प्रतिघण्टा ८० किलोमिटर वेगको हुन्डरी चलेपछि...
१५ चैत्र २०७२
•
७ मिनेट पाठ
प्रतिघण्टा ८० किलोमिटर वेगको हुन्डरी चलेपछि...
काठमाडौं-प्रारम्भिक मनसुन सुरु भएको झन्डै महिनादिनपछि सोमबार प्रतिघन्टा ८० किलोमिटर वेगमा हुन्डरी चल्दा झापामा एकको मृत्यु भएको छ।अपराह्न ४ बजेपछिको घटनामा सात जना घाइते भए भने उपत्यकाका ठाउँठाँउमा हावाहुरीले रुख र विद्युतका पोल ढाल्दा भागदौड चल्यो ।




साँखुमा भूकम्पले चर्किएका पाँच घर भत्किए भने भूकम्प प्रभावित जिल्लामा थुप्रै टहरा र त्रिपालका अस्थायी बास तहसनहस भए ।

हुरीले राजधानीमा केही घरका छाना, होर्डिङ बोर्डलगायत संरचना उडायो । घरका छतबाट पानीट्यांकी खस्दा सवारीसाधनलाई क्षति पुर्यायो ।

'प्रतिसेकेन्ड २२ मिटर गतिमा हावाहुरी चल्यो । यो उच्चतम वेग हो,' मौसम पूवार्नुमान महाशाखाका मौसमविद सुवास रिमालले नागरिकसँग भने । उनका अनुसार हुरी उपत्यका भित्रिनुअघि पोखरा–काठमाडौंबीचको आकाश पूरै बादलले छोपेको थियो ।

'काठमाडौंको उच्च वायुमण्डलमा विकास भएको न्यूनचापीय क्षेत्र र बादलले बनाएको डाउन ड्राफ्टको मिश्रणका कारण उपत्यकामा हावाको वेग धेरै भएको हो,' रिमालले भने, 'यसले सोमबार राति पूर्वका केही क्षेत्रमा हल्का वर्षा र चट्याङ पर्न सक्छ । मंगलबार बिहानैदेखि यो प्रणाली नेपालबाट बाहिरिन्छ ।'

महाशाखाका अनुसार करिब ४ बजेबाट झन्डै ४५ मिनेट तीव्र हावाहुरी चलेको थियो । यसले काठमाडौं उपत्यकालगायत पश्चिम र मध्यनेपालको जनजीवन प्रभावित गरेको छ । हावाहुरीले पूर्वी तराई क्षेत्रसमेत प्रभावित भएको छ । त्यस क्षेत्रमा हावाहुरीपछि साँझ वर्षा पनि भएको थियो । काठमाडौंमा पनि सोमबार शून्य दशमलव १ मिलिमिटर वर्षा भयो । पोखरामा यसैले १६.२ मिलिमिटर वर्षा गरायो ।

हावाहुरीका कारण उपत्यकाको वायुमण्डलमा तुँवालो थपिएपछि केहीबेर अन्धकार भएको थियो । एक्कासि तीव्र गतिमा हुरी चलेपछि आफ्नो गन्तव्य र काममा व्यस्त सर्वसाधारणले असुरक्षित महसुस गरेका थिए । सहरमा एकाएक भागदौड मच्चिएको थियो ।

'झन्डै ४५ मिनेट यसले उपत्यकाको जनजीवन बिथोल्यो,' महाशाखाका अर्का मौसमविद समीर श्रेष्ठले नागरिकसँग भने । उनले यसले पश्चिम र मध्यनेपालका पहाडी क्षेत्रको जनजीवन प्रभावित भएको जानकारी दिए ।

'यसको विकास पश्चिमको पहाडी क्षेत्रमा भएको हो,' श्रेष्ठले भने, 'पश्चिमबाट पहाडी क्षेत्र हुँदै काठमाडाैंसम्म आइपुग्यो । नेपालको पूर्वी क्षेत्रमा पुग्दासम्म यो कमजोर भयो ।'

उनका अनुसार हावाहुरीले पाँच-छ दिनदेखि प्रदूषित उपत्यकाको वायुमण्डल पनि सफा गरेको छ । 'तुँवालो सबै उडाएको छ । आकाश सफा भएको छ । सोमबार राति मेग गर्जनसहित उपत्यकासहित पूर्वमा केही वर्षा हुन सक्छ', श्रेष्ठले भने । उनका अनुसार मंगलबार र बुधबार आकाश सफा रहन्छ, बिहीबारदेखि फेरि यस्तै खालको मौसम प्रणाली विकास हुन सक्छ ।

फागुन १५ देखि जेठको अन्तिम साता मनसुन नभित्रँदासम्मको समयलाई मौसम विज्ञानमा प्रारम्भिक मनसुन मानिन्छ । यो समयमा चट्याङ, हावाहुन्डरी र क्षणिक वर्षाको सम्भावना रहन्छ । यो अवस्था झन्डै तीन महिनासम्म रहन्छ ।

यसैबीच, प्रहरीले हावाहुरीले उपत्यकामा सात जना घाइते भएको जनाएको छ । काठमाडौंमा ६ र भक्तपुरमा एक जना घाइते भए । यसले त्रिचन्द्र क्याम्पसको पूर्वी पर्खालसँगैको रुख ढाल्दा पेटीमा हिँडिरहेका दुई जना घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि वीर अस्पताल लगिएको थियो । त्यहीँ नजिकै विद्युत पोल पनि भाँच्चिएको छ । स्वयम्भू स्तुपाको इँटा खस्दा घाइते भएका एक जनाको मनमोहन अस्पतालमा उपचार भइरहेको छ ।

यसैगरी, नागार्जुन नगरपालिका–४ सीतापाइलामा भागदौड गर्दा लडेर ३५ वर्षीया बिमला मगर घाइते भएकी छन् । उनलाई उपचारका लागि मनमोहन अस्पताल पठाइएको थियो । काँडाघारीको सनसिटीबाट एउटा ट्यांकी खसेर ट्याक्सीको सिसा फुट्दा एक जना घाइते भएका छन् । पुरानो बानेश्वरमा लडेर घाइते भएका एक जनालाई उपचारका लागि भरोसा अस्पताल, बानेश्वर पठाइएको प्रहरीले जनाएको छ ।

यसैगरी टेकु पुलनजिकको बिजुलीको पोल ढलेको छ भने रत्नपार्कमा रुख ढलेर बाटो अवरोध भएको थियो । यसैगरी, ललितपुर शंखमूल पुल नजिकको बिजुलीको पोल पनि ढलेको छ । भक्तपुर, बालकोटमा बिजुली पोल ढल्दा घाइते भएका एक जनालाई गट्ठाघरस्थित नागरिक अस्पताल पठाइएको थियो ।

स्वास्थ्य मन्त्रालयको मुख्य भवन पछाडिको भवनको छाना पनि हुरीले उडाएको छ ।

सामान्यतया नेपालमा मनसुन जेठको अन्तिम साता (जेठ २७ गते) भित्रिने भनिए पनि पछिल्ला वर्ष १५ दिनसम्म ढिलो भित्रिने गरेको छ । मौसमविदका अनुसार साउथ इन्डियन समुद्रबाट अरब सागर हुँदै मनसुन सबैभन्दा पहिले भारतको केरला छिर्छ । बंगालको खाडी हुँदै थाइल्यान्ड, म्यानमार, बंगलादेश र भारत हुँदै मौसम पूर्वबाट नेपाल छिर्छ । पूर्वबाट जेठको अन्तिम साता छिरेको मनसुन असोज पहिलो साता पश्चिम नेपालबाट बाहिरिन्छ ।
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
५ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो।

Yetiairlinescontenttopbanner

दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस