संविधान दिवसको अवसरमा प्रदेश नंं. १ सरकारले वृक्षारोपण गरेको छ।
विराटनगरको रानीदेखि बरगाछीसम्म सडकको बीच भागमा बिरुवा रोपेर संविधान दिवस मनाइएको हो। प्रदेशका मुख्यमन्त्री राजेन्द्रकुमार राई र आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले बिरुवा रोपेर कार्यक्रमको सुरुवात गरेका हुन्।
सो क्रममा मुख्यमन्त्री राईले संविधान निर्माणको छोटो अवधिमै महत्वपूर्ण उपलब्धी हाँसिल गरेको र नेपाली जनताले प्राप्त गरेको संविधानलाई जोगाएर राख्नुपर्ने बताए। सोही क्रममा प्रदेश नं. १ का आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले संविधानसँगैको संघीयताले विकासका गतिविधि चलायमान बनाएको बताए।
इटहरीमा संविधान दिवसको विरोध गर्दै प्रदर्शन
नेपालको संविधान २०७२ जारी गर्दा गर्दै त्यसप्रति असन्तुष्टि रहेको सन्देश दिन खोजिएको थियो। त्यतिबेला संविधानप्रति असन्तुष्टि रहेको सन्देश दिने कतिपय समूहमा निःसन्देह परिणम भिन्न भइ सक्नुपर्नेमा अझै पनि संविधान जारी भएको दिनलाई विरोधकै रुपमा मनाइ रहेका छन्।
यसै क्रममा सोमबार इटहरीमा मंगोल नेसनल अर्गनाइजेसन डाक्टर गोपाल गुरुङ समूहले विरोध कार्यक्रम गरेको छ। मंगोल नेशनलले संविधानले हिन्दु मुलवासी मंगोलहरुलाई सम्वोधन नगरेको र समान अधिकार नदिएको भन्दै विरोध जनाएको हो।
वराहक्षेत्र र इनरुवामा प्रभात फेरी
संविधान दिवसको अवसरमा बराहक्षेत्र नगरपालिका र इनरुवा नगरपालिकाले सोमबार प्रभात फेरी निकालेका छन्। बराहक्षेत्र नगरपालिकाको कार्यालयबाट सुरु भएको प्रभात फेरी मुनाल चोक, बस स्टेन, राँगा चोक, बुधबारे चोक, आइतबारे चोक, नेता चोक, महेन्द्र गेट , पानी टेङ्की, जङ्गी चोक, मुनाल चोक लगायतको स्थान परिक्रमा गरेर नगरपालिकाको कार्यालयमा कोण सभामा परिणत भएको थियो।
यसैबीच, सदरमुकाम इनरुवामा पनि प्रभातफेरी निकालिएको छ। इनरुवाको शहिद गेटबाट निकालिएको प्रभात फेरीमा नेपालको झण्डा, संविधान संरक्षण सबैको नेपालको कर्तव्य हो, मौलिक हकको सुनिश्चित गर, नेपालको नयाँ नक्सा कार्यान्वयन गर जस्ता नारा लेखिएका प्लेकार्ड बोकी प्रभात फेरी निकालिएको थियो।
जुम्ला। बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
गुठीचौर गाउँपालिका-१,मणिसाँघुका ४६ वर्षीय कालीबहादुर रोकायालाई प्रहरीले शनिबार पक्राउ गरेको हो। गत मंसिर ८ गते बालिकालाई उपचार गर्ने बहानामा यातना दिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान थालेको थियो।
जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरी टोलीले रोकायालाई मणिसाँघुबाट नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पुर्याएको हो। उनीमाथि अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक तथा प्रवक्ता शालिकराम खनालले जानकारी दिए।
उनका अनुसार अन्धविश्वास तथा रूढिवादी अभ्यासका नाममा हुने यस्ता गतिविधिप्रति प्रहरी संवेदनशील छ। यस्ता कार्यमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याइने उनले बताए। साथै, यस्ता गतिविधिबारे जानकारी भए नजिकको प्रहरी कार्यालय वा १०० नम्बरमा खबर गर्न प्रहरीले आग्रह गरेको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...