राजविराज- पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको कञ्चनरुप नगरपालिका-११ मा मोटरसाइकलको ठक्करबाट एकजना साइकलयात्रीको आज बिहान मृत्यु भएको छ।पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा५४प ६१४३ नंको मोटरसाइकलले सोही दिशातर्फ जाँदै गरेका साइकलयात्रीलाई पछाडिबाट ठक्कर दिँदा सप्तरीको पोर्ताहा-८ का ३५ वर्षीय बिजल सदाको मृत्यु भएको इलाका प्रहरी कार्यालय, कञ्चनपुरले जनाएको छ।
सोही घटनामा परी साइकलको पछाडि सवार पोर्ताहा-८ कै २० वर्षीय देवु सदा घाइते भएका छन्। यस्तै, मोटरसाइकल चालक झापाको शनिश्चरे-३ का २० वर्षीय सुजन लिम्बु र पछाडि सवार सपन मियाँ सामान्य घाइते भएका प्रहरी निरीक्षक गौरव महतले जानकारी दिए। घाइतेको सप्तरीको ठेलियास्थित धर्मेश्वर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। रासस