जनक शिक्षाको अक्षमताले यस वर्ष पनि पाठ्यपुस्तक अभाव
०८ वैशाख २०७३
•
५ मिनेट पाठ
जनक शिक्षाको अक्षमताले यस वर्ष पनि पाठ्यपुस्तक अभाव
काठमाडौं– देशका विभिन्न भागमा यस वर्ष पनि नयाँ शैक्षिक सत्रकाे शुरूमा पाठ्य पाठ्यपुस्तक अभाव भएकाे छ।




b2395ae739457b3d0e92f883dd4aeb29_L.jpg

यस वर्ष कतिपय जिल्लाहरुमा नयाँ शैक्षिक सत्रको पढाइ शुरु भइसकेको छ । भने कतिपय जिल्लाहरुमा वैशाखको दोस्रो साताबाट नयाँ सत्रको पढाइ शुरु गर्न लागिएको छ। तर, पढाइ शुरु गर्ने समय भैसक्दा पनि देशका विभिन्न भागमा कक्षा ६ देखि १० सम्मको पाठ्य पुस्तक पुगिसकेको छैन।

जनक शिक्षा सामग्री केन्द्रको लापरवाही र अक्षमताले विगत वर्षहरु जस्तै यस वर्ष पनि पाठ्यपुस्तक सामुदायिक विद्यालय तहाका सम्पूर्ण बालिबालिकाले शैक्षिक सत्रको शुरु मै नपाउने निश्चित बनेको छ। विगत वर्षहरुमा कागजको आपूर्तिमा समस्या देखिएको भन्दै पाठ्यपुस्तक समयमै विद्यालयसम्म पु¥याउन नसकेको केन्द्रले यस वर्ष पनि यस्तै केही वहाना बनाएर जिम्मेवारी पूरा नगर्ने संकेत देखाएको छ।

'कक्षा ६ र ७ को पाठ्यपुस्तक अझै देशका विभिन्न ठाउँमा अभाव रहेको सूचना हामीलाई धेरैजसो जिल्लाबाट आएका छन्,' शिक्षा विभागका उपनिर्देशक देविराम अर्यालले भने, 'कक्षा ९ को ऐच्छिक पाठ्य पुस्तक अभाव भएको जानकारी पनि आइरहेको छ।'

यस वर्षका लागि कक्षा ६ देखि १० सम्मको पाठ्यपुस्तक छाप्ने जिम्मा जनक शिक्षा सामग्री केन्द्रले पाएको छ। तर हालसम्म उसले पाठ्यपुस्तक छापेर सबै जिल्लामा पठाइसकेको छैन। 'जनक शिक्षाले अझै करिब ३१ लाख पाठ्यपुस्तक छाप्न बाँकी रहेको जानकारी हामीलाई दिएको छ,' अर्याले भने, 'समयभित्रै आफूले छाप्न नसक्ने पुस्तक निजी मुद्रकहरुलाई कोटेशन माग गरी छाप्न दिएर भए पनि जनक शिक्षाले समयमा नै पाठ्यपुस्तक उपलब्ध गराउने बताएको छ।' वैशाखको दोस्रो सातासम्म पाठ्यपुस्तक छापि सकेको अवस्थामा पनि त्यसलाई विभिन्न जिल्लामा पु¥याउन समय जाल्ने भएकोले यस वर्ष सबै विद्यार्थीले सबै विषयको सेट पाठ्यपुस्तक समयमै पाउने संभव देखिएको छैन।

पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक बाबुराम पौडेलका अनुसार यस वर्ष जनक शिक्षा र अन्य निजी मुद्रकहरु गरी कुल १८ ओटा मुद्रकहरुले पाठ्यपुस्तक छाप्न सूचिकृत भई अनुमति पाएका छन् । जनक शिक्षाले ६ देखि १० सम्मका कुल १ करोड ९७ लाख ४५ हजार ७ सय ९९ थान पुस्तक छाप्नुपर्ने छ। भने अन्य १७ वटा निजी मुद्रकहरुले कक्षा १ देखि ५ सम्मका कुल १ करोड ८३ लाख २८ हजार २ सय ९५ थान पाठ्य पुस्तक छाप्नु पर्ने छ। सबै गरी कक्षा १ देखि १० सम्म यस वर्ष ३ करोड ८० लाख ५४ हजार ९४ थान पाठ्यपुस्तक आवश्यक छ।

कक्षा १ देखि ५ सम्मको पाठ्यपुस्तक भने देशभर पुगिसकेको शिक्षा विभागले जनाएको छ। कर्णाली अञ्चलको हुम्ला, जुम्ला र डोल्पा तथा हिमालका मुस्ताङ र मनाङमा भने फागुनमै नयाँ पाठ्यपुस्तक पुगिसकेको विभागले बताएको छ।

विद्यालय तहको पाठ्यपुस्तक तथा पाठ्य सामग्री उत्पादन गर्ने उद्देश्यले नै स्थापना भएको सरकारी स्वामित्वको जनक शिक्षा प्रत्येक वर्ष नाजुक बन्दै गइरहेको छ। नेपालमा सरकारी स्वामित्वका उद्योग कलकारखाना तथा संस्थानहरु धराशयी हुँदै जाने प्रवृत्ति जनक शिक्षाका सन्दर्भमा पनि लागू भएको छ।

जनक शिक्षाले नै पाठ्यपुस्तक छपाइको आफ्नो जिम्मेवारी पूरा गर्न नसकेको कारण २०६७ सालमा पाठ्यपुस्तक छपाइसम्बन्धी निर्देशिका मार्फत जनक शिक्षाले नसक्ने अवस्थामा निजी मुद्रकहरुलाई पाठ्यपुस्तक छाप्न दिन सकिने प्रावधान शिक्षा मन्त्रालयले ल्याएको थियो।
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
४ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो।

Yetiairlinescontenttopbanner

दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस