कुहिएरै सकिन्छ काठ
११ चैत्र २०७२
•
१५ मिनेट पाठ
कुहिएरै सकिन्छ काठ
काठमाडौं- यस वर्ष विश्व काष्ठ दिवसको नारा छ– 'उड इज गुड'। काठ प्रयोगलाई उत्तम मान्दै विश्वसमुदायले यस्तो नारा तय गरे पनि नेपालमा भने हजारौं क्युफुट काठ वनमै कुहिएर खेर गइरहेको छ। नीतिगत खाडल, अव्यावहारिक नियम, स्रोत र प्रविधि अभाव तथा कमजोर कार्यान्वयन पक्षले गर्दा वन उपयोग हुन नसकेको हो।राष्ट्रिय र अन्तर्राष्ट्रिय गैरसरकारी संघसंस्थाको सहयोगमा वन प्रशासनले सोमबारदेखि एकहप्ते कार्यक्रम चलाइरहेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेको दिवस शुक्रबार समापन हुँदै छ। १ सय देशका ३ सय ५० पाहुनाको सहभागितामा भव्य कार्यक्रम चलिरहँदा ४५ प्रतिशतभन्दा बढी क्षेत्रफल ओगटेको वनक्षेत्रका उपभोक्ता र काठ उद्यमी भने वषर्ौंदेखि काठ अभाव झेलिरहेका छन्। एकातिर भूकम्पपछि काठको माग ह्वात्तै बढेको छ, अर्कातर्फ हजारौं क्युबिक फुट काठ वनमै बर्सेनि कुहिरहेको छ।

'अन्तर्राष्ट्रिय दिवस मनाउने–बस्ने मात्रै त हो नि, वन–जंगलमा काठ कुहिएकै छन्,' सामुदायिक वन उपभोक्ता महासंघ अध्यक्ष गणेश कार्कीले बिहीबार नागरिकस"ग भने, 'काठको उपलब्धता र प्रयोग दिनप्रतिदिन जटिल बन्दै गएको छ।'

उनका अनुसार सरकारले वन संरक्षण गर्ने वस्तु मात्र हो भनेर सिकाइरहेको छ। 'वन संरक्षण र व्यवस्थापन गरेपछि के गर्ने भन्ने छैन। यसबाट लिन सकिने कुनै पनि फाइदा सरकारको कार्ययोजनामा छैन,' कार्कीले भने।

उनका अनुसार वनजंगलले सिर्जना गर्ने रोजगार, उद्यमको विकास, राजस्व र वैज्ञानिक व्यवस्थापन सरकारी योजनामा कहिल्यै परेनन। 'त्यसैले काठ निर्यात गर्नुपर्ने मुलुक आयात गरिरहेको छ,' कार्कीले भने।

काष्ठ दिवसका विभिन्न कार्यक्रममा सहभागी भइरहेका नेपाल वन पैदावर उद्योग व्यवसायी महासंघ अध्यक्ष कपिल अधिकारीले सरकारस"ग वनजंगलमा भएको काठको वास्तविक मौज्दात विवरणसमेत नभएको बताए। 'पहिलो कुरा सरकारस"ग काठको लगत नै छैन, वनजंगलबाट समयमै संकलन हुँदैन। लिलाम बिक्री पनि समयमा छैन अनि कसरी सहजै सर्वसाधारणले काठ पाउ"छन्?', उनको प्रश्न छ, 'त्यसैले बढी मूल्यमा विदेशका कमसल काठ किन्न बाध्य छन्।'

अधिकारीको अनुमानमा ५० हजार क्युबिक फुटभन्दा बढी काठ जंगलमा बर्सेनि कुहिएर सकिन्छ। यसको नकारात्मक प्रभाव अर्थतन्त्रमा छ। काठमाडौंका स–मिलमा विदेशी गोलिया चिरान भइरहेका छन्। वन प्रशासनको व्यवस्थापकीय कमजोरीका कारण व्यवसायी विदेशबाट काठ ल्याएर बेच्न बाध्य छन्।

उनको बुझाइमा सबैभन्दा बढी समस्या काठ संकलन र लिलाम बिक्री प्रक्रियामा छ। वन प्रशासन कारबाहीमा परिने डरले सामुदायिक वनको कार्ययोजनामा उल्लेख परिमाणभन्दा बढी काठ संकलन गर्न अनुमति दिँदैन। ती जंगलमै कुहिन्छन्।

कर्मचारीको सरुवा, बढुवा र उनीहरूको मनोवृत्तिले पनि समस्या थपेको छ। 'आफू सरुवा भएर जाँदै छु भन्ने थाहा पाए वन अधिकृतले कुनै हालतमा काठ संकलन अनुमति दिँदैनन्। आफ्नो स्थानमा आउने कर्मचारीले बदमासी गरे अख्तियारले संकलन गर्न दिनेलाई समात्छ भन्ने डर उनीहरूमा देखिन्छ। संकलनदेखि लिलाम बिक्रीसम्मको कमिसन आफूले पाइँदैन भनेर पनि प्रक्रिया नबढाउने प्रवृत्ति छ,' अधिकारीले भने।

उनले सरकार र अख्तियारको कारबाही प्रक्रिया गलत भएकाले पनि समस्या थपिएको बताए। 'कार्ययोजनाभन्दा बढी काठ संकलन गर्यो् र समयअनुसार गरेन भने कारबाही गरिन्छ। त्यसैले हात हाल्दैनन्। अबदेखि कारबाहीको यो उल्टो प्रक्रिया खारेज गर्नुपर्छ। जसले जंगलमा ढलापडा रुख समयमै संकलन वा उत्पादन गर्दैन, त्यस्ता कर्मचारीलाई कारबाही गर्नुपर्छ,' अधिकारीले भने।

वन विभागका पूर्वमहानिर्देशक तथा विज्ञ केशवराज क"डेलले वन प्रशासनमा जोखिम मोल्न सक्ने नेतृत्व नभएकाले काठ संकलन र आपूर्तिमा समस्या आइरहेको बताउ"छन्। 'अहिले वन प्रशासन अख्तियारबाट थर्कमान छ, यसको जनसम्पर्क निकै कमजोर बन्दै गएको छ जसले स्थानीयको समर्थन पनि घटिरहेको छ। अख्तियारलाई वन व्यवस्थापन र उपयोगको प्राविधिक पक्ष बुझाउन सकिरहेको छैन,' उनले भने। क"डेलका अनुसार अख्तियारले झिनामसिना कुरामा जथाभाबी हस्तक्षेप गर्दा जिल्ला वन अधिकृतले खुलेर काम गरिरहेका छैनन्। 'त्यसैले काठ संकलन हुन सकिरहेको छैन', डा. क"डेलले भने।

महासंघ अध्यक्ष अधिकारीका अनुसार कञ्चनपुर, बा"के, बर्दिया, सुर्खेत, डोटी, दैलेख, दाङ, कपिलवस्तु, रुपन्देही, पाल्पा, चितवन, बारा, सिन्धुली, उदयपुर, रामेछापलगायत जिल्लामा लाखौं क्युबिक फिट काठ कुहिने अवस्थामा छन्। अर्कातर्फ अमेरिका, बर्मा, म्यानमार, नाइजेरिया, अस्टे्रलिया, जर्मन, दक्षिण अफ्रिका, न्युजिल्यान्डलगायतबाट बर्सेनि ७ देखि ८ लाख क्युबिक फुट गोलिया र चिरान आइरहेको छ। नेपालीका तुलनामा ती कमसल मानिन्छन्।

नेपालको राष्ट्रिय उत्पादन ९ लाख क्युबिक फुट मात्र छ। यसमध्ये निजी वन पहिलो, सामुदायिक वन दोस्रो र सरकारी वनको उत्पादन तेस्रो नम्बरमा छ। अहिलेको अवस्था (भूकम्पपछि) बाहेक सामान्य वर्षमा राष्ट्रिय माग २५ देखि ३० लाख क्युबिक फुट छ। 'हाम्रो उत्पादन क्षमता धेरै कमजोर देखिन्छ,' वन विभाग महानिर्देशक रेसमबहादुर डा"गी भन्छन्। उनका अनुसार पर्याप्त आर्थिक स्रोत र नया" वन कार्यविधि लागू हुने हो भने सामुदायिक वनबाट २२ लाख ४१ हजार, साझेदारी वनबाट ७ लाख ७० हजार र सरकारी वनबाट ८ लाख ६२ हजार क्युबिक फुट उत्पादन गर्न सकिन्छ।

डा"गीका अनुसार वन कार्ययोजना र कार्यविधिभित्र रहनुपर्ने बाध्यता, वातावरणसम्बन्धी अव्यावहारिक नियम र आर्थिक स्रोत अभावका कारण वनजंगलको क्षमताअनुसार काठ संकलन गर्न नसकिएको हो। 'काठ संकलन र वितरण कार्य अवरुद्ध भइरहेको कुरा सही हो,' उनले नागरिकस"ग भने। डा"गीका अनुसार बूढो र ढलापडा रुख निकाल्न वन प्राविधिक सहमत भए पनि कार्यविधि र योजनाले निकाल्न दिँदैन। 'प्राविधिक र वैज्ञानिक पक्षलाई प्राथमिकता दिइयो भने कारबाहीमा परिने डर कर्मचारीमा छ', उनले भने, 'पुरानो कार्यविधिले पनि समस्या छ।'

डा"गीका अनुसार कर्मचारीको कारबाही प्रक्रिया, सरुवा–बढुवा पनि काठ संकलनका अवरोध हुन। उनले भने, 'वर्षमा कम्तीमा यति काठ उत्पादन गर्नुपर्छ भन्ने नियम नभएकाले पनि जिल्ला वन अधिकृतले काम गरेको देखिँदैन। यसपटक भने तराईका वनका अधिकांश जिल्लालाई उत्पादन टार्गेट तोकिदिएको छु।' तराईको राष्ट्रिय वनको हकमा आर्थिक स्रोत अभावले गर्दा पनि काठ संकलन हुन नसकेको उनको तर्क छ।

'काठदाउरा संकलन, कटान, मुछान र घाटगद्दी गर्न एक वर्षका लागि २ करोड ३० लाख रुपैयाँ मात्र छुट्ट्याइएको छ। यति रकमले कसरी उत्पादन बढाउन सकिन्छ?', डा"गीको तर्क छ, 'यसबाट बढीमा तीन लाख क्युबिक फुट मात्र उत्पादन गर्न सकिन्छ। ०७०/७१ मा २३ वटा जिल्लाबाट राष्ट्रिय वनले १६ लाख ६५ हजार क्युविक फिट काठ संकलन गर्न ५ करोड ७८ लाख रुपैयाँ बजेट मागेको थियो। तर, एक करोड रुपैयाँ मात्र पायो।'

उनका अनुसार सामुदायिक वनको हरेक कार्ययोजना बनाउँदा वातावरण प्रभाव मूल्यांकन (इआइए) प्रतिवेदन बनाउनुपर्छ। त्यही योजनाअनुसार जडीबुटी र काठ निकाल्न परे फेरि त्यही प्रतिवेदन बनाउनुपर्छ। 'यो प्रतिवेदन बनाउँदा १०/१५ लाख खर्च हुन्छ, कसरी सामुदायिक वनले हरेकपटक बनाउन सक्छ?', उनले भने। राष्ट्रिय वनको हकमा भने प्रारम्भिक वातावरण प्रभाव (आइइई) प्रतिवेदन तयार गरे पुग्छ जुन इआइएभन्दा निकै सजिलो र कम खर्चिलो छ। 'उत्पादन बढाउने भने यस्ता नियमलाई व्यावहारिक बनाउनुपर्यो ,' उनले भने।

सामुदायिक वन उपभोक्ता महासंघ अध्यक्ष कार्की भने झन्झटिलो प्रक्रियाले गर्दा कृषकले रुख काटेर सहजै बेच्न नसक्ने अवस्था रहेको बताउ"छन्। 'निजी रुख काट्दा पनि मुचुल्का, सर्जमिन, रोयल्टी र चेकपोस्टमा धेरै झन्झट बेहोर्नुपर्ने अवस्था छ,' उनले भने।

पछिल्लो समय वन मन्त्रालयले भूकम्प पीडितलाई पुनर्निर्माणमा समस्या भयो भनेर निजी वनका झन्डै २६ प्रजाति रुख वन कर्मचारीको सामान्य तोकले काट्न र ओसारपसार गर्न पाउने व्यवस्था गरेको छ। 'यसैमा कतिपय जिल्लाका वन कर्मचारी हामीले झन्झट कम गरिदियौं, खर्च चाहिन्छ भन्न थालेका छन्,' अधिकारी भन्छन्। उनका अनुसार यसबाहेक वन संरक्षण र काठ उद्यमीलाई प्रोत्साहित गर्ने योजना पनि सरकारस"ग छैन। 'एउटा रुखबाट प्रतिफल लिन कम्तीमा पनि १० देखि १५ वर्ष कुर्नुपर्छ। यसका लागि व्यवसायी र निजी क्षेत्रलाई प्रोत्साहन गर्न कुनै योजना र अनुदान छैन,' उनले भने, 'कृषि, जलविद्युत् सबै क्षेत्रमा ऋण र अनुदान व्यवस्था छ। वृक्षरोपण, संरक्षण, काठ उद्यममा सहुलियत दरमा ऋण दिने व्यवस्था छैन। बिरुवा देखाएर ऋण दिने व्यवस्था हुनुपर्छ।'

अधिकारीका अनुसार चुलिँदै गएको काठ अभावले गर्दा बजारमा तीव्र प्रतिस्पर्धा छ। मूल्यको सीमा छैन। अधिकतम र न्यूनतम मूल्य तोकिएको छैन। गोलिया काठको मूल्य तोक्नुपर्छ। यति मात्र होइन प्रविधि अभावले गर्दा पनि सर्वसाधारणले मह"गो काठ प्रयोग गर्न बाध्य छन्।

'घर बनाउँदा साल, असना र सिसौ मात्र प्रयोग गर्नुपर्छ भन्ने छैन। कमसल खालका काठलाई टि्रटमेन्ट र सिजनिङ प्रविधिमार्फत प्रयोग गर्न सकिन्छ तर हामीस"ग त्यो प्रविधि नै छैन', उनले भने, 'त्यसैले निजी क्षेत्र यसमा आकर्षित हुँदैन।' अधिकारीका अनुसार काठ व्यवसायी नेपालबाहिरको काठको व्यापार बु‰न अध्ययन र अवलोकन भ्रमण जान पाएका छैनन। उनीहरूलाई यस क्षेत्रमा प्रयोग हुने प्रविधिबारे ज्ञान पनि छैन। 'हामी अहिले पनि परम्परागत शैलीमा व्यापार गरिरहेका छौं जसले गर्दा उपभोक्ताले मह"गोमा काठ किन्नुपर्ने बाध्यता छ', उनले भने, 'सरकार र निजी क्षेत्र सबैतिर त्यत्तिकै समस्या छ।'
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
५ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो। Yetiairlinescontenttopbanner दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस