काठमाडौंबाट झापा धाएर निशुल्क उपचार
१२ चैत्र २०७२
•
६ मिनेट पाठ
काठमाडौंबाट झापा धाएर निशुल्क उपचार
झापा-चिकित्सक भन्ने वित्तिकै पैसाको पछि लाग्ने प्राणी भनेर आलोचना गर्नेहरुको संख्या धेरै छ। तर, हाम्रै समाजमा यस्ता चिकित्सक पनि छन्, जसले काठमाडौंदेखि झापासम्म धाएर, विरामीको घरैमा गएर निशुल्क उपचारसमेत गरिरहेका छन्।




१५ वर्षभन्दा लामो समयदेखि फलामे साङ्लोमा बाँधेर राखिएकी एक जना मानसिक रोगी महिलालाई तिनै चिकित्सकले निशुल्क उपचार गरेर बन्धनमुक्त पारेका छन्। झापा गरामनीकी ४० वर्षीया लक्ष्मी श्रेष्ठलाई मनोरोग विशेषज्ञ डा. श्रीराम घिमिरेले निशुल्क उपचार गरेर पुर्नर्जीवन दिएका छन्।

पैसा अभावले उपचारका लागि अस्पताल लैजान सक्ने अवस्थामा नभएको परिवारले आफ्नी छोरी लक्ष्मीलाई १५ वर्षदेखि साङ्लोमा बाँधेर राखेको थियो। 'शुरु–शुरुमा धेरैतिर लगियो, धेरै पैसा पनि रुपैयाँ सकियो', लक्ष्मीकी आमा भवमायाले भनिन् ' त्यसपछि उपचार गराउने आर्थिक हैसियत पनि भएन । डाक्टरकोमा लैजाने आँट पनि आएन ।' उनका अनुसार ज्यादै अस्वाभाविक व्यवहार गर्ने र जथाभावी गर्न थालेपछि छोरीलाई बाँधेर राख्नुको विकल्प भएन।

परिवारका अनुसार अहिले ४० वर्ष पुगेकी लक्ष्मीलाई १५–१६ वर्षको उमेरमै मानसिक समस्याले सताउन थालेको थियो । त्यसबेला धामीझाँक्रीको फुकफाक बाहेक अन्य उपचार हुनै सकेन । असामान्य व्यवहार गर्ने, घरबाट भाग्ने, मनमा जे आयो त्यही बोल्ने, डराउने, कराउने, आत्तिने, कपडा नलगाउने तथा अरुलाई दुर्व्यवहार गर्ने लगायतका समस्या देखिएपछि गाउँले र आफन्त सबैले धामीले नै ठीक पार्ने विश्वास व्यक्त गर्न थाले । त्यसबाट पनि समस्या बीसको उन्नाइस नभएपछि परिवारले ऋण काढेर छोरीलाई उपचारका लागि भारत र नेपालका विभिन्न ठाउँ लगे । केही महिनासम्म समस्या कम हुने तर बल्झिहाल्ने हुन थालेपछि परिवारले थप आर्थिक स्रोत जुटाउने अवस्था भएन । 'त्यसपछि उसलाई बाँधेर राख्नुको विकल्प भएन', आमा भवमायाले भनिन् ।

यही क्रममा डा. श्रीराम घिमिरे विपन्न श्रेष्ठ परिवारका लागि नयाँ आशा बनेर देखापरे । बहुसाँस्कृतिक मनोसामजिक संस्था नेपालमा कार्यरत मनोरोग विशेषज्ञ घिमिरेले काठमाडौंबाट झापा धाएर उनको निशुल्क उपचार गरेका हुन् । 'डाक्टर देख्नेवित्तिकै पैसा सम्झेर डर लाग्थ्यो', भवमायाले सम्झिइन् 'वर्षदिन अघि तपाइँको छोरीको निशुल्क उपचार गरिदिन्छु भन्दै डाक्टर घरैमा आए । शुरुमा विश्वास लागेन । उहाँले दिएको औषधि खुवाउँदै गयौं विस्तारै छोरी ठीक हुँदै गई । दुई महिना अघिदेखि साङ्लोबाट छुटाएका छौं । अहिले ठीक छ ।'

शुरुमा लक्ष्मीको अवस्थाबारे विर्तामोडकै स्वास्थ्यकर्मी विनय डाँगीले डा. घिमिरेलाई अवगत गराएका थिए । कमजोर आर्थिक अवस्थाका कारण बिना उपचार बन्धनमा रहेकी लक्ष्मीलाई भेट्न डा. घिमिरे, मेची अञ्चल अस्पतालका डा. राजु सेढाई र डाँगी घरैमा पुगेका थिए । टोलीले त्यही दिनदेखि उपचार थालेको थियो । त्यसपछि डा. घिमिरेले प्रत्येक महिना उनलाई घरैमा गएर जाँच गर्ने, औषधि दिने र परिवारलाई काउन्सिलिङ गर्न थाले । 'यो क्रम १० महिनासम्म चलेपछि उहाँलाई साङ्लोबाट छुटाइएको छ', डा. घिमिरेले नागरिकसँग फोनमा भने 'अबको केही महिनापछि उहाँ सामान्य अवस्थामा फर्कने निश्चित छ ।' परिवारका अनुसार अहिले लक्ष्मी सामान्य झैं हिँडडुल गर्ने, बोल्ने , सरसफाईमा ध्यान दिने गर्न थालेकी छन् । डा. घिमिरे वर्षदिन यता हरेक महिना लक्ष्मीको घरमा आउँछन् । अझै वर्ष दिनसम्म यो क्रम चल्नसक्ने उनले बताए । 'हामीलाई विश्वास नै लाग्दैन , यस्तो दिन पनि आयो', लक्ष्मीका भाई अर्जुनले भने 'यस्तो रोग पनि निको हुँदो रहेछ । डाक्टर घिमिरे हाम्रो लागि भगवान भएर आउनुभयो ।'

चिकित्सक घिमिरे चाहिँ आफूले विरामीप्रतिको दायित्व पूरा गरेको बताउँछन् । 'जनावरलाई चोट लाग्दा उनीहरुको अधिकारको पैरवी हाम्रो देशमा धेरै हुन्छ', उनले थपे 'तर, आर्थिक रुपमा कमजोर रहेका, चेतनाको अभावले पछि परेकाहरु पशुवत जिन्दगीमा छन् । उनीहरुको पक्षमा पनि सरकार वा अधिकारवादीहरु त्यसैगरी लागिदिए हुन्थ्यो ।'
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
३ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो।

Yetiairlinescontenttopbanner

दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ५ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस