डिन निुयुक्तिमा चलखेल
२८ चैत्र २०७२
•
८ मिनेट पाठ
डिन निुयुक्तिमा चलखेल
काठमाडौं- त्रिभुवन विश्वविद्यालय, चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) मा दुई महिनादेखि रिक्त डिन पदमा नियुक्तिका लागि चलखेल सुरु भएको छ। चलखेलकै कारण 'सर्च' कमिटी ले एक महिना बितिसक्दा पनि डिनमा नियुक्तिका लागि सम्भावित उम्मेदवारहरूको नाम सिफारिस गर्न सकेको छैन्।




सामान्यतः यसअघिका सर्च कमिटीले एक साताभित्रै सम्भावित उमेदरवारको नाम सिफारिस गर्ने गरेका थिए। त्रिवि कार्यकारी परिषद्द्वारा गठित सर्च समितिले तीन जनाको नाम सिफारिस गर्ने र तीमध्येबाट एकको नियुक्ति परिषद्ले गर्ने व्यवस्था छ।

वरिष्ठता र कार्यक्षमताको आधारमा डिन नियुक्त नभए पुनः अनशन थाल्ने चेतावनी डा. गोविन्द केसीले दिँदै आए पनि विभिन्न दल र मेडिकल कलेज निकट उमेदवारले डिन बनाउन चलखेल गर्न थालेपछि प्रक्रिया अड्किएको हो।

सम्बन्धनको पर्खाइमा रहेका चार कलेजलाई स्वीकृतिको सर्तमा डिन नियुक्त भई डा.केसीको अनशनपछि बर्खास्तमा परेका डा. शशि शर्माको मुद्दा अदालतमा विचाराधीन मुद्दालेसमेत डिन नियुक्ति प्रक्रियामा प्रभाव पारेको छ।

डिन नियुक्तिमा सिफारिस गर्न फागुन २८ मा प्राध्यापक डा. पुष्कर बज्राचार्यको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको थियो। समितिले गठनलगतै विभिन्न सरोकारवालासँग छलफल गरे पनि हालसम्म सिफारिस भने गर्न सकेको छैन।

त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा. तीर्थ खनियाले सर्च कमिटीले काम गरिहेको भन्दै केही साता लाग्ने बताए। उनले भने, 'आइओएमका लागि डिन सर्च हुँदैछ, सर्च समितिको सिफारिस पर्खिरहेका छौं।'

स्रोतका अनुसार शिक्षामन्त्री गिरिराजमणि पोखरेल र त्रिवि उपकुलपति डा. खनियासमेत 'लफडाविनै सेटल' गर्ने पक्षमा देखिए पनि दुवैलाई चर्को दबाब परेको छ। कांग्रेस कोटामा उपकुलपति बनेका खनियालाई कांग्रेस निकटलाई डिन बनाउन दबाब परेको छ। अर्कोतिर वरिष्ठता आधारमा नियुक्ति गर्दा आफ्नो पार्टी निकटको बलियो उमेदवार नभएकाले 'आफूले भनेको मान्ने' चिकित्सक खोज्ने एमालेे रणनीति छ। एमाओवादीले आफ्ना उमेदवारको रूपमा देखिएका चिकित्सक बढी विवादित भएकाले सहज ढंगले काम गराउन सक्ने उम्मेदवारकै लागि लबिङ गरिरहेको छ।

डा. केसीले पटकपटक अनशनका क्रममा वरिष्ठलाई नियुक्ति गर्नुपर्ने माग राखेपछि यसै आधारमा नियुक्ति हुन थालेको थियो। सोहीअनुसार यसअघि डा. कुमुद काफ्ले, डा.प्रकाश सायमी, र डा. राकेश श्रीवास्त डिनमा नियुक्त भएका थिए। तर पछि वरिष्ठताबाहिर गएर डा.धर्मकान्त बाँस्कोटा र डा. शर्मालाई डिन बनाइए पनि डा. केसीको अडानकै कारण पछि सरकारले हटाएको थियो।

अहिले वरिष्ठता सूचीमा डा.जगदिश अग्रवाल, डा. डिएन शाह र डा.विमल सिन्हा अगाडि छन्। पूर्व डिन डा.अरुण सायमी डिनको दौडमा रहे पनि उनी डिन हुँदा विवादित भएकाले सिफारिसमा पर्ने सम्भावना कम छ।

स्रोतका अनुसार यसपटक कांग्रेस कोटामा डिन बन्नका लागि पूर्वप्रधानमन्त्री सुशील कोइरालाका फिजिसियनका रूपमा काम गरेका डा. करवीरनाथ योगी र डा. दिनेशविनोद पोखरेल लबिङमा छन्। एमओवादी तर्फबाट डा. रामप्रसाद उप्रेती र डा. रतिन्द्रनाथ श्रेष्ठले डिन बन्न लबिङ गरिरहेका छन्। यी दुवै जना २०६६ सालमा स्नातकोत्तर तहको प्रश्नपत्र बिक्री भएको विवादमा मुछिएका थिए। जसका कारण १९ दिनसम्म शिक्षण अस्पताल बन्दसमेत भएको थियो।

पछिल्लोपटक शुक्रबार डा. केसीले पुनः शिक्षामन्त्रीलाई ज्ञापनपत्र दिएर वरिष्ठताका आधारमा तत्काल डिन नियुक्त गर्न माग दोहोर्याुएका छन्। 'दबाबमा राजीनामा दिए पनि वरिष्ठताका आधारमा नियुक्ति हुँदा धेरै स्थायित्व बसेको छ, राम्रा काम पनि सुरु भएको छ,' उनले भने, 'यो मान्यताबाहिर गएर डिन बन्ने सपना कसैले नदेखे हुन्छ।'

एमाले निटक चिकित्सकले अघिल्लो सरकारकै पालामा एमाले कोटामै डिन नियुक्त भएर बर्खास्त भएका डा. शर्माकै पक्षमा वातावरण बनोस् भन्ने पक्षमा छन्। नयाँ कलेजलाई सम्बन्धन दिने सर्तमा २०७० पुस २७ मा शर्मा डिन बनेका थिए। तर केसीले हटाउनुपर्ने माग राखेर अनशन जारी राखेपछि सरकारले माघ ७ मा बर्खास्त गरेको थियो।

त्यसपछि सरकारले डा. श्रीवास्तवलाई डिन बनाएको थियो। शर्मा पुनर्बहालीको मागसहित अन्तरिम आदेश दाबी गर्दै २०७० चैत १ मा अदालत गएका थिए। तर त्यतिबेला अदालतले अन्तरिम आदेश दिएन।

अहिले डिन नियुक्ति प्रक्रिया ढिलाइको कारण शर्माको मुद्दा किनारा नलाग्नुलाई पनि लिइएको छ। उपकुलपति डा. खनियाले पनि 'अदालतबाट निर्णय भए सहज हुने रूपमा पनि कुरेको स्वीकारे। 'अब कुर्न सकिन्न,' उनले भने, 'दुई सातामा हुन्छ।'

शर्माको मुद्दा आइतबार पेसीमा चढे पनि न्यायाधीशले हेर्न भ्याएनन्। सम्बन्धनको पर्खाइमा रहेका कलेज सञ्चालकले शर्मालाई मुद्दा लड्न ठूलो सहयोग गरिरहेका छन्। शर्माले मुद्दा जितेर पुनर्बहाली भए सहज हुने बुझाइ एमाले निकट चिकित्सकको छ।

डिनकै बलमा मेडिकल कलेजलाई सम्बन्धन दिनदेखि सिट निर्धारणमा ठूलो सहयोग हुने भएकाले आफूअनुकूल बनाउन आर्थिक तथा राजनीतिक लबिङ बढी हुनेगरेको छ।
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
५ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो।

Yetiairlinescontenttopbanner

दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस