आत्महत्या रोकथाम तथा न्यूनीकरण सम्बन्धी प्रहरीले सचेतना कार्यक्रम गरेको छ। विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा आईतवार कालिकोटको मान्ममा प्रहरीले आत्महत्या रोकथाम तथा नियन्त्रणको लागि सचेतना कार्यक्रम सुरु गरेको हो।
जिल्ला प्रहरी कार्यालय कालिकोटको आयोजनामा सामुदाय प्रहरी साझेदारी कार्यालय अन्तर्गत प्रहरीले आत्महत्या रोक्नथाम सम्बन्धी विशेष सचेतना कार्यक्रम सुरु गरेको डिएसपी जयस्वर रिमालले जानकारी दिए। उनले भने ‘औपचारिक रूपमा विश्व आत्महत्या रोकथाम दिवसको अवसर पारि सुरु गरेका छौं। यसपछि आत्महत्या रोकथाम र नियन्त्रणको लागि प्रहरी मार्फत स्थानिय तहरूमा यो अभियान पुग्नेछ।’ डिएसपीले भने,‘अहिले बढदै गएको आत्महत्या सबैको साथ सहयोग र सचेतनाको कारणले मात्र न्यूनिकरण गर्न सकिनेछ।’ सबैको साथ सहयोग र सचेतनाको माध्यमबाट आत्महत्या न्युनिकरण गरिनुपर्ने उनले बताए।
कालिकोटमा आत्महत्या गर्नेको संख्या बढ्दै गएको छ । जिल्ला प्रहरी कार्यालय कालिकोटको तथ्याङक अनुसार आर्थिक वर्ष २०७६/७७ मा ४ जना, २०७७/७८मा १५ जना,२०७८/७९ मा १६ जना गरी ३५ जनाले आत्महत्या गरेका छन्। जसमा झुन्डिएर तथा विषसेवन गरेर आत्महत्या गर्ने धेरै रहेको प्रहरीले जनाएको छ । २०७३ देखि ७६ सम्म ४१ जनाले आत्महत्या गरेका थिए।
घरायसी विवाद,प्रेम तथा यौन सम्बन्ध,सामाजिक हेला,मानसिक तनावजस्ता कारणले आत्महत्याका घटना बढेको प्रहरीले जनाएको छ। पछिल्लो समय कालिकोटमा आत्महत्या गर्ने बालबालिकाको संख्या पनि बढ्दै गएको छ।
डिप्रेसन,मादक पदार्थ सेवनलगायतका कारणले आत्महत्या गर्नेको संख्या बढेको जिल्ला अस्पताल कालिकोटका डा.रत्नबिर सुनारले बताए । आत्महत्या एउटा औषधिविहीन सामाजिक रोग भएको चिकित्सक बताउँछन्। आफैँमा विश्वास नहुनु,जीवनदेखि हार खानु,भावी जीवनका लागि असमर्थ हुनेले आत्महत्याको बाटो रोज्ने चिकित्सकहरूको भनाइ छ।
‘आत्महत्या नियन्त्रण गर्नकालागि विशेष सचेतना अभियान नै चलाउनु पर्छ।’ त्यसका लागि पालिकाहरुले प्रहरीसंग पनि समन्वयगरेर कार्यक्रम गनुपर्ने प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले बताए।
परिवारमा कोही सदस्यले एकोहोरिने जस्ता असामान्य व्यवहार देखाए परिवारका अन्य सदस्यले तत्काल मनोपरामर्श तथा उपचारमा ध्यान दिए आत्महत्याको दर धेरै कम हुने मनोविश्लेषकहरू बताउँछन्।
प्रहरीको अभियान समुदायमा
आत्महत्या गर्नेको संख्या बढ्दै गएपछि कालिकोट प्रहरीले आत्महत्या न्यूनीकरण सम्बन्धी जनचेतनामूलक कार्यक्रम लिएर सामुदायमा जाने भएको छ। सामुदायमा गएर परामर्शसहितको जनचेतनामूलक कार्यक्रम संञ्चालन गर्ने डिएसपी जयस्वर रिमालले बताए ।
जिल्लाका सबै पालिकाको समन्वयमा समुदायमा पुगेर सचेतना कक्षा संञ्चालन गरिने प्रहरीले जनाएको छ।
भोजपुर, जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्चालन गर्ने तयारी गरेका छन्। पदमार्गको प्रचारप्रसार गर्दै आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने लक्ष्यसहित पाँच पालिकाले बजेट विनियोजन गरेर कार्यक्रम सञ्चालनको तयारी अघि बढाएका हुन्।
भोजपुर नगरपालिका, टेम्केमैयुङ गाउँपालिका, आमचोक गाउँपालिका, हतुवागढी गाउँपालिका र रामप्रसादराई गाउँपालिकाका जनप्रतिनिधिबीच भएको संयुक्त बैठकमा अल्ट्रा म्याराथन सञ्चालन तथा ग्रेटर मुन्दुम पदमार्गको विकास र प्रवर्द्धनका विषयमा प्रारम्भिक छलफल भएको छ।
अल्ट्रा म्याराथन सञ्चालनका लागि पाँचवटै पालिकाले कुल रु ५५ लाख बजेट विनियोजन गरेको रामप्रसादराई गाउँपालिका अध्यक्ष थामबहादुर राईले बताए। जसअनुसार टेम्केमैयुङ गाउँपालिका र भोजपुर नगरपालिकाले रु २०/२० लाख तथा आमचोक, हतुवागढी र रामप्रसादराई गाउँपालिकाले रु पाँचपाँच लाख बजेट विनियोजन गरेका छन्। थप निर्णय भने आगामी मङ्सिर २५ गते बस्नेत वैठकले गर्ने अध्यक्ष राईले बताए।
पाँचवटै स्थानीय तहको साझा पहलमा कार्यक्रम सञ्चालन गर्ने तयारीस्वरूप बजेट व्यवस्थापन र सञ्चालन प्रक्रियाका विषयमा छलफल गरिएको टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले जानकारी दिनुभयो। उहाँले स्थानीय तहबीचको सहकार्यबाट मुन्दुम पदमार्गलाई राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा चिनाउन र पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउन सकिने बताए।
अल्ट्रा म्याराथन सञ्चालनले पदमार्गको प्रचारप्रसारसँगै यस क्षेत्रको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा, मौलिक परम्परा र स्थानीय जीवनशैलीलाई चिनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। प्रतियोगितामा देश तथा विदेशका धावकको सहभागिता गराउन सके यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा थप योगदान पुग्ने उनले बताए।
पदमार्ग आसपासका बासिन्दालाई पर्यटन व्यवसायमा जोड्दै स्थानीय उत्पादनको बजारीकरण, होटल तथा घरबास सेवा विस्तार र रोजगारी सिर्जनामा समेत यस्तो कार्यक्रमले सहयोग पु¥याउने जनाइएको छ र पाँचवटै पालिकाको संयुक्त प्रयासबाट ग्रेटर मुन्दुम पदमार्गलाई साहसिक पर्यटनको आकर्षक गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्य राखिएको छ।
बैठकमा भोजपुर नगरपालिकाका प्रमुख कैलासकुमार आले, टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेत, उपाध्यक्ष रमादेवी राई, हतुवागढी गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राई, रामप्रसादराई गाउँपालिकाका अध्यक्ष थामबहादुर राई, उपाध्यक्ष वीरेन्द्र राई र आमचोक गाउँपालिकाका अध्यक्ष सीता राईलगायतको उपस्थिति रहेको थियो।
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...