बोडेमा हिरो बन्दै जुजुभाइ
२८ चैत्र २०७२
•
७ मिनेट पाठ
बोडेमा हिरो बन्दै जुजुभाइ
बोडे (भक्तपुर)- जुजु अर्थात राजा। नेपाल भाषामा जुजुको अर्थ राजा हो। साँच्चै भक्तपुरको मध्यपुर थिमि बोडेका जुजुभाइ बासँ श्रेष्ठ जुजु अर्थात राजा जस्तै सर्वोच्च भएका छन्। बिस्केट जात्रा क्रममा मध्यपुर थिमिको बोडेमा मनाइने जिब्रो छेड्ने जात्रा जतिजति नजिक पुगिरहेको छ, उतिउति उनको चर्चा परिचर्याले यहाँं व्यापकता पाउन थालेको छ। किनकि यो वर्ष पनि जुजुभाइले नै जिब्रो छेड्ने घोषणा गरिसकेका छन्। प्रत्येक वर्षको जात्रामा जिब्रो छेड्दै आएका उनले यो वर्ष आठौं पटक जिब्रो छेड्ने घोषणा गरिसकेका छन्।पछिल्लो जनगणना अनुसार भक्तपुरको मध्यपुर थिमि नगरपालिका क्षेत्रभित्र ८३ हजार ३६ जनसंख्या छ। ४२ हजार सात सय २३ पुरुष र ४० हजार तीन सय १३ महिलामध्ये कोही पनि जात्राका लागि जिब्रो छेड्न तयार देखिएनन्। त्यसपछि जुजुभाइ नै पुनः आठौं पटक जिब्रो छेड्न तयार भए। यही कारण पनि उनी बोडेको मात्रै होइन, पूरै मध्यपुर थिमि अनि भक्तपुरकै हिरो बनेका छन्।

मध्यपुर थिमिका स्थानीय दिलकृष्ण प्रजापतिले नागरिकसँग भने, 'जुजुभाइको चर्चा अब त जात्रामा मात्र होइन, वर्षैभरि हुन थालेको छ।'

३५ वर्षीय जुजुभाइले संस्कृति जोगाइराख्न जीवनभर जिब्रो छेडिरहने प्रतिबद्धता जाहेर गरे। आफ्नो शरीर र स्वास्थ्यले साथ दिएसम्म, अरु व्यक्ति जिब्रो छेड्न तयार भएर नआएसम्म र बोडेका बासिन्दाको सहयोग रहेसम्म जात्रालाई निरन्तरता दिन आफूले जिब्रो छेड्ने उनले बताए। हरेक वर्ष अब कसले जिब्रो छेड्ला भन्ने स्थानीयको आशंका तोड्दै उनले यसवर्ष पनि आठौंपटक जिब्रो छेड्ने घोषणा गएको साता गरेका थिए। उनले २८ वर्षमा पहिलो पटक २०६६ सालमा जिब्रो छेडेका थिए।

जिब्रो छेड्न जात्रा बोडेमा प्रत्येक वर्ष वैशाख २ मा हुन्छ। जात्राको मुख्य आकर्षण यही दिन पनि हो। यो दिन मध्यपुर थिमि नगरपालिका वडा नं १ बोडेमा हजारौं जात्रालुको उल्लासपूर्ण सहभागितामा जिब्रो छेड्ने परम्परा छ। वैशाख २ गते बिहानैदेखि जिब्रो छेड्ने कर्मी नाइकेले विभिन्न देवगणको पूजा गरी जिब्रो छेड्न पाँचो गणेशको प्रांगणमा रहेको पाटीमा मञ्च बनाई नायखिँ बाजाका साथ जिब्रो छेड्ने परम्परा छ। जिब्रो छेडाउने व्यक्तिको इच्छाअनुसार बोडे परिक्रमा गराने परम्परा छ।

वैज्ञानिक प

धेरैको मनमा होला, जिब्रो छेड्दा के होला भनेर। त्यसका लागि बैज्ञानिक पद्धति अपनाइएको हुन्छ। जिव्रो छेड्ने व्यक्ति तीन दिन अगाडिदेखि केही नखाई ब्रत वसेको हुन्छ। नकर्मीले एक महिनादेखि लामो सुइरो बनाई तेलमा डुबाएर राखेको हुन्छ। त्यही सुइरोले जिब्रो छेड्ने व्यक्तिलाई मञ्चमा राखी सबैको अगाडि जिब्रो छेडिन्छ। बाँस एवम् निगालोले बनेको अर्धचन्›ाकार महाद्वीप (भ्यय) बालेर जिब्रो छेड्ने व्यक्तिलाइृ बोकाई विभिन्न टोलटोलमा घुमाइन्छ।

टोलटोल घुमाई पाँचोगणेशको रथलाई भागुटोल पुर्या्एपछि नकर्मी नाइकेले जिब्रोमा रहेको सियो निकाली महालक्ष्मीको माटो जिब्रोको प्वालमा राखिदिन्छन्। सियो गणेश मन्दिरमा ठोकिदिन्छन्। त्यसपछि जिब्रो छेड्ने व्यक्तिले नाट्यम्बरको पूजा गरेपछि मात्र बोल्न, खान र छुन हुने परम्परा छ। यो जात्रा विश्व प्रसिद्ध जात्रा पनि हो।

यस्तो छ किंम्वदन्ती
बोडेको जिव्रो छेडाउने जात्रा लिच्छविकालदेखि चलिआएको मान्यता छ। प्राचिनकालमा बोडेको निलबाराही दायाँवायाँ बस्ने भूत पिसाचले बोडेबासीलाई दुख दिन्थे। जनतालाई दुख दिन नछाडेपछि तन्त्रमन्त्रले ती पिसाचलाई आफ्नो बसमा पारे। त्यसपछि जनताले कसैले कपाल काटिदिए त कसैले जिव्रोमा सिया घुसाइदिए। अनेक दुखपछि वेदना सहन नसकेर पिसाचले कष्टबाट मुक्त गरिदिए आफूले जुनसुकै काम पनि पूरा गरिदिने बचन दिए। त्यसपछि सात वर्षसम्म जिव्रो छेड्नुपर्ने, कुनै पनि महामारी, अनिष्ट, अनिकाल, अनावृष्टि, अतिबृष्टि हुन नदिन वाचा गराइयो। वाचाअनुसार सात वर्षसम्म पिसाचले जिव्रो छेडे। पछि जात्रालाई निरन्तरता दिन वोडेकै कोही व्यक्तिको जिव्रो छेड्न लगाइयो। र हालसम्म यो परम्परा चालू छ।

यस क्रममा हालसम्म धेरैले जिव्रो छेडाइसकेका छन्। तर हालसम्म १३ जनाको नामावली मात्रै छ। जिव्रो छेडाउने नामावली भएका १३ जनामध्ये तीन जना मात्रै जिवित छन्। यो पटक समेत जिव्रो छेडने बासँं श्रेष्ठसहित कृष्णचन्द्र बाग श्रेष्ठ र बुद्धचन्द्र बाग श्रेष्ठ मात्रै जिवित छन्। जिव्रो छेड्ने क्रममा रगत वग्दैन। कुनै अशुभ भए मात्रै रगत वग्ने जनविश्वास रहिआएको छ।
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
६ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो। Yetiairlinescontenttopbanner दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस