सट्टा बाजी खेल्ने ४ जनालाई प्रहरीले विराटनगरबाट पक्राउ गरेको छ। विराटनगर–११ बाट एसिया कप क्रिकेट खेलमा सट्टा बाजी लगाएको आरोपमा ४ जनालाई प्रहरीले गरेको हो।
४२ वर्षीय राजेश ठाकुर, २८ वर्षीय रवि सहनी, ३४ वर्षीय नारायण श्रेष्ठ र २३ वर्षीय अजय सहनीलाई पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ। पक्राउ परेका ४ जना विराटनगर–११ पिचराका हुन्। रहेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए।
पक्राउ परेका आरोपीहरूले क्रिकेट खेलमा सट्टा बाजी गरिरहेको भन्ने सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए। उनिहरूकाे साथबाट खेलमा प्रयोग गरिएको ४ थान मोबाइल र १८ हजार ५ सय रूपैयाँ नगदसहित प्रहरीले नियन्त्रणमा लिएको हो। उनीहरुलाई सट्टा बाजी कसुरमा म्याद थपी अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ।