बेनी-पश्चिम म्याग्दीको बावियाचौरमा एक बालकको खोलामा डुबेर मृत्यु भएको छ। अर्मन–७ का ८ बर्षीय रोमन शेरचनको बावियौचार–५ स्थित खोलामा खेल्ने क्रममा मृत्यु भएको बावियाचौर प्रहरीले जनाएको छ।
विद्यालय विदा भएको मौकामा साथीहरूसंग म्याग्दी खोलामा पुगेका शेरचनलाई खोलाको छेउबाटै बगाएको थियो। उनलाई तत्कालै उद्धार गरेर उपचारका लागि स्वास्थ्य चौकीमा पुर्याइएको थियो। पछिल्लो समय म्याग्दीमा खोलामा पौडी खेल्ने क्रममा मृत्यु हुनेको संख्या बढ्न थालेको छ।
फागुन महिनामा समेत बेनी मंगलाघाट र राम्चेको भुतेखोलामा डुबेर दुईजनाको मृत्यु भएको थियो।