काठमाडौँ, माघ २०- नेपाली कङ्ग्रेसका उपसभापति रामचन्द्र पौडेलले सैन्य शक्ति कायमै राखेर बनेको नयाँ संविधानको कुनै अर्थ नहुने भएकाले माओवादीका हतियार थन्क्याइनुपर्ने बताएका छन्। उनले उच्चस्तरीय राजनीतिक संयन्त्रले लक्ष्यभन्दा बाहिर गएर काम गर्न नहुने सुझाव पनि दिए।
नेपाल–भारत मानव विकास एवम् मैत्री सङ्घले बुधबार यहाँ आयोजना गरेको “वर्तमान सन्दर्भमा नेपाल–भारत सम्बन्ध” विषयक अन्तर्क्रियाका बोल्दै उनले देशभित्र शान्तिको वातावरण बनाउनेतर्फ सबै मिलेर लाग्नुपर्ने आवश्यकता औँल्याए।
नयाँ संविधान निर्माण र शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउँदा आउने अप्ठ्यारालाई फुकाउन तीन दलका शीर्ष नेतासहितको उच्चस्तरीय संयन्त्र निर्माण भएको बताउँदै नेता पौडेलले संयन्त्रले लक्ष्यभन्दा बाहिर गएर काम गर्न नहुने विचार राखे।
उपसभापति पौडेलले सीमा क्षेत्रमा बसोबास गर्ने नेपालीको जनस्तरको मैत्री सम्बन्धमा अप्ठयारो नपार्नसमेत भारत सरकारलाई आग्रह गरेका थिए।
भारतका पूर्व केन्द्रीय मन्त्री पि.के. थुङले प्रजातन्त्रमा जनता सबैभन्दा शक्तिशाली हुने भएकाले नेपाललाई कतातिर लैजाने भन्ने अधिकार जनतामा मात्रै रहेको बताउँदै उनीहरूले मुलुकको विकास तथा निर्माणका क्रममा अन्य मुलुकसँग भने सहयोग एवम् सुझाव लिनसक्ने धारणा राखे।
सभासद् तीर्थराम डङ्गोलले नेपालजस्तो सानो मुलुकलाई भारतजस्तो ठूलो मुलुकले सीमा अतिक्रमण गर्दा साना मुलुकको राष्ट्रियतामा खतरा आउने बताए।
एकीकृत नेकपा (माओवादी) का नेता लेखराज भट्टले नेपालको सामन्तवादको अन्त्य गर्ने प्रक्रियामा भारतले पुर्याएको योगदानको सराहना गर्दै भारत नेपालको असल मित्र भएकाले भारतले अतिक्रमण गरेका नेपाली सीमाहरू स–सम्मान फिर्ता गरिनुपर्छ भने।
भारतको सर्वोच्च अदालतका वकिल इआई मालेकरले नेपाल र भारतबीच विश्वासको कमी भएको औल्याउँदै अबका दिनमा एकअर्कामा विश्वासको वातावरण बनाई सहकार्य थालिनुपर्ने सुझाव दिए।
- रासस