कालिकोटको खाँडाचक्र नगरपालिकाले स्वास्थ्य संस्थाको पहुँच भन्दा टाढा रहेका नागरिकलाई घरमै पुगेर स्वास्थ्य सेवा दिन सुरु गरेको छ।
नगरप्रमुख कमलबहादुर शाही र डाक्टरको टोली घरदैलोमा पुगेर निःशुल्क स्वास्थ्य सेवा दिनसुरु गरेका हुन्।
स्थानिय रवि मल्लले आफुले कयौँ औषधी खाँदा पेट दुख्न निको नभएको सुनाउर्दै अहिले भिडियो एक्सरे गरेपछि पत्थरीया देखिएको र औषधी खाएपछि त्यो खसिहाल्छ भन्दा आफु हर्षित भएको बताए।
उनले भने ‘दुरदराजका म जस्तै अन्य जेष्ठ नागरिकको रोग पहिचान गर्ने गरी गाउँमै निःशुल्क भिडियो एक्सरे लगायतका चेक जाँच तथा औषधी उपचार गर्न पाएपछि निकै हर्षित भएका छन्।’
स्थानीय तहले गाउँमै विशेषज्ञ चिकित्सकद्धारा चेक जाँच हुने गरी स्वास्थ्य शिविर सञ्चालन गरे पछि स्थानीय सरकार गाउँमै आएको महसुस गरेको स्थानीय असला सुनारले बताइन्।
खाँडाचक्र नगरपालिकाको स्वास्थ्य शाखाले यती बेला नगरका विभिन्न ठाउँमा निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम सञ्चालन गर्दै आएको छ। लगातार परेको अविरल वर्षातका कारण बाढीपहिरोले सडक अवरुद्ध भएपछि गाउँमा बिरामी हुँदा जेष्ठ नागरिकले उपचार गर्न निकै समस्या भोग्नु परेको थियो।
विषेश गरी भौगोलिक रुपमा टाढा भएर स्वास्थ्य संस्थामा आउन नसक्ने फरक क्षमता भएका,जेष्ठ नागरिक,महिला,बालबालिका,गर्भवती तथा सुत्केरी महिला र स्वास्थ्य संस्थाको पहुँच भन्दा टाढा रहेका नागरिकलाई प्राथमिकतामा राखी शिविर सञ्चालन गरिँदै आएको स्वास्थ्य शाखाका प्रमुख रविन्द्र सेजुवालले बताए।
खाँडाचक्र नगरपालिकाको ८ र ९ को पाखा,चौकी,दाहालामा निःशल्कु स्वास्थ्य परिक्षण सञ्चालन गरिएको छ। बिहिवार देखी सुरु गरेको शिविरमा ८० जना भन्दा बढी जेष्ठ नागिरकको स्वास्थ्य जाँच गरेको नगरपालिकाले जनाएको छ।
कार्यक्रममा जिल्ला अस्पतालका डाक्टर रमितानाथ योगी लगायतको टोलीले उपचार दिइरहेका छन्।
हामिले चुनावका वेला जन्तालाई दिएका बाचा पुरागर्न घरदैलोमा आएको नगर प्रमुख कमलबहादुर शाहीले बताए। गाउँमा नगरप्रमुख पुग्दा जेष्ठ नागरिक र स्थानिय खुसी भएका छन्।
भोजपुर, जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्चालन गर्ने तयारी गरेका छन्। पदमार्गको प्रचारप्रसार गर्दै आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने लक्ष्यसहित पाँच पालिकाले बजेट विनियोजन गरेर कार्यक्रम सञ्चालनको तयारी अघि बढाएका हुन्।
भोजपुर नगरपालिका, टेम्केमैयुङ गाउँपालिका, आमचोक गाउँपालिका, हतुवागढी गाउँपालिका र रामप्रसादराई गाउँपालिकाका जनप्रतिनिधिबीच भएको संयुक्त बैठकमा अल्ट्रा म्याराथन सञ्चालन तथा ग्रेटर मुन्दुम पदमार्गको विकास र प्रवर्द्धनका विषयमा प्रारम्भिक छलफल भएको छ।
अल्ट्रा म्याराथन सञ्चालनका लागि पाँचवटै पालिकाले कुल रु ५५ लाख बजेट विनियोजन गरेको रामप्रसादराई गाउँपालिका अध्यक्ष थामबहादुर राईले बताए। जसअनुसार टेम्केमैयुङ गाउँपालिका र भोजपुर नगरपालिकाले रु २०/२० लाख तथा आमचोक, हतुवागढी र रामप्रसादराई गाउँपालिकाले रु पाँचपाँच लाख बजेट विनियोजन गरेका छन्। थप निर्णय भने आगामी मङ्सिर २५ गते बस्नेत वैठकले गर्ने अध्यक्ष राईले बताए।
पाँचवटै स्थानीय तहको साझा पहलमा कार्यक्रम सञ्चालन गर्ने तयारीस्वरूप बजेट व्यवस्थापन र सञ्चालन प्रक्रियाका विषयमा छलफल गरिएको टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले जानकारी दिनुभयो। उहाँले स्थानीय तहबीचको सहकार्यबाट मुन्दुम पदमार्गलाई राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा चिनाउन र पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउन सकिने बताए।
अल्ट्रा म्याराथन सञ्चालनले पदमार्गको प्रचारप्रसारसँगै यस क्षेत्रको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा, मौलिक परम्परा र स्थानीय जीवनशैलीलाई चिनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। प्रतियोगितामा देश तथा विदेशका धावकको सहभागिता गराउन सके यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा थप योगदान पुग्ने उनले बताए।
पदमार्ग आसपासका बासिन्दालाई पर्यटन व्यवसायमा जोड्दै स्थानीय उत्पादनको बजारीकरण, होटल तथा घरबास सेवा विस्तार र रोजगारी सिर्जनामा समेत यस्तो कार्यक्रमले सहयोग पु¥याउने जनाइएको छ र पाँचवटै पालिकाको संयुक्त प्रयासबाट ग्रेटर मुन्दुम पदमार्गलाई साहसिक पर्यटनको आकर्षक गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्य राखिएको छ।
बैठकमा भोजपुर नगरपालिकाका प्रमुख कैलासकुमार आले, टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेत, उपाध्यक्ष रमादेवी राई, हतुवागढी गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राई, रामप्रसादराई गाउँपालिकाका अध्यक्ष थामबहादुर राई, उपाध्यक्ष वीरेन्द्र राई र आमचोक गाउँपालिकाका अध्यक्ष सीता राईलगायतको उपस्थिति रहेको थियो।
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...