चितवन-सशस्त्र द्वन्द्वका बेला भएकामध्ये निकै जघन्य मानिएको माडी, बाँदरमुढे घटनाका पीडितसँग शुक्रबार सत्यनिरुपण तथा मेलमिलाप आयोगका सबै (पाँचैजना) पदाधिकारीले भेटेर अन्तरक्रिया गरेका छन्। पीडितसँग मात्रै बसेर छलफल गर्ने भनिए पनि कार्यक्रममा तत्कालीन विद्रोही माओवादीका प्रतिनिधिसमेत सहभागी थिए।
कार्यक्रममा माओवादीका प्रतिनिधिलाई पनि देखेपछि अन्य सहभागीले आपत्ति जनाएका थिए । 'दसैंमा काट्ने खसीलाई त खोरभन्दा पर राखिन्छ, यहाँ त जसले बम पड्कायो, उसैलाई समावेश गराउनुभयो, हामी कसरी बोल्ने ?' पीडितका तर्फबाट बोल्दै माडी देवेन्द्रपुरकी पूर्णकला अधिकारीले भनिन् ।
तत्कालीन माओवादीले २०६२ साल जेठ २३ गते माडी, बाँदरमुढेमा यात्रु बसलाई निशाना बनाएर बम विष्फोट गराएको थियो । विष्फोटमा परेर तीन सैनिक र ३५ सर्वसाधारणको तत्कालै ज्यान गएको थियो भने ७२ जना घाइते भएका थिए । घटनालगत्तै माओवादी अध्यक्ष पुष्पकमल दाहालले 'जनयुद्ध' कालकै सबैभन्दा ठूलो भूल भएको भन्दै दुःखमनाउ गरेका थिए । उनले प्रेस विज्ञप्तिमार्फत तत्कालै घटनाप्रति माफी मागेका थिए । तर, अनुकूल समयमा माडी आएर पीडितसँग भेटी माफी माग्ने बाचा भने उनले अझै पूरा गरेका छैनन् ।
'को आए–आएनन् भन्दा पनि अहिले राज्यको ठूलो संयन्त्र यहाँ आयो तर उसले पनि विचार पु¥याएको देखिएन,' बाँदरमुढे घटना पीडित संघर्ष समितिका अध्यक्ष मुक्ति न्यौपानेले भने, 'पीडितलाई उनीहरूसँगै राखेर भेट्न हुँदैन थियोे ।' आयोग पदाधिकारी पनि बाँदरमुढे घटनाका पीडितलाई मात्रै भेट्नेगरी तय भएको कार्यक्रममा अन्य सहभागी देखेपछि आश्चर्यमा परेका थिए ।
माडीको जनजीवन प्राथमिक विद्यालयमा कार्यक्रम भएको थियो । कार्यक्रमबारे समाचारबाट थाहा पाएर आफूहरु आएको माओवादी समर्थकको भनाइ थियो । 'यसरी अन्य पक्षलाई पनि राखेर कार्यक्रम गर्न हामीले खोजेको होइन, जो बाँदरमुढे घटनाका पीडित हुनुहुन्छ, उहाँहरु मात्रै बसिदिनुहोला,' आयोगकी सदस्य मञ्चला झाले अनुरोध गरिन् ।
झाको अनुरोधपछि भने वातावरण केही सहज भयो । माओवादीमा सक्रिय व्यक्तिहरु बाहिरिएपछि बाँदरमुढे घटनाका पीडित केही खुलेर कुरा गर्न थाले । आफूहरुले न्याय पाउने कुरामा भने ढुक्क हुन नसकेको उनीहरुको भनाइ थियो । एक होइन अनेक आएर सोध्दै जाने गरेको तर आफूहरुको अवस्था जस्ताको तस्तै रहेको उनीहरुले बताए ।
'देशले एउटा भयंकर सशस्त्र द्वन्द्व भोग्यो, त्यसको असर के रहेछ भनेर सोधीखोजी गर्न राज्यका तर्फबाट अब योभन्दा ठूलो कुनै संयन्त्र बन्दैन,' सदस्य झाले फेरि विश्वस्त पारिन्, 'हामी सत्यतथ्य पत्ता लगाएर न्यायको सिफारिस गर्नेछौं, शंका–आशंकाभन्दा पनि विश्वास गरेर सत्य कुरा के हो भन्नुहोस् ।' पीडित र पीडक पहिचान गर्ने चरण अझै धेरै बाँकी रहेको उनले बताइन् ।
आयोगले छानबिनका साक्षीको संरक्षण गर्ने र गोप्यतासमेत कायम राख्ने झाले बताउँदा पनि पीडित खुल्न नसकेपछि माओवादी समर्थकहरू कार्यक्रमबाट बाहिरिएका थिए । योङ कम्युनिस्ट लिग (वाइसिएल) का केन्द्रीय सदस्यदेखि स्थानीय माओवादी पनि कार्यक्रममा देखिन्थे । 'म त्यो बेला पार्टी थिइन, घटना भएको ठाउँदेखि नजिकै रहेको विद्यालयमा पढ्थेँ । रेडक्रसमा थिएँ । घटना भएपछि उद्धार गर्न रेडक्रसको झन्डा बोकेर सबैभन्दा पहिला हाम्रै टोली गएको थियो,' अहिले वाइसिएल केन्द्रीय सदस्य रहेका सन्तोष पनेरुले भने, 'त्यो बसमा हतियारसहितका सेना पनि थिए, यो कुरा पनि बिर्सनु हुँदैन ।'
'दुःख सुनाइयो तर न्याय पाइएन'
माओवादी प्रतिनिधि कार्यक्रमस्थलबाट बाहिरिए पनि पीडितले आयोगसमक्ष निर्धक्क आफ्ना कुरा राख्ने हिम्मत गरेनन् । माडी खरकट्टाकी विष्णु विक डेढ वर्षकी छोरी सुस्मितासहित विष्फोटमा परेकी थिइन् । उनको ढाडमा चोट लाग्यो भने छोरीको खुट्टा भाँचियो । घटनापछि श्रीमान चन्द्रबहादुरमा मानसिक समस्या देखियो । 'अब आफू गर्न केही सक्दिन, श्रीमानको पनि बेहाल छ,' त्यही घटनामा घाइते छोरीसहित आएकी विष्णुले भनिन्, 'दुःखमाथि दुःख छ, यो कुरा कतिलाई सुनाइयो तर आफ्नै बेइज्जत मात्रै भयो, न्याय पाइएन ।' घर चलाउनेको केही उपाय नलागेपछि छोराछोरीलाई स्कुल जान रोकेर अर्काको घरमा गोठालो राख्ने योजना बनाएको उनले सुनाइन् ।
'आजको भेटघाटको तौरतरिकाले आयोगप्रति पनि हामीलाई विश्वास लागेन, हामीलाई न्याय चाहिएको हो । न्याय भनेको घटनाका दोषी पहिचान गरेर कारबाही गरेपछि मात्रै हुन्छ, आयोगले यो काम गर्नुपर्छ,' घटनापीडित संघर्ष समितिका उपाध्यक्ष कृष्ण अधिकारीले भने ।
पीडितका कुरा सुनेपछि आयोग सदस्य माधवी भट्टले दुवै पक्षलाई राखेर कार्यक्रम गर्दा देखिएको असहज अवस्थाले आगामी दिनलाई शिक्षा दिएको बताइन् । उनले यो घटनालाई निकै गम्भीरतासाथ लिएर पीडितलाई भेट्न आएको जानकारी गराइन् । 'घटनाका पीडित न राज्य पक्षका थिए न विद्रोही पक्षका,' उनले भनिन्, 'त्यसैले यो घटनालाई निकै गम्भीरतासाथ लिएर हामी स्थलगत अध्ययन गर्न आएका हौं ।'
गत वर्षको माघ २७ मा दुई वर्षको अवधि तोकेर सत्यनिरुपण तथा मेलमिलाप आयोग गठन भएको थियो । आयोग अध्यक्षमा सूर्यकिरण गुरुङ छन् भने सदस्यमा लीला उदासी, श्रीकृष्ण सुवेदी, माधवी भट्ट र मञ्चला झा छन् । आयोगले हालसम्म ६८ जिल्लामा कार्यक्रम गरिसकेको छ । सबै पदाधिकारी स्थलगत रूपमा गएको भने यो पहिलोपटक हो ।
आयोग अध्यक्ष गुरुङले बाँदरमुढे घटनाका पीडितले उपचार र राहतसमेत नपाएको गुनासो राखेको बताए । घाइते भएका व्यक्तिले आफ्ना सन्तानको शिक्षामा समेत राज्यले नहेरेको बताएका थिए । 'यसका साथै सत्यतथ्य उजागर गरेर पीडकलाई कारबाही गर्नुपर्छ भन्ने भनाइ पनि आयो,' अध्यक्ष गुरुङले भने ।
वैशाखपछि आयोगले उजुरी आह्वान गर्ने र त्यसमाथि छानबिन सुरु गर्ने उनले जानकारी दिए । 'उजुरीपछि छानबिनक्रममा पनि फेरि–फेरि आउनुपर्छ तर अहिलेको जस्तो ठूलो टिम नआएर एक दुईजना मात्रै आउनेछौं,' उनले भने ।