१३ लागुऔषध दुर्व्यसनीहरु मोरङको उर्लाबारीमा रहेको सुधार केन्द्रबाट एक पटक फरार भएका छन्। उनीहरु शनिबार साँझ पौने ७ बजेतिर सुधार केन्द्रभित्रबाट फरार भएका हुन्।
उर्लाबारी नगरपालिका–७ स्थित जीवन बचाउ उपचार सेवा गृह (सुधार केन्द्र)बाट शनिबार साँझ उपचारका लागि भर्ना भएका लागुऔषधका दुर्व्यसनीहरु भागेको छन्। दुर्व्यसनमा फसेका लागुऔषधका सेवनकर्ता सुधार केन्द्रमा उपचार तथा सुधारका लागि राखिएका ३२ जनामध्ये १३ जना फरार भएको केन्द्रका इन्चार्ज रवीन्द्रप्रसाद दाहालले जानकारी दिए।
साँझको खाना खाने समयमा उनीहरु फरार भएका थिए। केन्द्रमा रहेका ३ जना सुरक्षागार्डलाई डर र धम्क्याउँदै केन्द्रको ताला फोडेर उनीहरु फरार भए। झापा, मोरङ र सुनसरीसहित विभिन्न स्थानका लागुपदार्थ सेवनकर्तालाई सुधार केन्द्रमा राखिएको दाहालले बताए। सुधार केन्द्रबाट फरार भएका सबै जना परिवारको सम्पर्कमा पुगेर मोटरसाइकल, स्कुटरलगायतका सवारीसाधन लिएर घरबाट पनि फरार भएको दाहालले भने।
सुधार केन्द्रबाट फरार भएकाको दृश्य सिसी टिभीमा कैद भएको र उक्त फुटेज प्रहरीलाई उपलब्ध गराई प्रहरीसँगको समन्वयमा उनीहरुको खोजी भइरहेको छ। यसअघि पनि यस सुधार केन्द्रमा राखिएकाको एक जनाको मृत्यु भएको र पटक पटक विवादमा पर्दै आएको छ।