कालिकोटको सान्नी त्रिवेणी गाउँपालिकाले आफ्नो प्रशासनिक भवन निर्माणको लागि शिलान्याश गरेको छ। बिहिबार गाउँपालिका उपाध्यक्ष पार्वती सिंह (संज्याल)ले भवन सिलान्यास गरेकी हुन्।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र सान्नी त्रिवेणी गाउँपालिकाको साझदारीमा ८करोड ६२ लाखको लागतमा निर्माण हुने भवन निर्माण सम्पन्न भए पछि गाउँपालिकाको काम कारवाहीमा सहजता हुने गाउँपालिकाले जनाएको छ। गाउँपालिकाको सेनटर रहेको वडान—६मा २ तले सुविधासम्पन्न भवन बन्न लागेको हो।
भवन सिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका उपाध्यक्ष पार्वती सिंह (संज्याल)ले भवन तोकिएको समयमा गुणस्तीय बन्ने बिश्वास व्यक्त गरेको बताईन्। उनले भनिन् ‘स्टामेट अनुसार दुई वर्षमा भवन तया हुनेछ। समयमै भवन सम्पन्न गर्न र गुणस्तरीय बनाउन गाउँपालिकाले बेला बेलामा अनुगमन गर्ने छ।’
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रराज शाहीले नयाँ जनप्रतिनिधि आएपछि पालिकामा धेरै विकास भएको दावी गरे। उनले पछिल्लो तिन महिनाको दौरानमा स्थानिय सरकारले आ–आफ्नो क्षेत्राधिकार भित्र रहेर धेरै विकासे योजनाहरु सुरु गरेको वताए।
उनले शिक्षा,स्वास्थ्य तथा भौतिक पूर्वधार विकासमा स्थानिय सरकारहरुले राम्रो काम गरेको तथा जनताको जनजीवनमा पहिले भन्दा अहिले निकै परिवर्तन आएको दावी गरे।
स्थानिय सरकारले धेरै राम्रो काम गरेको बताउदै वडानं—४ का वडा अध्यक्ष देवनाथ योगिले भवन निर्माण पश्चात सान्नी त्रिवेणी गाउँपालिकाका जनतालाई प्रशासनिक तथा विकास निर्माणका अन्य कामहरु गर्न सहज हुने विश्वास व्यक्त गरे । सेवाग्रहीले सेवा लिने ठाउँ सेवाग्राही मैत्री हुनु पर्नेमा उनको जोड थियो।
हाल संचालनमा रहेको गाउँपालिको आवासीय कार्यालयको छेवमै निर्माण हुने भवनको सिलान्यास कार्यक्रममा वडान–७ का वडा अध्यक्ष जयप्रसाद सिम्खडा,ठेकेदार हिक्मत शाही,स्थानिय लगाएतको उपस्थिती रहेको थियो।
भोजपुर, जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्चालन गर्ने तयारी गरेका छन्। पदमार्गको प्रचारप्रसार गर्दै आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने लक्ष्यसहित पाँच पालिकाले बजेट विनियोजन गरेर कार्यक्रम सञ्चालनको तयारी अघि बढाएका हुन्।
भोजपुर नगरपालिका, टेम्केमैयुङ गाउँपालिका, आमचोक गाउँपालिका, हतुवागढी गाउँपालिका र रामप्रसादराई गाउँपालिकाका जनप्रतिनिधिबीच भएको संयुक्त बैठकमा अल्ट्रा म्याराथन सञ्चालन तथा ग्रेटर मुन्दुम पदमार्गको विकास र प्रवर्द्धनका विषयमा प्रारम्भिक छलफल भएको छ।
अल्ट्रा म्याराथन सञ्चालनका लागि पाँचवटै पालिकाले कुल रु ५५ लाख बजेट विनियोजन गरेको रामप्रसादराई गाउँपालिका अध्यक्ष थामबहादुर राईले बताए। जसअनुसार टेम्केमैयुङ गाउँपालिका र भोजपुर नगरपालिकाले रु २०/२० लाख तथा आमचोक, हतुवागढी र रामप्रसादराई गाउँपालिकाले रु पाँचपाँच लाख बजेट विनियोजन गरेका छन्। थप निर्णय भने आगामी मङ्सिर २५ गते बस्नेत वैठकले गर्ने अध्यक्ष राईले बताए।
पाँचवटै स्थानीय तहको साझा पहलमा कार्यक्रम सञ्चालन गर्ने तयारीस्वरूप बजेट व्यवस्थापन र सञ्चालन प्रक्रियाका विषयमा छलफल गरिएको टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले जानकारी दिनुभयो। उहाँले स्थानीय तहबीचको सहकार्यबाट मुन्दुम पदमार्गलाई राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा चिनाउन र पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउन सकिने बताए।
अल्ट्रा म्याराथन सञ्चालनले पदमार्गको प्रचारप्रसारसँगै यस क्षेत्रको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा, मौलिक परम्परा र स्थानीय जीवनशैलीलाई चिनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। प्रतियोगितामा देश तथा विदेशका धावकको सहभागिता गराउन सके यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा थप योगदान पुग्ने उनले बताए।
पदमार्ग आसपासका बासिन्दालाई पर्यटन व्यवसायमा जोड्दै स्थानीय उत्पादनको बजारीकरण, होटल तथा घरबास सेवा विस्तार र रोजगारी सिर्जनामा समेत यस्तो कार्यक्रमले सहयोग पु¥याउने जनाइएको छ र पाँचवटै पालिकाको संयुक्त प्रयासबाट ग्रेटर मुन्दुम पदमार्गलाई साहसिक पर्यटनको आकर्षक गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्य राखिएको छ।
बैठकमा भोजपुर नगरपालिकाका प्रमुख कैलासकुमार आले, टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेत, उपाध्यक्ष रमादेवी राई, हतुवागढी गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राई, रामप्रसादराई गाउँपालिकाका अध्यक्ष थामबहादुर राई, उपाध्यक्ष वीरेन्द्र राई र आमचोक गाउँपालिकाका अध्यक्ष सीता राईलगायतको उपस्थिति रहेको थियो।
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...