चितवन–सरकारले वन्यजन्तु पालन सम्बन्धि खुकुलो नीति ल्याउने तयारी गरेको भन्दै त्यसको विरोधमा शनिबार चितवनमा पशु अधिकारको क्षेत्रमा क्रियाशिल युवाहरुले साइकल ¥याली निकालेका छन् ।पशु अधिकारवादी संस्था (एनिमल राइट्स क्लब), वन फुड फरवार्ड र लियो क्लब चितवन सेन्ट्रलले संयुक्त रुपमा साइकल र्याली निकालेका हुन् । सवैलाई पाल्न दिने हो भने वन्यजन्तुलाई निजीकरण र व्यवसायिककरण गरे जस्तो हुने एनिमल राइट्स क्लबका अध्यक्ष युवा संरक्षणकर्मी सुराजन श्रेष्ठले बताए । सरकारी निकायले यस्तो सोच राख्नु नेपालका अधिकारी वन्यजन्तु संरक्षण एकदमै गैर जिम्मेवार रहेछन् भन्ने प्रष्टै बुझ्न सकिने उनले बताए।
'वन्यजन्तु पालन तथा प्रजनन् अनुमति कानुन आएमा भेडा बाख्रा उत्पादन गरेको जस्तो वन्यजन्तु पनि चाहेजति उत्पादन र बेचबिखन गर्न पाउने व्यवस्था गर्न खोजिएको छ । यसो भएमा वन्यजन्तु घरेलुु जनावरमा परिवर्तन भई अस्तित्व समाप्त हुँदै जाने त्रास पनि त्यत्तिकै छ', श्रेष्ठले भने ।
भरतपुरको केन्द्रीय बसपार्कबाट सुरु भएको साइकल ¥याली, हाकिमचोक, चौबिस कोठीहुँदै नारायणगढ पुलचोकमा आएर बिर्सजन भएको थियो। कार्यक्रमका प्रमुख अतिथि त्रिभुवन विश्वविद्यालय पशु विज्ञान विषयका प्रध्यापक डा.कृष्ण काफ्ले रहेका थिए। प्रध्यापक काफ्लेले केही समययता सरकारी अधिकारीहरुले संरक्षणका क्षेत्रमा हचुवा नीति लिन थालेकोले जन दवाव आवश्यक रहेको बताए।
'वातावरण संरक्षण होस वापशु कल्याण र वन्यजन्तु संरक्षणका लागि लिने नीतिहरु हुन् पछिल्लो समयमा जे जे कामहरु हुने गरेका छन् ति संरक्षणको दृष्टिले फाइदापुग्ने खालका छैनन्। सरकार बेलगाम भएर अगाडि बढ्न खोज्दा हामीले दबाब दिएर रोक्नु पर्छ,' प्रध्यापक काफ्लेले भने। सरकारले गलत नीति लिन खोजे युवाहरु चुपलागेर नबस्नेवन फुड फरवार्डका कोषध्यक्ष रुबी सापकोटाको भनाइ छ ।
वन्यजन्तु पाल्न पाउने कानुन बने चोरी शिकारी, अङ्ग तस्करी छाला तस्करी जस्ता समस्याहरु झनै बढेर जाने खतरा रहेको संरक्षणकर्मीहरुको भनाइ छ। सरकारी नीति खारेज गराउन युवाहरुले आगामी दिनमा पनि विभिन्न निकायसँग मिलेर दबाब मुलक अभियान जारी राख्ने वन फुड फरवार्डका अध्यक्ष सुजिन सुवेदीले जानकारी दिएका छन्।