चितवन–पूर्वी चितवनको एक इट्टा उद्योगमा चट्याङ पर्दा उद्योगमा कार्यरत दुई मजदुरको ज्यान गएको छ। अन्य सात मजदुर घाइते भएको चितवन जिल्ला प्रहरी कार्यालयले जनाएको छ।चैत १ गते सोमबार दिउँसो हावाहुरी र पानीआएका बेलामा पूर्वी चितवन रत्ननगर–१० मा रहेको हरिकृष्ण इट्टा उद्योगमा चट्याङ् परेको थियो। चट्याङले घाइते भएपछि उपचारकालागि भरतपुर अस्पताल ल्याउँदै गरेका नौजना मध्ये दुईजनाको बाटोमा नै ज्यान गएको चितवन जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । मृत्यु हुनेमा सर्लाही रञ्जितपुर–९ का १६ वर्षीय दिनेश माझी र सर्लाही हदरिया–५ की २४ वर्षीया रिता राई रहेको प्रहरीको भनाइ छ । अन्य सात जनाको भरतपुर अस्पतालमा उपचार भइरहेको छ।
यसैबीच पश्चिमचितवनको दिब्यनगरमा घर भित्रै जलेर एकजना वृद्धाको ज्यान गएको छ। चित्रवन नगरपालिका–१४ भगडीकी ९१ वर्षीया मायादेवी पौडेलको घरभित्रै जलेर मृत्यु भएको हो। आगोले उनको घर पनि सखाप बनाएको छ। स्थानीयहरुले दिएको जानकारी अनुसार फागुन २६ गते बुधबार राति नौ बजे वरपर आगलागी भएको थियो।