अवैध गोलीमा धरौटी, वैदेशिक ठगीमा पुनः हिरासत
०८ चैत्र २०७२
•
११ मिनेट पाठ
अवैध गोलीमा धरौटी, वैदेशिक ठगीमा पुनः हिरासत
काठमाडौं- गोली मुद्दामा धरौटी बुझाएर मुक्त भएका एकीकृत माओवादीका निलम्बित सभासद ल्हारक्याल लामा वैदेशिक रोजगार ठगी मुद्दामा पुनः पक्राउ परेका छन्। अवैध गोलीमा ६६ हजार धरौटी निस्किएपछि वैदेशिक रोजगार विभागमा २ वर्षदेखि अलपत्र रहेको ठगी मुद्दा अनुसन्धानका लागि उनी सोमबार पुन पक्राउ परेका हुन्।

१४ राउन्ड गोलीको मुद्दामा सोमबार जिल्ला प्रशासन कार्यालय काठमाडौंले उनीसँग ६६ हजार धरौटी मागेको थियो। बैंकको लकरमा गोली फेला परेपछि हिरासतमा राखेर प्रहरीले हतियार खोजे पनि फेला नपरेपछि अवैध खरखजानामा मात्र अनुसन्धान अगाडि बढाएको थियो।

लामाले बयानमा 'पाँच वर्षअगाडि एक भारतीय नागरिकले गोली राख्न दिएपछि लकरमा लगेर राखेको' दाबी गरे पनि बयान विश्वसनीय नदेखिएको भन्दै प्रहरीले उनीमाथि खरखजाना अनुसारको सजाय मागदावीको रायसुझाव जिल्ला न्यायाधिवक्ताको कार्यालय, काठमाडौं पठाएको थियो। प्रहरीको सोही प्रतिवेदनका आधारमा सोमबार जिल्ला प्रशासन कार्यालयले काठमाडौमा भएको थुनछेक बहसपछि उनलाई ६६ हजार रुपैयाँ धरौटीमा हिरासतमुक्त गर्ने आदेश दियो।

धरौटी रकम बुझाएलगत्तै महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले वैदेशिक रोजगार ठगीमा अनुसन्धानका लागि विभागमा बुझाएको थियो। विभागको आदेशमा लामा पुनः प्रहरी हिरासतमा फर्किएका हुन्। उनी महानगरीय प्रहरी वृत्त सिंहदरबारको हिरासतमा छन्।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले धरौटी मागेपछि प्रहरीले उनलाई विभाग पुर्यााए पनि म्याद थप भने हुन सकेन। विभागले ढिला भएकाले वैदेशिक रोजगार न्यायाधिकरण पठाउन नभ्याउने भन्दै कार्यालय खुलेपछि पुनः ल्याउने गरी लामालाई प्रहरीकै साथ लगाएर पठाएको थियो।

'प्रहरीले सवा ५ बजे बुझाउन ल्याएकाले न्यायाधिकरण पठाउन भ्याइएन,' विभागका कानुन निर्देशन गोविन्द उपाध्यायले भने, 'पुनः ल्याउने गरी प्रहरीकै जिम्मा लगाएर पठाएका छौं।'

लामाविरुद्ध २०७० भदौमा विभागमा वैदेशिक रोजगारीका लागि मकाउ पठाउने भन्दै २ करोड १९ लाख रुपैयाँ ठगी गरेको उजुरी परेको थियो। विभागमा लामाविरुद्ध २ वर्षअगाडि नै ठगीको उजुरी परे पनि लामा पक्राउ नपर्दा अनुसन्धान अलपत्र परेको थियो।

ठगी उजुरीको अनुसन्धानका लागि विभागले लामासहित पोलिएका अन्यलाई विभागमा उपस्थित गराउन भन्दै प्रहरीमा पत्र पठाए पनि पत्रको कार्यान्वयन भएन। अकुत सम्पत्तिको अनुसन्धानमा बैंकको लकर तलास क्रममा १४ राउन्ड गोली फेला परेर प्रहरी हिरासतमा पुगेपछि उनको ठगी मुद्दा ब्युँतिएको थियो। दोस्रो मुद्दामा उनी पुनः प्रहरी हिरासतमा फर्किए पनि उजुरीको अनुसन्धान भने वैदेशिक रोजगार न्यायाधिकरणले गर्ने हो। विभागमा हिरासत कक्ष नभएकाले आरोपीलाई प्रहरी हिरासतमा राखिँदै आएको हो।

'वैदेशिक रोजगार ठगी मुद्दामा विभागले खोजी गरिरहेको खुलेपछि उनलाई विभागमा बुझायौं,' काठमाडौं परिसरका प्रवक्ता प्रद्युम्न कार्कीले भने, 'प्रहरी हिरासतमै राख्न पठाएपछि सिंहदरबार वृत्तमा राखेका छौं।'

लामा २०७० भदौ ९ मा वैदेशिक रोजगार विभागमा दर्ता भएको जाहेरीमा तानिएका हुन्, जसमा मकाउबाट वैदेशिक रोजगारीको कोटा ल्याउने भन्दै कमिसन र भिसा प्रक्रियाका लागि आवश्यक रकम भन्दै २ करोड ११ लाख रकम ठगी गरेको दाबी छ।

जाहेरकर्ता जेलमा, ल्हारक्याल 'फरार'

दाबीकर्ता हुन् अपरच्युनिटी म्यानपावर सर्भिसेजका अध्यक्ष केशबहादुर गुरुङ। आफैं वैदेशिक रोजगार ठगीमा तानिएका लामा पुर्पक्षका लागि डिल्लीबजार कारागारमा छन्। सोही केसमा आफूलाई लामासहित ४ जनाले ठगी गरेको भन्दै उनले विभागमा जाहेरी दर्ता गरेका थिए।

जाहेरीमा उनले सिन्धुपाल्चोक बरुवा–५ की खिना लामा, सिन्धुपाल्चोक घर बताई ठमेलमा बस्ने लार्केल, सिन्धुपाल्चोक हेलम्बु–४ की छिरिङ डोल्मा लामा र फुर्वा लामालाई प्रतिवादी बनाएका छन्।

गुरुङको दाबीअनुसार अपरच्युनिटी मेनपावर सर्भिसेज प्रालि दर्ता गरेका पनि काम गरेका थिएनन्। पूर्वमन्त्री भक्तबहादुर बलायरमार्फत उनको परिचय खिनासँग भएको थियो। खिनाले उनलाई 'मेरो मामा ल्हारक्यालको चीन र मकाउको सरकारी अधिकारीसँग राम्रो सम्बन्ध छ, तपार्इंको म्यानपावरको नाममा मकाउबाट कोटा मगाइदिन्छु' भन्ने प्रस्ताव गरेकी थिइन्। त्यसमा ल्हारक्यालसमेत संलग्न रहेको जाहेरीमा दाबी छ।

दुवै पक्षको सहमति अनुसार खिनाले मकाउबाट हाउस किपिङ, क्लिनर, वेटर र सेक्युरिटी गार्डमा ३ सय २० जनाको डिमान्ड लेटर ल्याइन्। डिमान्ड अनुसार मकाउ जान इच्छुक कामदारको अन्तर्वार्ता खिनाले नै लिएकी थिइन्।

गुरुङका अनुसार खिनाले अन्तर्वार्तापछि भिसा प्रक्रियाका लागि उनीसँग २०६८ कात्तिक १५ मा ११ लाख ९८ हजार हङकङ डलर (एक करोड ५४ लाख रुपैयाँ) लिइन्। लार्केल, खिना, छिरिङको कमिसनवापत भन्दै पुनः सोही दिन ३३ लाख रुपैयाँवापत ग्लोबल बैंकका रहेको घरजग्गा कर्जा तिरेको उनको दाबी छ।

उनले खीनाले भिषा लगाइदिने र सोको कमिशनवापत खिनाले बुझेको रकम, भिषा दिलाइदि वापत कमिशनबाट कटाउनेगरी ग्लोबल बैंक ज्ञानेश्वर शाखामा रहेको घर जग्गा कर्जा तिरिदिएको चेक र खीनालाई वेष्टर्न युनियन मनि ट्रान्सफर हगंकगंबाट पठाएको रकमको विवरण प्रमाणको रुपमा राखेर पटक पटक गरी लार्केल सहितलाई २ करोड २९ लाख रुपैंया बुझाएको दावी गरेका छन्।

भिषा नआएपछी मकाउ जान पैसा बुझाएकाहरुले गुरुङ विरुद्ध विभागमा उजुरी दिएपछी उनी हङकङ पुगेका थिए। उजुरीपछी विभागले उनको कार्यालय बन्द गराएर त्यहाँ रहेको सामान जफत गरेको थियो। उनी नेपाल फर्किएपछी ठगी मुद्धामा न्यायधिकरणको आदेशमा कारागार पुगे।

कारागार पुगेपछी उनले आफुले मकाउ पठाउने भनेर कसैसँग पैसा नलिएको, ल्याकरक्याल। खिना लगायकातले आफुलाई झुक्याएर उल्टो ठगी गरेको दावी गदै विभागमा जाहेरी दर्ता गराएपछि विभागले अनुसन्धानका लागी ल्याकरक्याल सहितका सबैलाई विभागमा पठाउन २०७० भदौं १० मा काठमाडौंमा पत्र पठाए पनि पत्रको कार्यान्वयन भएको थिएन।

राहदानी, नागरिकता फेला परेन
प्रहरीले ठगी मुद्दासँगै उनीविरुद्ध नक्कली राहदानी र नागरिकताको पुरानो मुद्दामा समेत अनुसन्धान अगाडि बढाउन सबै जिल्ला प्रहरी कार्यालयमा पत्र पठाए पनि सो पाटोको अनुसन्धान हुन सकेन। काठमाडौंं महानगरपालिकाका ६ बौद्ध ठेगाना राखी सन् २००० मा मिस्टर वाङचुक रिम्पोछेको नाममा राहदानी नं. ११२१५८८ को नेपाली राहदानी लिएको, ईस्वी सन् १९९८ मा गुवाहाटी कुलिगल भारत ठेगाना राखी खेम्पो छिमे छिरिङको नाममा राहदानी नं.ब्२१२९८१२ को भारतीय राहदानी लिएको, त्यसैगरी तिब्बती शरणार्थी परिचय पत्र लिँदा ईस्वी सन् १९६९ मा लामा छिमे छिरिङको नामबाट लिएको उनीमाथि आरोप अझै अनिर्णीत नै छ।

२०६८ मा झलनाथ खनालको मन्त्रिमण्डलमा ल्हारक्याल अर्थराज्यमन्त्री नियुक्त भएसँगै उनीमाथि गम्भीर आरोप लागेपछि सरकारले उनलाई राजीनामा गराएर भोलाप्रसाद खरेललको अध्यक्षतामा गठन गरेको छानबिन आयोगले निष्कर्षविहीन प्रतिवेदन बुझाएको थियो। सोही प्रतिवेदनमा टेकेर प्रहरीले पुनः सोही विषयमा अनुसन्धान अगाडि बढाउने प्रयास गरे पनि सफल हुन सकेन।

'अन्य जिल्लामा उनीविरुद्ध अन्य उजुरीसँगै नागरिकता र राहदानीबारे केही छ कि भनेर पत्राचार गरेका थियौं,' एसपी कार्कीले भने, 'तर, केही पनि नआएकाले अवैध गोलीमा मात्रै मुद्दा गयो।'
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
३ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो। Yetiairlinescontenttopbanner दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ५ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस