डोम समुदायबाट कक्षा १२ उत्तीर्ण गरेका अनिल मल्लीको उच्च शिक्षा पढ्ने धोको रहेको छ। तराई मधेसमा अत्यन्त पिछडिएको दलित समुदायमा पर्ने डोममा साक्षरता दर अत्यन्त न्युन रहेकोमा कक्षा १२ पास गर्नुलाई ठूलो सफलता मानिनुपर्ने गरुडास्थित रेडियो मधेस मसला एफएमका अध्यक्ष बृजकिशोर यादवको भनाइ छ।
गत वैशाखमा भएको कक्षा १२ को परीक्षामा नियमित तर्फबाट सहभागी भई गरुडा नगरपालिका ५ महम्मदपुर घर भएका मल्लीले बी प्लस ल्याएका छन्। राम्रो पढाइ भएका मल्लीको उच्च शिक्षा पढ्ने धोको रहेको छ।
विज्ञान विषय लिएर कक्षा १२ उत्तीर्ण गरेका मल्लीका तिन दिदीबहिनी र तिन दाजुभाइ छन्। यति ठूलो परिवारमा केवल एक कट्ठा जमिन मात्र रहेको छ।
अत्यन्त गरिब र पछाडि परेको समुदायको मल्लीलाई विपन्नताको कारणले पढाइ बिचैमा रोक्नु पर्ला कि भन्ने डर लागिरहेको बताउँछन्। पढाइ दिने सहयोगीको खोजीमा पनि रहेका मल्लीलाई उच्च शिक्षा पढेर देशको सेवा गर्ने रहर छ।