झापा- मेचीनगर–११ मा २०५२ सालमै स्थापित कृष्ण प्राथमिक विद्यालयको एउटै लक्ष्य थियो– स्थानीय राजवंशी समुदायका विद्यार्थीलाई उनीहरुकै मातृभाषामा पढाउने। गाउँमा आफ्नै भाषामा पढाइ हुने विद्यालय खुलेपछि अभिभावक उत्साही बने र छोराछोरीलाई धमाधम स्कुल पठाए। कक्षा ५ सम्म पढाइ हुने कृष्ण प्राविमा यो खुसी धेरै वर्ष भने टिक्न सकेन।अधिकांशले बीचैमा पढाइ छाडे भने कतिपय अन्यत्रै विद्यालयतिर लाग्न थाले। 'पछिल्लो आठ–दस वर्षमा यहाँबाट हामीले कम्तीमा वार्षिक १० जना विद्यार्थीलाई कक्षा ५ उत्तीर्ण गराएर पठायौं,' कृष्ण प्राविका शिक्षक दशरथ खडिया भन्छन्, 'तर, अहिलेसम्म मुस्किलले १० जनाजतिले एसएलसीसम्म पढे होलान्, अरू सबैले बीचैमा पढाइ छाडे।'
लगभग सय जना विद्यार्थी प्राथमिक तह उत्तीर्ण भएर माथिल्लो तह पुग्दासम्म ९० प्रतिशतले पढाइ छाडेको यो विद्यालयको अनुभव छ। 'यो क्रम अहिले पनि चलिरहेको छ,' शिक्षक खडियाले थपे, 'कक्षा ६–७ मा पढ्दापढ्दै पढाइ छाड्ने, मजदुरीतिर लाग्ने वा बिदेसिनेको संख्या बर्सेनि बढिरहेको छ।'
उनका अनुसार स्कुलवरिपरि घर भएका धेरै किशोर पढाइ छाडेर मिस्त्री काम गरेर हिँडेको दृश्य सामान्य भइसकेको छ।
पूर्व–पश्चिम राजमार्गस्थित मेचीनगरको इँटाभट्टाचोकबाट दुई किलोमिटर मात्र दक्षिण दुरीमा रहेको ठाउँमा देखिएको यो भयावह शैक्षिक अवस्था जिल्लाका अधिकांश क्षेत्रको प्रतिनिधि चित्र हो जसले अधिकांश विद्यार्थी अनेकौं बाध्यताले बीचैमा पढाइ छाडेर अन्यत्र लाग्छन्।
सरकारले सबैका लागि शिक्षाका नाममा होस् या निश्चित अवधि तोकेर जिल्लालाई पूर्ण साक्षर बनाउने अभियानमार्फत होस्, विभिन्न कार्यक्रम गरिरहेको छ तर सरकारी शिक्षा प्रणाली विद्यालय तहको शिक्षा पूरै लिने धैर्य विद्यार्थीमा विकास गर्नसमेत असफल भइरहेको छ। बीचैमा पढाइ छाडेर हिँडेको ठूलो संख्याले यही तथ्य उजागर गर्छ।
प्रतिवेदनमा सधैँ 'सकारात्मक सूचक' मात्रै समेट्ने सरकारी पक्षको दलील भने यसमा पनि निकै फरक छ। विगत वर्षको तुलनामा अहिले 'ड्रप आउट' निकै कमी आएको दाबी जिल्ला शिक्षा कार्यालय, झापाको छ। विद्यालय शिक्षामा बालबालिका बीचैमा कक्षा छाड्ने दर घटाउन छात्रवृत्ति, भवन निर्माण, निःशुल्क शिक्षा, निःशुल्क पाठ्यपुस्तक, निःशुल्क पोसाक, खाजालगायत कार्यक्रम अघि सारिएको जिल्ला शिक्षा अधिकारी डिल्लीराम लुइँटेल बताउँछन्।
'जिल्लामा अहिले त्यस्ता विद्यार्थीको संख्या कम छ,' जिशिअ लुइँटेलले भने, 'विद्यार्थी फेल भए भने नियमित भएनन् भने विद्यार्थी घट्ने हुन्। अहिले जिल्लामा तल्लो स्तर कक्षा १ देखि ३ सम्मका विद्यार्थी कुनै हालतमा फेल नहुने नीति छ र फेल पनि भएका छैनन्, यसैका कारण पनि त्यस्ता विद्यार्थीको संख्या कम भएको हो।'
उनका अनुसार केही वर्षअघिसम्म झापामा ड्रप आउट दर २० प्रतिशत हाराहारी थियो। अहिले ५ देखि ६ प्रतिशतमा झरेको छ।
उनले दाबी गरेको तहमा समस्या नभएको स्वयम् शिक्षक पनि बताउँछन् तर जब कुनै विद्यार्थी काम गरेर कमाउने अवस्थामा पुग्छ, घरेलु काममा सघाउने उमेरमा पुग्छ, उक्त तहमा समस्या धेरै रहेको उनीहरु बताउँछन्।
'घरायसी कार्यबोझ, भाइबहिनी हेर्नुपर्ने बाध्यता, बलियो अभिभावकत्व नहुने र शिक्षा सोझै रोजगारीसँग नजोडिने हुँदा निमावि तहदेखि पढाइ छाड्ने बढ्छन्,' कविशिरोमणि उच्च माविका शिक्षक दामोदर ढुंगेल भन्छन्, '१३–१४ वर्षदेखि नै मजदुरीमा जानु विपन्न परिवारका केटाकेटीको बाध्यता हो। पढाइ छाडेर हिँड्न्ुको कारण पनि यही हो।'
आइतबार कृष्ण प्राविमा परीक्षा लेख्दै गरेका केही विद्यार्थीले सरसर्ती पढाइ छाड्नेको नाम नागरिकलाई सुनाए। शिक्षक कुमार ठाकुरका अनुसार कक्षा ५ सम्म उत्कृष्ट नतिजा ल्याइरहेका विद्यार्थी पनि निमावि तहमा पुगेपछि स्कुल छाडेर मजदुरीतिर लागेका छन्।
यसरी पढाइ बीचैमा छाड्ने समस्या बढनुको मुख्य कारण गरिबी नै रहेको बताउँछन्, विद्यालय निरीक्षक हरिप्रसाद मिश्र। 'बालबालिकाको विद्यालय छाड्ने दर कम गर्न विभिन्न कार्यक्रममा खर्च गरेर मात्र हुँदैन, अभिभावकमा रोजगारी प्राप्त हुनुपर्छ, परिवार भोकै र नांगै हुनु हुँदैन। जबसम्म उसले पेटभर खान र एकसरो लाउन पाउँदैन, बालबालिका विद्यालय पठाउन सक्दैन। यस्तो अवस्थामा ड्रपआउट दर कम गर्न जतिसुकै कार्यक्रम सञ्चालन गरिए पनि सुधार हुन सक्दैन।'
आदिवासी समुदायको बाहुल्य रहेको विद्यालयमा ड्रपआउट दर बढी हुने काँकरभिट्टा स्रोतकेन्द्रका स्रोतव्यक्ति लोकबहादुर दाहालको भनाइ छ। 'धेरै अभिभावकमा चेतना कमी छ, बालबालिकालाई विद्यालय पठाउनुपर्छ भन्ने सामान्य ज्ञानसम्म छैन,' दाहालले भने, 'अधिकांशका अभिभावक मजदुरी गर्छन्, आफू काममा गएका बखत घरको सबै काम छोराछोरीलाई लगाउने गरेका कारण पनि यो संख्यामा कमी नआएको हो।'
काँकरभिट्टा स्रोतकेन्द्रअन्तर्गत २२ वटा विद्यालयमा ड्रपआउट संख्या कम गर्न विद्यालय सुधार योजनाअनुसार विभिन्न कार्यक्रम सञ्चालित छन्। सबै विद्यालयको हिसाब गर्ने हो भने ८ देखि १३ प्रतिशत ड्रपआउटको संख्या रहेको उनको भनाइ छ।
'कुनै विद्यालयमा यस्तो संख्या उच्च छ, कुनैमा न्यून,' दाहालले भने, 'मातृभाषाका विद्यालय नहुनु, सीमा क्षेत्रमा सहजै रुपमा आम्दानी हुनुले पनि सोचेअनुसार जिल्लामा ड्रपआउट संख्या कम गर्न नसकिएको हो।'
गरिबीपछि विद्यार्थीले पढाइ छाड्ने अर्को मुख्य कारण हो– भाषा। शिक्षकले बोलेको विद्यार्थी नबु‰ने, विद्यार्थीको कुरा शिक्षकले भेउ नै नपाउने समस्या धेरै स्कुलमा छ। यो भाषिक समस्याले सामुदायिक विद्यालयको प्राथमिक तहमा भयावह समस्या निम्त्याइरहेको छ। घरमा मातृभाषा बोल्ने आदिवासी समुदायका अधिकांश विद्यार्थी विद्यालयमा पढाइने माध्यम भाषा नेपाली बु‰दैनन्। यसले बीचैमा कक्षा छाड्ने, पढाइ अपूरै छाडेर विद्यालयसँगको नाता कलिलैमा तोड्ने समस्या झापामा बढेको छ।
राजवंशी, गनगाई, मुन्डा, सन्थाल, मुस्लिम, किसानलगायत धेरै जातजातिको बसोबास रहेको जिल्लाका धेरै विद्यालयमा भाषिक समस्याकै कारण 'ड्रपआउट' दर उच्च भएको पाइएको छ।
यसको प्रमाणका रुपमा छ, दक्षिण झापाको टाँघनडुब्बास्थित डिल्लीराज उच्च माध्यमिक विद्यालय। स्कुलको कक्षा १ मा अघिल्लो वर्ष ४५ जना विद्यार्थी भर्ना भएका थिए। कक्षा चल्दै गयो, विद्यार्थी संख्या पनि बिस्तारै घट्दै जान थाल्यो। वार्षिक परीक्षा सकेर कक्षा २ मा भर्ना हुने बेला तीमध्ये १७ विद्यार्थी मात्रै स्कुलमा रहे। अरू लाखापाखा भए।
विद्यालय यात्राको सुरुमै देखिएको 'ड्रपआउट' उच्च दरले विद्यालय व्यवस्थापन चिन्तित भयो। 'अध्ययन क्रममा कक्षा बीचैमा छाडेर जाने नानीहरु अधिकांश मुस्लिम समुदायका रहेको देखियो,' उच्च माविका प्राचार्य भगदेव राजवंशी भन्छन्, 'उनीहरु धेरैलाई नेपाली भाषा बु‰न ज्यादै कठिन छ, मातृभाषामै बुझाउँद,ै पढाउँदै गर्न पनि जनशक्ति छैन। यसले विद्यार्थीलाई टिकाउनै समस्या छ।'
उनका अनुसार वर्षभरि विद्यालय आउने–जाने गर्दा पनि धेरै विद्यार्थीले पढाइको माध्यम भाषाबारे केही पनि जान्दैनन्।