्तसम्बन्धी भएका अन्तर्राष्ट्रिय सम्झौताविपरीत छ,’ जलवायुविज्ञ डा. विमल रेग्मीले मंगलबार ट्विटमा भनेका छन्।

‘प्रोजेक्ट सपोर्ट’ नरहेको तर्क गर्छन्। ‘हाम्रा आवश्यकता र प्राथमिकताका आधारमा पूर्वाधार विकासलगायत क्षेत्रमा यो सहयोगको प्रयोग हुनेछ। यो जलवायुजन्य विपद्को उत्थानशील र अनुकूलनका क्षेत्रमा सम्बन्धित छैन,’ 
विश्वका जलवायु परिवर्तनमा नगण्य योगदान रहे पनि जलवायुजन्य जोखिमका हिसाबले नेपाल विश्वमै सबैभन्दा अग्रणी राष्ट्रमा पर्छ। नेपालले जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय मञ्चमा जलवायुजन्य प्रकोपले गर्ने हानिनोक्सानीका लागि अन्तर्राष्ट्रिय समुदायले छुट्टै कोषको स्थापना गरेर सम्बोधन गर्नुपर्ने माग उठाउँदै आएको छ।

वन तथा वातावरण मन्त्रालयका सचिव डा. प्रेमनारायण कँडेलले ग्रिड सहयोग उपयुक्त भएको तर कसरी कार्यान्वयन गर्ने विषयमा छलफल भइरहेको बताए। ‘यो सहयोगअन्तर्गतका धेरैजसो कार्यक्रम भौतिक पूर्वाधार निर्माणका छन् तर यी विषय पनि जलवायुजन्य प्रकोपसँग प्रत्यक्ष जोडिएका विषय हुन्,’ सचिव कँडेलले भने।

विश्व बैंकसँग सोमबार भएको सम्झौतामा नेपालका तर्फबाट हस्ताक्षर गरेका अर्थ मन्त्रालयका सहसचिव अर्यालले सम्झौतामा ‘बजेटरी सपोर्ट’ रहेको तर ‘प्रोजेक्ट सपोर्ट’ नरहेको तर्क गर्छन्। ‘हाम्रा आवश्यकता र प्राथमिकताका आधारमा पूर्वाधार विकासलगायत क्षेत्रमा यो सहयोगको प्रयोग हुनेछ। यो जलवायुजन्य विपद्को उत्थानशील र अनुकूलनका क्षेत्रमा सम्बन्धित छैन,’ अर्याल भन्छन्।

उनी नेपालको विकास प्रयास, कोभिड–१९ पछिको आर्थिक पुनरुत्थान, विपद् व्यवस्थापन, जलवायु तथा वातावरणीय जोखिमसँग जुध्न यो सहयोग महत्वपूर्ण रहने बताउँछन्। 

‘हामी विश्वमा भएको तापमान वृद्धिका कारण सबैभन्दा बढी जोखिममा छौं। त्यो सँगसँगै जलवायु परिवर्तनसँग सम्बद्ध आर्थिक सहयोगमा पनि ऋण लिनुपर्ने भए हाम्रा लागि यो दोहोरा मार हुनेछ,’ जलवायु विज्ञ राजु पण्डित क्षेत्री भन्छन्।
गत वर्ष विभिन्न दातृ निकायले हरियाली, उत्थानशील र समावेशी विकास (ग्रिन, रिजिलेन्ट एन्ड इन्क्लुसिभ डेभलपमेन्ट–ग्रिड) अन्तर्गत सन् २०३० सम्म नेपाललाई ४.२ अर्ब अमेरिकी डलरको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

यो सहयोगले तोक्ने प्राथमिकताका क्षेत्रको पहिचानसहितको रणनीतिक कार्ययोजना अझै बनिसकेको छैन। विज्ञहरूले जलवायु परिवर्तनसँग जोडिएको विषयमा दातृ निकायसँग सहयोग लिँदा सावधानी अपनाउनुपर्ने बताएका छन्। ‘हामी विश्वमा भएको तापमान वृद्धिका कारण सबैभन्दा बढी जोखिममा छौं। त्यो सँगसँगै जलवायु परिवर्तनसँग सम्बद्ध आर्थिक सहयोगमा पनि ऋण लिनुपर्ने भए हाम्रा लागि यो दोहोरा मार हुनेछ,’ जलवायु विज्ञ राजु पण्डित क्षेत्री भन्छन्।

उनी नेपाल र नेपालीलाई थप भार पर्ने काम गर्न नहुने तर्क गर्छन्। जलवायुविज्ञ डा. विमल रेग्मी जलवायुजन्य विपद्सँग अनुुकूलन हुने विषय अत्यन्त संवेदनशील रहेको तर्क गर्दै भन्छन्, ‘यो विषयलाई सम्बोधन गर्न दातृ निकायसँग ऋण लिनु भनेको विपन्न र जोखिममा रहेका जनसमुदायप्रतिको अन्तर्घात हो।’
अर्को समाचार
गरिब देशलाई बेवास्ता किन ?
०६ वैशाख २०८१
•
६ मिनेट पाठ
गरिब देशलाई बेवास्ता किन ?
विश्वका गरिबतम् ७५ राष्ट्र कुल एक अर्ब ९० करोड जनसंख्याको घर हो। यही विश्वमा प्रचुर तामा, सुन जस्ता प्राकृतिक संसाधनसहित स्वच्छ ऊर्जा रूपान्तरणका लागि आवश्यक कैयन् दुर्लभ धातु पाइन्छ। अन्य देशमा जनसांख्यिक संकट रहेको अवस्थामा आगामी पाँच दशकसम्म यो विश्वमा युवा जनसंख्या विस्तार हुने देखिएको छ। यही सन्दर्भमा, विश्व बैंकअन्तर्गतको अन्तर्राष्ट्रिय सहयोग निकाय अर्थात इन्टरनेसनल डेभलपमेन्ट एसोसिएसन (आइडिए) ले गरिबतम् राष्ट्रलाई प्रदान गर्ने अनुदान तथा सहुलियतपूर्ण ऋण उपलब्ध गराउने दिशामा ऐतिहासिक परिवर्तन भइरहेको छ।




यो शताब्दीमा पहिलोपटक सबैभन्दा धनी देशको अर्थतन्त्रको तुलनामा आइडिए सहयोगका लागि योग्य रहेका देशमध्ये आधाजसोमा  आयको अन्तर फराकिलो बनेको छ। पछिल्लो दशक यी देशका लागि गुमेको दशक बनेको छ। त्यसो हुँदाहुँदै पनि बाँकी विश्वले यी देशलाई यथेष्ट ध्यान दिन सकेको छैन। 

आइडिए राष्ट्रमा विदेशी पुँजी प्रवाह धेरै मात्रामा घटेको छ। सन् २०२२ मा १६ वर्षमा पहिलोपटक निजी ऋणदाताहरूले आइडिए राष्ट्रका सरकार र सरकार जमानी बसेका निकायबाट ऋण वितरणको तुलनामा मूल रकमको भुक्तानी बढी लिएका छन्। 
विश्वको सरदर गरिबीभन्दा यी देशमा आठ गुणा बढी गरिबी छ। चरम गरिबीमा बाँच्न बाध्य विश्वका कुल जनसंख्याको ७० प्रतिशत हिस्सा यिनै देशले लिएका छन्। भोकमरी र कुपोषणको जोखिममा रहेका ९० प्रतिशत जनसंख्या यिनै देशमा छन्। यी देशमध्ये कैयन् शक्तिहीन भैसकेका छन् भने आधा जति कि ऋण संकटमा छन् कि त ऋण संकटको जोखिममा छन्।

आइडिए राष्ट्रमा विदेशी पुँजी प्रवाह धेरै मात्रामा घटेको छ। सन् २०२२ मा १६ वर्षमा पहिलोपटक निजी ऋणदाताहरूले आइडिए राष्ट्रका सरकार र सरकार जमानी बसेका निकायबाट ऋण वितरणको तुलनामा मूल रकमको भुक्तानी बढी लिएका छन्। यी देशमा विदेशी सरकारले गर्ने वित्तीय सहयोग विगत ११ वर्र्षको तुलनामा सर्वाधिक न्यून रहेको छ। यी राष्ट्रका लागि त्राण भनेका विश्व बैंक जस्ता बहुपक्षीय विकास बैंक हुन्। बहुपक्षीय ऋणदाताले सन् २०२२ मा उपलब्ध गराएको २६ अर्ब अमेरिकी डलरमध्ये विश्व बैंकको हिस्सा आधाभन्दा बढी छ।

वर्तमान विश्वका तीन प्रमुख अर्थतन्त्र अर्थात् चीन, भारत र दक्षिण कोरिया त्यतिबेला आइडिएका प्रमुख ऋणीहरू थिए। हाल उनीहरू आइडिएका प्रमुख दाताहरू बनेका छन्।
दोस्रो विश्वयुद्धपश्चातको आर्थिक संरचनाका आधारभूत मान्यताबाट हामी पछाडि फर्कँदैछौँ। त्यतिबेला कमजोर राष्ट्रको कल्याणका लागि धनीले सहयोग गर्नुपर्ने विषयलाई स्वीकार गरिएको थियो। विश्वका १७ दाता देशले सन् १९६० मा आइडिएलाई पहिलोपटक वित्तीय सहयोग गरेका थिए र यो सहयोगले अल्पविकसित राष्ट्रको आर्थिक तथा सामाजिक प्रगति मात्र सुनिश्चित नगरी अन्तर्राष्ट्रिय समुदायको समेत हित गर्ने विश्वास गरिएको थियो।

त्यो अवधिपश्चात भएको विश्वव्यापी समृद्धिले यो आधारभूत अवधारणाको परिपुष्टि गरेको थियो। वर्तमान विश्वका तीन प्रमुख अर्थतन्त्र अर्थात् चीन, भारत र दक्षिण कोरिया त्यतिबेला आइडिएका प्रमुख ऋणीहरू थिए। हाल उनीहरू आइडिएका प्रमुख दाताहरू बनेका छन्।

सन् २०७० सम्मका लागि यी राष्ट्रका युवा जनसांख्यिक समस्याबाट प्रभावित भएका विश्वका अन्य देशका लागि ठूलो मानवीय संसाधन हुने देखिन्छ।
निसन्देह, समृद्धिको यात्रा सिधा छैन। प्रगतिको यात्रा निरन्तर छैन। केही देशहरू अगाडि बढ्ने र फेरि पछि ओरालो लाग्ने गरेका छन् । तर कमजोर अर्थतन्त्रका लागि आइडिएको निरन्तरको सहयोगको विकल्प छैन र यसले सकारात्मक नतिजा दिएको छ। यसअघि ऋणी रहेका ३६ देश अब आइडिएमा निर्भर छैनन्। यीमध्ये एक दर्जन जति देश विगत दुई दशकमा स्तरोन्नति भैसकेका छन्।

हाल विश्वको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) मा आइडिए राष्ट्रको योगदान तीन प्रतिशत मात्र छ। तर उनीहरूको जनसांख्यिक लाभका कारण आर्थिक विकासको संभावना अत्यधिक छ।

सन् २०७० सम्मका लागि यी राष्ट्रका युवा जनसांख्यिक समस्याबाट प्रभावित भएका विश्वका अन्य देशका लागि ठूलो मानवीय संसाधन हुने देखिन्छ।

दक्षिण कोरिया, भारत र चीनको अनुभवले के देखाएको छ भने लगानी बढाउन महŒवाकांक्षी सुधार गर्दा त्यसको जादूमय प्रभाव पर्दछ। यसले उत्पादकत्व बढ्छ, आय बढ्छ र गरिबी घट्छ। आइडिए राष्ट्रमा लगानीको ठूलो आवश्यकता छ।
आइडिए देश खनिज संसाधनमा धनी भएकाले विश्वको ऊर्जा रूपान्तरणमा यिनले महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सक्छन्। उदाहरणका लागि भुटानमा सिलिकन र घानामा म्यांगनिज खनिजको ठूलो भण्डार छ। यसैगरी ठूलो स्तरमा दैनिक उत्पादन गर्न सक्ने उच्च क्षमताको कारण कैयन् आइडिए राष्ट्रहरू सौर्य ऊर्जाबाट फाइदा लिन सक्ने देखिएका छन्। तर यी राष्ट्रका श्रमशक्तिमा प्रवेश गर्ने युवाहरूलाई उत्पादनमूलक रोजगारीमा संलग्न नगराएसम्म र उनीहरूको स्वास्थ्य र शिक्षामा लगानी नगरेसम्म यी राष्ट्रले दिगो आर्थिक वृद्धि र स्थिरता सुनिश्चित गर्न सक्दैनन्।

यसबाहेक, आर्थिक व्यवस्थापनमा चुस्त सरकारी निकायको अभावमा उनीहरूले प्राकृतिक सम्पत्तिबाट लाभ लिन सक्ने छैनन्। त्यसैले आइडिए राष्ट्रले आफ्ना क्षमताको पूर्ण उपयोग गर्न घरेलु सुधार गर्न तथा बाह्य विश्वबाट नीतिगत तथा वित्तीय सहयोग प्राप्त गर्न आवश्यक छ। दक्षिण कोरिया, भारत र चीनको अनुभवले के देखाएको छ भने लगानी बढाउन महŒवाकांक्षी सुधार गर्दा त्यसको जादूमय प्रभाव पर्दछ। यसले उत्पादकत्व बढ्छ, आय बढ्छ र गरिबी घट्छ। आइडिए राष्ट्रमा लगानीको ठूलो आवश्यकता छ।

विद्यमान परिदृश्यमा, आइडिए राष्ट्रले आफ्ना वित्तीय तथा मौद्रिक रूपरेखालाई सफल पार्न, सीमापार व्यापार र वित्तीय प्रवाहलाई बढावा दिन र आफ्ना संस्थाहरूको गुणस्तर बढाउन ध्यान दिन आवश्यक छ। 
केही राष्ट्रमा विद्युत् पहुँच बढाउन र आधारभूत सरसफाइका सुविधा सुनिश्चित गर्न कुल गार्हस्थ्य उत्पादनको १० प्रतिशतभन्दा बढी पूर्वाधारमा लगानी हुनुपर्दछ । औसतमा, प्रत्येक आइडिए राष्ट्र विगत ५० वर्षमा दिगो लगानीको गति बढाउन एकपटक सफल भएका छन्। तर यो गति यस अघिका आइडिए राष्ट्रको औषत गतिभन्दा आधा मात्र हो।

विद्यमान परिदृश्यमा, आइडिए राष्ट्रले आफ्ना वित्तीय तथा मौद्रिक रूपरेखालाई सफल पार्न, सीमापार व्यापार र वित्तीय प्रवाहलाई बढावा दिन र आफ्ना संस्थाहरूको गुणस्तर बढाउन ध्यान दिन आवश्यक छ। सँगसँगै अन्तर्राष्ट्रिय सहयोगको आवश्यकता पनि उत्तिकै छ। यी राष्ट्रलाई वित्तीय तथा नीतिगत सहयोग पुर्‍याएको खण्डमा स्वच्छ ऊर्जाको रूपान्तरण संभव हुन्छ।

हाल अरूले गरेको पापका लागि उनीहरू ठूलो जरिवाना तिर्न बाध्य छन्। उनीहरूका लागि सुधारिएको विश्वव्यापी ऋण पुनर्संरचना प्रणाली आवश्यक छ। विद्यमान ढाँचाले उनीहरूलाई हित गर्दैन। अन्तर्राष्ट्रिय द्वन्द्व र व्यापार अवरोधको वर्तमान अवस्थामा विशेषगरी खाद्य असुरक्षालाई सम्बोधन गर्न उनीहरूका लागि विश्वव्यापी मद्दत आवश्यक छ।

आगामी दशकमा विश्वले शान्ति र समृद्धि सुनिश्चित गर्न आर्थिक सम्भावनाका हरेक अवसरलाई आत्मसात गर्नुपर्नेछ। एक चौथाइ जनसंख्यालाई विश्वले पिठ्युँ फर्काउन सक्दैन र मिल्दैन।  

–लेखकद्वय विश्व बैंकका प्रमुख अर्थशास्त्री हुन्। (प्रोजेक्ट सिन्डिकेट)  
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस