हलिया मुक्तिका १४ वर्ष: साल फेरिए,अवस्था फेरिएन
२१ भदौ २०७९
•
७ मिनेट पाठ
हलिया मुक्तिका १४ वर्ष: साल फेरिए,अवस्था फेरिएन
नेपाल सरकारले हलिया मुक्त गरेको १४ वर्षसम्म पनि मुक्त हलियाका माग फेरिएका छैनन्। सरकारले काजगमा मुक्ति घोषणा गरेपनि हलियाका समस्या र सवाल सम्बोधन नगर्दा उही समस्या र गुनासा सुनाइरहनु परेको मुक्त हलियाको दुखेसो छ। आज भदौ २१ हलिया प्रथाको अन्त्य भएको भएको घोषणा गरिएको दिन, अर्थात मुक्त हलिया दिवस।  




बाजुराका मुक्त हलियाले आज पनि पेट पाल्ने कुनै विकल्प नभएको गुनासो सुनाएका छन्। जिल्ला हलिया मुक्ति समाज र गैर सरकारी संस्था पीसविन लगायतका संस्थाहरुको सहकार्यमा कोल्टीमा मुक्ति दिवस आयोजना गरिएको छ। राज्यले हलिया मुक्त घोषणा गरेको १४ वर्ष बितेको छ।

तत्कालीन प्रचण्ड नेतृत्वको सरकारले हलिया मुक्तिको घोषणा गरेको थियो। गास बास र पुनंस्थापना अनि सुरक्षा र संरक्षणको ग्यारेन्टी गर्ने सहमति गरिएको थियो। तर घोषणाका १४ वर्षसम्म केही मुक्त हलियाका घर निर्माण र मर्मत बाहेक अर्को प्रगती नदेखिएको हलिया अधिकारको पक्षमा कार्यरत संस्था पीसविनका कार्यक्रम संयोजक दिपक खड्काले बताएका छन्।

बस्ने बासकै व्यवस्था भएर मात्र समस्या हल हुने अवस्था छैन। कमाइ खाने कुनै जग्गा जमिन र अर्को आधार छैन, छोरा छोरीको स्वास्थ्य शिक्षा बारे राज्यले सोचेकै अवस्था देखिदैन, त्यसको मारमा मुक्त हलिया रहेको थप्छन्, संयोजक खड्का। यही समस्याले बाजुराका ४० बढीको संख्यामा मुक्त हलिया पुनः हलिया बस्न साहुकै शरणमा पुगेका छन्।

मुक्तिका १४ वर्ष पुगेपनि हलिया समुदायका १४ वटा समस्या समेत हल भएका छैनन्। दिवस आउँछ, जान्छ उनीहरुलाई कुनै सरोकारको विषय छैन। मुक्तिको दिन सम्झीन्छन्, एक छिन खुसी हुन्छन, फेरि पीडा थपिन्छ र पलमै दुख बन्न बाध्य हुन्छन्, मुक्त हलिया।  

कोल्टीमा आयोजित मुक्ति दिवसको कार्यक्रममा पनि कमै हलियाको मात्र सहभागिता देखिएको छ। कुरा मुक्तिका छन्, दुख मुहार नै आँसुले भिजाउने खालका छन्, दुख सुनाएर थप दुख थपिने गरेको पीडा सुनाउँछन्, कार्यक्रममा सहभागि मुक्त हलिया हरजीते ल्वार।  

शिक्षामा सबै मुक्त हलिया परिवारका बालबालिकाको सहज पहँुच छैन। रोगको सहज उपचार पाएका छैनन्। चाड पर्व र मेला पातको अर्थ नै छैन। बस्ने घर केहीले पाएका छन्। केहीका मर्मतका नाममा पाखा फेरिएका छन्, ती बाहेक अर्को परिर्वतन नभएको भन्नु हुन्छ, मुक्त हलिया महासंघका सचिव डबल विक।  

यस्तै पीडा, अभाव र तनावको जीवन बिताउन बाध्य छन्, मुक्त हलिया परिवार। सरकारी निर्णय र कागजी प्रक्रियामा कोही पनि नागरिक साहुको हलो जोत्न बाध्य छैनन् र हलिया बस्दैनन् भन्ने प्रमाण छ। तर मुक्त हलियालाई प्रमाणले न त खान पुगेको छ। नत जीवन गुजारा गर्न नै।  

उनीहरुका समस्या पुरानै छन्। सरकारी पदमा बसेकाहरुलाई समस्या सुन्दा सामान्य लाग्न सक्छन्। तर उनीहरुलाई परेको पीडा सामान्य छैन्। खान, बस्नकै लागि समस्या छ। उपचारका लागि अभाव छ। छोरा छोरीका लागि राम्रो लालन पालन छैन र मुक्त हलियाका लागि चाड पर्व त धेरै परको कुरा।  

तर मुक्त हलिया बस्तीमा कुनै दिन तीज आउँदैन, नत दशै तिहार नै आउँछ। साहुकोमा काम गरे र साहुले चाड पर्वमा बोलाएर मात्र त्यसको अनुभव गर्न पाउँछन्, नत्र अवस्था दया लाग्दो छ। मुक्त दिवसमा समेत खुसी छैनन्। उत्साह र उमंग नै छैन। समय फेरिए पनि मुक्त हलियाका सवाल र समस्या फेरिएका छैनन्।  

हरेक वर्ष मनाइने मुक्त हलिया दिवस समेत उत्साहीत भएर मनाउन नपाएको भन्छन्,मुक्त हलिया समाज बाजुराका अध्यक्ष लालवीर सार्की। नारा खुसी र उमंगका लगाउनु पर्ने, समस्या पुरानै सुनाउदा दिक्क लागिसक्यो, दिवस मनाउनुको पनि औचित्य नै लाग्दैन, हलिया अधिकार कर्मीका साझा गुनासा हुन्।

उपचार खर्च नपाउँदा रोग पालि बस्नु पर्ने र एक छाक टार्न पनि समस्या हुँदा फेरि साहुकै हलो जित्नुपर्ने बाध्यता यहाँका मुक्त हलियालाई छ। नेपाल सरकारले २०६५ साल भदौ २१ गते हलिया मुक्तिको घोषणा गरेको थियो।  

परिचय पत्रसहित पुर्नस्थापना र गाँस, बासको ग्यारेन्टीसहितको सम्झौता गरिएको थियो। तर त्यसको व्यवहारिक कार्यान्वयन नहुँदा मुक्त हलिया पुनः साहुकै हलो जित्न बाध्य भएको अवस्था छ। यो सुदूरपश्चिम र कर्णाली प्रदेशका १२ बढी जिल्लाको समस्या हो।

जमिनदारले घरमा हलो जोत्नका लागि हलिया राख्ने प्रचलन थियो। साँझ बिहानको छाक टार्न मालिकको हलो जोत्ने र जीवन गुजारा गर्ने प्रथाको कागजमा मात्र अन्त्य गरिँदा मुक्त घोषणाको डेढ दशकपछि फेरि हलिया साहुकै हलो जोत्न बाध्य बनेका छन्। यहाँका अधिकांश मुक्त हलिया फेरि साहुकै हलो जोत्ने काममा फर्किएको अवस्था छ।

हलिया बस्ती पुग्नेहरुलाई सुनाउने एउटै गुनासो हो, हामीलाई मुक्तिका नाममा थप अन्यायमा पारियो। कागजमा मुक्त भएपनि काम र समस्याबाट मुक्त नहुँदा पुनः हलो जोत्नु पर्ने बाध्यता आएको हलिया मुक्ति समाज बाजुराका अध्यक्ष लालवीर सार्कीले भनाइ छ। कोल्टीको मुक्त हलिया बस्तीमा पनि यसै बारे प्रत्येक दिन बहस छलफल हुने र पीडा सुनाएर दिन बित्ने गरेको भन्छन्,सार्की।

साहुकै शरणमा मुक्त हलिया  

बाजुरामा ६० बढी परिवार पुनः साहुकै हलो जोत्ने काममा फर्किएका छन्। जसको प्रत्यक्ष भोगीदार फागुने सार्की हुन्। बुढीनन्दा २ का सार्की फेरि साहुकै हलो जोत्न थालेका छन्। श्रीमती आफू र २ सन्तान पाल्न समस्या भएपनि पुरानै काममा फर्किएको फागुने सार्कीको दुखेसो छ। ’कामका लागि कोल्टी बजारमा धाएँ, केही समय भारत पनि पुगेँ, तर कतै संभव नदेखेपछि साहुसँग आग्रह गरेर हलो जोत्ने काममा फर्किएको छु,’ सार्कीले गुनासो गर्दै भने।

समस्या सार्कीसँग मात्र छैन। हिमाली गाउँपालिका ७ बाँधुका धने सार्की पनि साहुको हलो जोत्ने काममा फर्किएका छन्। ५ सन्तान पाल्न समस्या भयो, एक छाक खानलाई समेत आम्दानीको अर्को श्रोत र व्यवस्था नभएपनि साहुकै हलो जोत्ने काममा फर्किनु पर्ने उनलाई बाध्यता आइलागेको छ।

अधिकांश मुक्त हलिया अनपढ छन्। भारी बोक्ने काम बाहेक अर्को विकल्प छैन। सधै त्यो काम पनि नपाइने भएपछि एकपछि अर्को साहुकै हलो जोत्ने काममा फर्किन थालेका छन्। बुढीनन्दा नगरपालिका ६ का गोर्खे ल्वार र जयलाल विकबीचमा छोडेपनि केही समयदेखि साहुकै हलो जोतिरहेका छन्।  

यी प्रतिनिधि मुलक पात्र मात्र हुन्। मुक्त हलियाका समस्याले सुनिनसक्नु छन्। जुन बाध्यताले हलो जोत्नुको अर्को विकल्प छैन। सरकारसँग गरिएको सम्झौता अनुसार हलो जोत्ने कामबाट मुक्त गराउने र स्वतन्त्र भएर बाँच्ने आधार निर्माण गरिदिने उल्लेख छ। तर त्यो नहुँदा फेरि पुरानै अवस्थामा फर्किनु परेको मुक्त हलियाहरुका साझा समस्या र दुःख हुन्।  

उसो त मुक्त हलियाका लागि निर्माण गरिएका घरमा समेत उनीहरु बस्न छोडेका छन्। अर्को समुदायसँग सामाजिक मेलमिलाप नहुँदा र समान आर्थिक हैसियत नमिल्दा बस्नै गाह्रो हुने गरेको दुखेसो उनीहरुको छ। यी र यस्तै समस्या र बाध्यताले नै हलो जोत्ने काममा फर्किएको दुख धने सार्कीको छ।

‘सन्तानलाई उच्च शिक्षा पर्ने आर्थिक आधार छैन, बिरामी हुँदा उपचार खर्च अभाव छ। साँझ विहान ढुक्कले चुलोमा आगो बाल्ने अवस्था छैन। भारत गएर सहजै काम पाइँदैन। भाषा नजान्ने र अशिक्षित हुँदा थप समस्या पनि छ। पुर्नस्थापनाका नाममा केहीका घर बनाएर, केही घर मर्मत गरेर मात्र संभव छैन’, हलिया अधिकार कर्मी कलुवा ल्वारले भने।

बाजुरामा ०६६ सालमै जिल्ला मालपोत कार्यालयको टोलीले संकलन गरेको तथ्यांक अनुसार १ हजार ६४४ छ । तीमध्ये एक हजार ४९२ परिवारले मात्र प्रमाणीकरणमा परेर पुनस्थापना प्याकेजअन्तर्गतको आर्थिक सहयोग पाए । एक सय ५२ परिवारले अहिलेसम्म पनि सहयोग पाएका छनन्।  

घरजग्गा नभएका ‘क’ वर्गका १२६ परिवारले जमिन खरिदका लागि २ लाख र घर निर्माणको ३ लाख २५ हजार रुपैयाँ पाए । जग्गा नभएको घर भएको ‘ख’ वर्गका २६४ परिवारले जग्गा खरिदका लागि २ लाख रुपैयाँ पाए । जग्गा भएको र घर नभएका ‘ग’ वर्गका ३९७ परिवारले ३ लाख २५ हजार रुपैयाँ पाए । जग्गा पनि भएको, घर पनि भएको तर जीर्ण घर भएका ‘घ’ वर्गका ७०५ परिवारले एक लाख २५ हजार रुपैयाँ पाएको बुझिएको छ।  

तर त्यो मात्र पर्याप्त देखिँदैन। घर बनेकालाई आँगनको समस्या छ। आँगन भएकालाई जल र जमिन अनि जंगलको अभाव छ। साहुले अझैसम्म पनि हेर्ने नजर बदलेका छैनन्। हलिया मुक्तिका करिब १५ वर्षको अवधिमा बाजुरामा ३ सय जनालाई सीपमूलक तालिम दिएको छ भने ५० बढीलाई सीलाइ कटाइ तालिम दिएको छ। तर, ती कोही व्यवसायमा संलग्न छैनन्। लगानी समस्या र दक्षताको कमी नै पहिलो समस्या हो। स्थानीय तहको लगानी र गैर सरकारी संस्थाको कार्यक्रम प्रति पनि मुक्त हलिया असन्तुष्ट छ।

मुक्त हलियालाई मुक्तका नारा झुटा जस्तै लाग्ने गरेका छन्। सरकारभन्दा साहु नै प्यारो लाग्ने गरेका छन्, उनीहरुलाई। साहुले भोको पेट भर्न सहयोग गरेको छ। सरकारले परिचय पत्र दिनु बाहेक अर्को सहायता नदिएको आक्रोश छ।  

प्रमाणिकरण गर्नुपर्ने माग

मुक्त हलिया प्रमाणिकरणमा अझै छुटेको गुनासो छ। मुक्त हलिया समाज बाजुरा, मुक्त हलिया महासंघका प्रतिनिधीले अझैसम्म ज्ञापन पत्र र ध्यानार्षण पत्र बुझाउन छोडेका छैनन्। धेरै जना वास्तविक हलिया नै प्रमाणिकरणमा छुटेको हलिया मुक्ती समाज बाजुराका अध्यक्ष लालवीर सार्कीले बताएका छन्।

सार्की लगायतका अधिकार कर्मीकै नेतृत्वमा गएको महिना मात्र जिल्लाका बुढीगंगा, बुढीनन्दा र बडीमालिका नगरपालिकामा प्रमाणिकरणको माग सहित ज्ञापन पत्र बुझाएका छन्। मुक्त हलिया दिवसमा बाजुरा सुनसान छ। कुनै कार्यक्रम नै आयोजना गरिएका छैनन्। पीसविनले सरोकारवालासँगको संवाद कार्यक्रम आयोजना गरेपनि दिवसका नाममा कुनै कार्यक्रम नै नभएको डबल विकले बताएका छन्।
अर्को समाचार
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
७ मिनेट अघि
•
१ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
फाइल तस्बिर
भोजपुर, जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्चालन गर्ने तयारी गरेका छन्। पदमार्गको प्रचारप्रसार गर्दै आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने लक्ष्यसहित पाँच पालिकाले बजेट विनियोजन गरेर कार्यक्रम सञ्चालनको तयारी अघि बढाएका हुन्।

भोजपुर नगरपालिका, टेम्केमैयुङ गाउँपालिका, आमचोक गाउँपालिका, हतुवागढी गाउँपालिका र रामप्रसादराई गाउँपालिकाका जनप्रतिनिधिबीच भएको संयुक्त बैठकमा अल्ट्रा म्याराथन सञ्चालन तथा ग्रेटर मुन्दुम पदमार्गको विकास र प्रवर्द्धनका विषयमा प्रारम्भिक छलफल भएको छ।

अल्ट्रा म्याराथन सञ्चालनका लागि पाँचवटै पालिकाले कुल रु ५५ लाख बजेट विनियोजन गरेको रामप्रसादराई गाउँपालिका अध्यक्ष थामबहादुर राईले बताए। जसअनुसार टेम्केमैयुङ गाउँपालिका र भोजपुर नगरपालिकाले रु २०/२० लाख तथा आमचोक, हतुवागढी र रामप्रसादराई गाउँपालिकाले रु पाँचपाँच लाख बजेट विनियोजन गरेका छन्। थप निर्णय भने आगामी मङ्सिर २५ गते बस्नेत वैठकले गर्ने अध्यक्ष राईले बताए।

पाँचवटै स्थानीय तहको साझा पहलमा कार्यक्रम सञ्चालन गर्ने तयारीस्वरूप बजेट व्यवस्थापन र सञ्चालन प्रक्रियाका विषयमा छलफल गरिएको टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले जानकारी दिनुभयो। उहाँले स्थानीय तहबीचको सहकार्यबाट मुन्दुम पदमार्गलाई राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा चिनाउन र पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउन सकिने बताए।

 

अल्ट्रा म्याराथन सञ्चालनले पदमार्गको प्रचारप्रसारसँगै यस क्षेत्रको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा, मौलिक परम्परा र स्थानीय जीवनशैलीलाई चिनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। प्रतियोगितामा देश तथा विदेशका धावकको सहभागिता गराउन सके यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा थप योगदान पुग्ने उनले बताए।

पदमार्ग आसपासका बासिन्दालाई पर्यटन व्यवसायमा जोड्दै स्थानीय उत्पादनको बजारीकरण, होटल तथा घरबास सेवा विस्तार र रोजगारी सिर्जनामा समेत यस्तो कार्यक्रमले सहयोग पु¥याउने जनाइएको छ र  पाँचवटै पालिकाको संयुक्त प्रयासबाट ग्रेटर मुन्दुम पदमार्गलाई साहसिक पर्यटनको आकर्षक गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्य राखिएको छ।

बैठकमा भोजपुर नगरपालिकाका प्रमुख कैलासकुमार आले, टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेत, उपाध्यक्ष रमादेवी राई, हतुवागढी गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राई, रामप्रसादराई गाउँपालिकाका अध्यक्ष थामबहादुर राई, उपाध्यक्ष वीरेन्द्र राई र आमचोक गाउँपालिकाका अध्यक्ष सीता राईलगायतको उपस्थिति रहेको थियो। 

 



एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock २ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock १० मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ घण्टा अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस