सिडिओमा अधिकार फर्काउन सजाय कटौती
०१ चैत्र २०७२
•
९ मिनेट पाठ
सिडिओमा अधिकार फर्काउन सजाय कटौती
काठमाडौं-संविधान जारी भएसँगै खोसिएको मुद्दासम्बन्धी अधिकार प्रमुख जिल्ला अधिकारीमा फर्काउन सरकारले हतियार उत्पादन, खरिद–बिक्री, गम्भीर प्रकृतिको अपराधको दण्ड र सजायको प्रावधान घटाएको खुलेको छ। संविधान कार्यान्वयनमा बाधक ऐन संशोधन भन्दै सरकारले अवैध हतियार बिक्री, उत्पादनजस्तो गम्भीर अपराधको दण्ड प्रावधान घटाएको हो।




नयाँ संविधान जारी भएसँगै एक वर्षभन्दा बढी सजाय हुनसक्ने अपराधको क्षेत्राधिकार जिल्ला अदालतलाई तोकिएपछि प्रमुख जिल्ला अधिकारीले हेर्दै आएको हातहतियार तथा खरखजाना र केही सार्वजनिक अपराध मुद्दाको क्षेत्राधिकार अदालतमा सरेको थियो । नयाँ संविधान जारी भएसँगै एक वर्षभन्दा बढी सजाय हुनसक्ने कसुरका अभियुक्तको अनुसन्धान अदालतबाट प्रारम्भ हुने भएपछि प्रहरीले प्रमुख जिल्ला अधिकारीसमक्ष लैजाने हातहतियार तथा खरखजाना र केही सार्वजनिक अपराधसम्बन्धी मुद्दा जिल्ला अदालत सरेको थियो ।

प्रहरीले यो प्रावधानअनुसार पक्राउ परेका आरोपीविरुद्ध अनुसन्धानका लागि न्यायिक हिरासतमा राख्न म्याद माग्ने, म्याद थप गर्ने काम अदालतबाट गरिरहेको थियो भने प्रहरीबाट आएको प्रस्तावित राय–सुझावका आधारमा जिल्ला न्यायधिवक्ताको कार्यालयले अभियोग पत्रसमेत अदालतमै दर्ता गर्दै आएको थियो ।

बैंकमा रहेको लकर जाँचक्रममा आइतबार १४ वटा अवैध खरखजाना (गोली) सहित एकीकृत नेकपा माओवादीका सभासद ल्यारक्याल लामा पक्राउ परेपछि प्रहरीले अनुसन्धानका लागि न्यायिक हिरासतमा राख्न अदालतमा नभई प्रमुख जिल्ला अधिकारीसँग म्याद मागेसँगै अन्योल बढेको थियो । लगत्तै प्रहरीले विज्ञप्ति नै जारी गरेर 'अवैध हतियार र खरखजाना' अभियोगमा सजाय घटेर एक वर्षसम्म मात्रै बनेकाले पुनः प्रमुख जिल्ला अधिकारीकोमा सजाय थप गर्न लागिएको प्रष्टीकरण दिएपछि संविधान कार्यान्वयनमा बाधक भन्दै सरकारले संशोधन गरेको विभिन्न ऐनसँगै हतियार र खरखजानासम्बन्धी ऐनको सजाय प्रावधानसमेत घटाएको खुलेको हो । उक्त ऐन राष्ट्रपति विद्या भण्डारीबाट फागुन १३ गते प्रमाणीकरण भइसकेको छ ।

अवैध हतियार खरिद–बिक्री, उत्पादन गर्नेविरुद्धको कानुनी सजाय घटिसकेको छ । कानुन प्रावधानअनुसार तीन वर्षभन्दा बढी कैद सजाय हुनसक्ने अभियोगमा धरौटी निषेध गरेको छ । उक्त ऐनको सक्रियतासँगै अवैध हतियारका अभियुक्तका लागि धरौटीसमेत सहज बनेको छ ।

नयाँ संविधान कार्यान्वयनका लागि कानुन मन्त्रालयले 'नेपालको संविधानसँग तादात्म्य नरहेका प्रचलित ऐन संशोधन गर्ने' भन्दै केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०७२ बनाएर हातहतियार तथा खरखजाना ऐन, २०१९ तथा केही सार्वजनिक अपराधसम्बन्धी ऐन, २०२७ मा रहेको सजायसम्बन्धी प्रावधान घटाई मुद्दाको क्षेत्राधिकार सिडिओमा ल्याएको हो ।

संविधानअनुसार अदालतमा सरेको अधिकार प्रमुख जिल्ला अधिकारीमा फर्काउन ५ वर्ष कैद सजायको प्रावधान रहेको बुँदा संशोधन गर्दै उसले १ वर्ष मात्रै बनाएको छ । जसअनुसार हातहतियार तयार गर्ने, बेच्ने वा बिक्रीका लागि दिने, हातहतियार ल्याउने, हातहतियार लिएर हिँड्नेमाथि संशोधित प्रावधानअनुसार अधिकतम ६ महिनादेखि १ वर्षसम्म मात्रै दण्ड हुनसक्छ ।

संविधान कार्यान्वयनमा आएसँगै यसअगाडि प्रमुख जिल्ला अधिकारीले हेर्ने हतियार र १ वर्ष बढी सजाय हुनसक्ने सार्वजनिक अपराधको मुद्दा प्रारम्भदेखि नै जिल्ला अदालतले हेर्न थालेको थियो । संविधान जारी भएलगत्तै अदालतले १ वर्षभन्दा बढी सजाय हुने अभियोगको अनुसन्धान प्रक्रिया र मुद्दा टुंग्याउने अदालतबाट मात्रै सुरु गरेपछि मुद्दाविहीन भएका प्रमुख जिल्ला अधिकारीमा अधिकार फर्काउन सरकारले ऐन संशोधन गर्दै दण्ड र सजाय नै घटाएको हो ।

संविधानअनुसार ती मुद्दा पुनः जिल्ला प्रशासन कार्यालयमातहत ल्याउन अन्य उपाय नभएपछि कानुन मन्त्रालयले केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०७२ मार्फत सजायको मात्रा घटाउँदा हतियार खरिद–बिक्री, उत्पादनजस्ता गम्भीर आपराधिक गतिविधिमा संलग्न व्यक्तिका हकमा समेत न्यून सजाय हुने भएको छ । उनीहरु प्रथम सुनुवाइमै सहजै धरौटीमा रिहा हुने बाटो समेत कानुनले नै खोलिदिएको छ ।

ऐनमा हातहतियार वा खरखजाना बनाउन, मर्मत गर्न, साथमा राख्न, एक रूपबाट अर्को रूपमा फेर्न, बेच्न, बिक्रीका लागि दिन, अनुमति नलिई विदेशबाट ल्याउन÷लैजान रोक लगाउँदै ५ वर्षसम्म कैद सजायको कानुनी प्रावधान राखेको थियो । निर्वाचनका बेला हतियार लिएर हिँडे वा सरकारले आह्वान गरेअनुसार हतियार नबुझाए पनि ३ देखि ५ वर्ष कैदको व्यवस्था एनले गरेको थियो । संशोधित ऐनअनुसार यस्ता गतिविधिमा संलग्नलाई तीनदेखि नौ महिनासम्म मात्रै सजाय हुनेछ । अवैध हतियार खरिद गरेमा एक वर्षदेखि ३ वर्षसम्म कैद सजायको प्रावधान सच्याउँदै तीन महिनादेखि नौ महिनासम्म सजाय हुनसक्ने कानुनी व्यवस्था गरेको हो ।

प्रहरी तथ्यांकअनुसार अवैध रकम असुली र अपहरणजस्ता अपराधमा सबैभन्दा धेरै साना हतियार प्रयोग हुने गरेका छन् । गम्भीर अपराधमा सजायको प्रावधान घट्नु र धरौटीका लागिसमेत बाटो खुल्दा साना हतियार प्रयोग बढ्ने भन्दै प्रहरी अधिकारी भने नयाँ कानुनी प्रावधानको विपक्षमा उभिएका छन् ।

'०२७ सालमा बनेको कानुन ०७२ मा संशोधन हुँदा सजायको प्रावधान बढ्नुपर्नेमा उल्टो घट्दा सुरक्षा जोखिम बढ्छ,' नाम उल्लेख गर्न नचाहने एक सुरक्षा अधिकारीले भने, 'अदालतले मुद्दाको बोझ घटाउन र गृहले मुद्दाको अधिकार सिडिओमा ल्याउन सजाय घटाए तर त्यसले ल्याउने सुरक्षा जोखिमको विश्लेषण भएको देखिएन ।'

ल्हारक्यालको घर तलासी

बैंकको लकरमा फेला परेको गोली लाग्ने हतियार पहिल्याउन महानगरीय प्रहरी परिसर काठमाडौंले सोमबार एमाओवादी सभासद ल्यारक्याल लामाको बूढानीलकण्ठस्थित घरको तलासी लिएको छ ।

काठमाडौं परिसरका एसपी प्रधुम्न कार्कीको नेतृत्वमा गएको टोलीले लामाको साढे दुईतले घरमा तलासी लिए पनि ७ दशमलव ७ एमएमको गोली लाग्ने चिनियाँ पेस्तोल फेला पारेन । 'गोली फेला परेकाले घरमा हतियार लुकाएर राखिएको छ कि भनेर तलासी लिएका थियौं तर फेला परेन,' एसपी कार्कीले भने, 'अब अख्तियारसँग समन्वय गरेर अनुसन्धान अगाडि बढाउँछौं ।'
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
३ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो।

Yetiairlinescontenttopbanner

दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ५ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस