अपाङ्गता भएका व्यक्तिहरुको लागि सरकारले राष्ट्रिय नीति बनाउँदै
२१ भदौ २०७९
•
२ मिनेट पाठ
अपाङ्गता भएका व्यक्तिहरुको लागि सरकारले राष्ट्रिय नीति बनाउँदै
सरकारले अपाङ्गता भएका व्यक्तिहरुको लागि राष्ट्रिय नीति बनाउने तयारी गरेको छ।




अमूल्य फाउण्डेशनले मंगलबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा बोल्दै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव डिल्लीराम शर्माले यस्तो जानकारी दिएका हुन्। उनले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले अपाङ्गता भएको व्यक्तिको राष्ट्रिय नीति बनाउने तयारी थालेको र राष्ट्रिय नीतिको विषयमा एक चरणमा छलफल चलिरहेको पनि बताए। उनले समावेशी विपद् जोखिम न्यूनिकरण सम्बन्धी दुई दिने कार्यशाला गोष्ठीबाट निस्किएको निस्कर्षलाई पनि समेटेर राष्ट्रिय नीतिमा समावेश गरेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे। सचिव शर्माले विपद्जन्य जोखिमको समस्यामा सबैभन्दा बढी अपाङ्गता भएका व्यक्तिहरु पर्ने गरेको उल्लेख गर्दै उनीहरुलाई लक्षित गरेर नीति बनाउन लागेको बताए। उनले राष्ट्रिय, अन्तर्राष्ट्रिय संघसंस्थासँग विकासको क्षेत्रमा समन्वय, सहकार्य गरी आगामी दिनमा महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिको हक, हीत, अधिकारको कार्यान्वयन र असल जीवन प्रणालीको विकासका लागि सहकार्य गर्ने बताए। उनले योजना, तर्जुमा प्रभावकारी कार्यान्वयन गर्ने र असल नतिजा दिनेतर्फ पनि मन्त्रालय सचेत रहेको बताउनु भयो।

उनले भने, ‘२०१५ को जुन हाम्रो भूकम्प छ र कोभिडले हामीलाई धेरै कुरा सिकाएको छ। खास गरेर महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिहरुलाई धेरै आपतविपद् आइप¥यो। त्यसले हामीलाई हाम्रा नीति, योजना, कार्यक्रम, तर्जुमा र कार्यान्वयन, अनुगमन र मूल्यांकनमा पनि धेरै कुरा परिमार्जन र परिष्कृत गर्नुपर्छ भन्नेकुरा सिकाएको छ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले अपाङ्गता भएको व्यक्तिको राष्ट्रिय नीति बनाउँदैछौँ। त्यसमा एक लेभलको डिस्कशन त भइराखेको छ। मलाई के विश्वास छ भने यो दुई दिनको छलफलले पनि निकालेको निस्कर्ष मन्त्रालयले पायो भने राष्ट्रिय नीतिमा समावेश भएर अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्न चाहन्छु। राष्ट्रिय, अन्तर्राष्ट्रिय संघसंस्थासँग विकासको समन्वय, सहकार्य गरेर आगामी दिनमा महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिको हीत, हक, अधिकारको कार्यान्वयन र असल जीवन प्रणालीको विकासका लागि सहकार्य गरेर कार्यक्रम तय गर्ने, नीति योजनातर्जुमा गर्ने, प्रभावकारी कार्यान्वयन गर्ने र सँगै असल नतिजा दिनेतर्फ पनि हामी लाग्नेछौँ।’

कार्यक्रममा अपाङ्गता समावेशी विपद् जोखिम न्यूनीकरण सम्बन्धी जानकारीमुलक हातेपुस्तिका पनि विमोचन भएको छ। पुस्तक नेपाली, अंग्रेजी र बेल संस्करणमा विमोचन भएको हो। पुस्तक विमोचनपछि अतुल्य फाण्डेशनका अध्यक्ष पल्लभ पन्तले सरकारले अपनत्व ग्रहण गरेकोप्रति स्वामित्व लिएकोमा खुशी प्रकट गरे।
अर्को समाचार
अपाङ्गता भएकाको प्रश्नः सेवा, संरचना र प्रणालीमा पहुँच कहिले?
१६ जेष्ठ २०८०
•
४ मिनेट पाठ
अपाङ्गता भएकाको प्रश्नः सेवा, संरचना र प्रणालीमा पहुँच कहिले?
अपाङ्गता भएकाहरुले पहुँचयुक्त सेवा, संरचना र प्रणाली अवलम्वन नहुँदा आफूहरु सुविधा लिनबाट बञ्चित भएको गुनासो गरेका छन्।  




अपाङ्गता स्वावलम्वन विकास संघ (डिडा) नेपालको आयोजना तथा आईएनएफ नेपाल हरियो खर्क अस्पताल पोखरा र ह्यूमिडियासँगको सहकार्यमा मंगलबार पोखरामा आयोजित ‘सेवा, संरचना र प्रणालीमा सबैका लागि पहुँचयुक्त’ विषयक अभिमुखीकरण कार्यक्रममा बोल्दै उनीहरुले कागजमा अधिकार स्थापित भएपनि व्यवहारमा लागू नहुँदा आफूहरु सेवाबाट बञ्चित हुनुपरेको गुनासो गरेका हुन्। साथै उनीहरुले पहुँचयुक्त सेवा, संरचना र प्रणालीमा हाम्रो पहुँच कहिले ? भनेर प्रश्नपनि गरेका छन्।

सरोकारवालाहरुले शौचालयदेखि सडकसम्मका संरचना अपाङ्गता भएकाहरुको पहुँचयुक्त नभएको बताए। आईएनएफ नेपाल हरियोखर्क अस्पताल पोखराका कार्यक्रम संयोजक तारा हाङ्गले पहुँचयुक्त संरचना नहुँदा विभेदसँगै अपमानित हुनुपर्ने स्थिति रहेको बताए। ‘सेवा, संरचना र प्रणाली सबैको पहुँचयुक्त हुनुपर्ने हो तर यहाँका सार्वजनिक बस हात उठाएपछि मात्रै रोक्छ। हातै नभएकाले कसरी हात उठाउने?उनले भने।’ उनले हाल बनिसकेका र बन्ने क्रममा रहेका आकाशे पुल, व्यापारिक मल, रंगशाला अपाङ्गता भएकाहरुको पहुँचमा कहिले पुग्छ भनेर प्रश्नपनि गरेका छन्।

अपाङ्गता स्वावलम्वन विकास संघ (डिडा)का महासचिव विष्णु खनालले सरकारकै सेवा, प्रणाली र संरचना अपाङ्गमैत्री नबनेको भन्दै कटाक्ष गरे। उनले भने,‘सडकमा स्पीड ब्रेकर राखिन्छ तर हामी अपाङ्गता भएकालाई त्यसले कस्तो असर पुगेको छ भन्ने महानगरलाई के थाहा? सडक बिग्रिएर बनेको खाल्डोमा हामी नै जाकिन्छौं। हामी हिंड्ने सडक पेटीमा विद्युतको पोल, नर्सरी बनाउने नाममा राखिएका गमलाले हामीमाथि सरकारी अत्याचार प्रष्ट हुन्छ।’

अभिभावक सरला अधिकारीले सेवा, प्रणाली र संरचना बौद्धिक अपाङ्गताहरुका लागिपनि पहुँचयुक्त हुनुपर्ने बताए। ‘जस्तै शौचालय कहाँ छ? कसरी प्रयोग गर्ने? किन प्रयोग गर्नेसम्मपनि उनीहरुलाई थाहा हुँदैन। त्यस्ताका लागि पहुँचयुक्त हुने वातावरण बनाउनुपर्छ’ उनले भनिन्।
कार्यपत्र प्रस्तुत गर्दै राष्ट्रिय अपाङ्ग महासंघका महासचिव कृष्ण गौतमले अन्तर्राष्ट्रिय महासन्धी अनुसार नेपालले सबैका लागि पहुँचयुक्त संरचना बनाउनुपर्ने बताए। अन्र्तराष्ट्रिय महासन्धी नेपालले पारित गरिसकेकाले त्यो कानून सरह हुने भएपनि व्यवहारमा भने कार्यान्वयन नभएको बताए। उनका अनुसार विश्वव्यापी डिजाईनका सिद्धान्त अनुसार सेवा, संरचना र प्रणाली सरल, सहज, न्यून बलको प्रयोग, अवलोकन योग्य जानकारी लगायत हुनुपर्ने बताए। उनले अब बन्ने संरचना, सेवा र प्रणाली पहुँचयुक्त भएनभएकोबारे शुरुमा पहुँचयुक्त परीक्षण गरिनुपर्ने भन्दै त्यसको अभ्यास यदाकदा शुरु भइसकेको उल्लेख गरे।

अपाङ्गता स्वावलम्वन विकास संघ (डिडा) नेपालका अध्यक्ष दीपक तिमिल्सिनाले अपाङ्गताको अधिकारका बारेमा राज्यले नै बेवास्ता गरेको आरोप लगाए  सरकारले अपाङ्गता भएकालाई हेर्ने नजर नै परिवर्तन हुनुप¥यो,उनले भने,‘भौतिक संरचना अपाङ्गमैत्री बनाउन किन नचाहेको ? बजेट अभावले हो भने नीजि क्षेत्रसँग सहकार्य गर्नपनि सकिन्छ।’

डिडाका संस्थापक अध्यक्ष गिरीधारी शर्माले कलेज, सपिङ मल, रंगशालादेखि कार्यालय भवनसम्म पहुँचयुक्त नहुँदा सेवा लिन मुश्किल हुनेगरेको बताए। पोखरा महानगरपालिकाका सिभिल ईञ्जिनियर अमीर भण्डारीले सबैको पहुँचयुक्त सेवा, प्रणाली र संरचना बनाउन महानगर प्रतिबद्ध रहेको बताउँदै यसलाई घरबाटै शुरु गर्न सर्वसाधारण सबैलाई आग्रह गरे।

गण्डकी प्रदेश सभा सदस्य डिल्लीराम सुवेदीले समानुभूति दृष्टिचेतबाट हेर्न सकेमात्रपनि अपाङ्गमैत्री सेवा, प्रणाली र संरचना निर्माण गर्न सहज हुने बताए। उनले सबै संरचना एकैपटक फेर्न नसकिने भन्दै महानगरले अपाङ्गमैत्री बस सञ्चालन गर्न सकेमात्रैपनि राहत पुग्ने बताए। त्यसका लागि आफूले सदनमा आवाज उठाउने प्रतिबद्धता जनाए।

गण्डकी प्रदेश भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव तुलसीप्रसाद भट्टराईले योजना निर्माणदेखि डिपीआरहुँदै डिजाईन बनाउँदा नै अपाङ्गमैत्री बनाईनुपर्ने बताए। उनले भने,‘डिजाईन र डिपीआरमा नसमेटिने अनि बनिसकेपछि भएन भनेर विरोध हुन्छ। त्यतिबेला ढिलो भइसकेको हुन्छ।’ उनले अहिले भइरहेको संरचनामा डिजाईन गर्दा नै थोरै सच्याउन सकेमात्र पनि अपाङ्गमैत्री संरचना निर्माण र सेवा दिन सकिने बताए।

राष्ट्रिय मानव अधिकार आयोग पोखरा कार्यालयका प्रमुख खिमलाल सुवेदीले सबैको मर्यादा र अधिकार बराबरी हुने भएकाले अपाङ्गता भएकाहरुलेपनि पहुँच राख्ने सेवा, प्रणाली र सेवा दिनु सबैको दायित्व भएको बताए। मानव अधिकार सबैका लागि हो,उनले भने,‘तर व्यवहारमा पाईंदैन । त्यो सेवा, प्रणाली र संरचना सबैमा।’ उनले संरचना, सेवा र प्रणाली मानव अधिकार विकास पद्धती अनुरुप हुनुपर्नेमा जोड दिए।नेपाल पत्रकार महासंघ कास्कीकी अध्यक्ष विमला भण्डारीले अपाङ्गमैत्री सेवा, प्रणाली र संरचना संवेदनशील भएर कार्यान्वयन गर्नुपर्ने बताईन्।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस