काठमाडौं-कांग्रेस नेता डा. शेखर काेइराला अस्पताल भर्ना भएका छन्। सोमबार विहान दुई बजेदेखि निरन्तर झाडापखाला लागेपछि उनलाई नर्भिक अस्पताल भर्ना गरिएको हो।
नेता काेइरालालाई थापाथलीस्थित नर्भिक अस्पतालको ५१० क्याविनमा राखिएको सहयोगी दिनेश थपलियाले जानकारी दिए। 'राति दुई बजेदेखि निरन्तर झाडापखला लागेपछि विहान नौ बजे नर्भिक अस्पताल भर्ना गरिएको हो,' थपलियाले भने,'अहिले औषधि स्लाइन पानी दिएर राखिएको छ।'
शेखरलाई आज अस्पतालमै राखिने थपलियाले जनाए। उनलाई डा. मधु घिमिरेको टिमले उपचार गरिरहेको छ।डा. काेइराला साेमबार सम्पन्न पार्टीकाे खुल्ला केन्द्रीय सदस्यतर्फकाे मतगणनामा सबैभन्दा बढी मत ल्याएर विजय भएका छन्।