काठमाडौं– सोमबार सा"झ काठमाडौं हुन्डरीमा रुमल्लिएको थियो । भीषण हावाहुरी, मुलुकको एक्लो महानगरको बेथिति झल्कनेगरी उडेको धुलोको मुस्लो।
घडीले साढे सात बजेको संकेत गर्दै थियो । एउटा क्षणिक प्राकृतिक प्रकोप– हुन्डरीमा रुमल्लिएको थियो काठमाडौं । दुई घन्टापछि त्यो आफैँ पूर्वतिर लाग्यो र काठमाडौं एकाएक शान्त भयो । त्यसो त अशान्तिको संकेत । सोमबार सा"झ आकाशमा देखिएको कलात्मक बादलले त्यसको छनक दिइसकेको थियो ।
हुन्डरी क्षणिक प्रकोप थियो । केहीबेर आयो, गयो । यस्ता हुन्डरी प्रारम्भिक मनसुन सुरु भएपछि हरेक दिनजसो आइरहन्छन् । तर, एक वर्षअघि यही महिनाको १२ गते आमनेपालीले अर्को भयानक विपत्ति सामना गर्नुप¥यो । त्यो हो– ७.६ म्याग्निच्युडको शक्तिशाली भूकम्प । यस्तो भूकम्प विरलै भोग्नुपर्ने तर ठूलो प्रभाव छाड्ने विपत्तिमा पर्छ ।
बारपाक केन्द्रविन्दुको त्यो भूकम्पले गोरखादेखि दोलखा–रामेछापसम्मको १ सय ५० किलोमिटर र उत्तरी सीमादेखि चुरेसम्मको ५० किलोमिटरबीचको जमिन छियाछिया पारिरहेको छ । यसले पारेका घाउका डोब अझै बा"की छन् । शक्तिशाली भूकम्पका अनुकम्प रोकिएका छैनन् ।
भूकम्पको भविष्यवाणी संभव छैन तर तिनको प्रकृति र लेखाजोखाचाहिँ भइरहेकै छन् । एक वर्षमा त्यसको अवस्था कस्तो रह्यो भन्ने जिज्ञासाका साथ पंक्तिकार सोमबार सा"झ लैनचौरस्थित खानी तथा भूभर्ग विभागअन्तर्गत राष्ट्रिय भूकम्पमापन केन्द्र पुग्यो ।
भूकम्पले चर्किएको पुरानो भवन, त्यसैमाथि लोडसेडिङ । अन्धकारबीच दुई कर्मचारी भवनबाहिर उभिएका थिए । अँध्यारो छिचोल्दै पहिलो तलामा रहेको प्रमुखको कोठामा पुग्न हम्मेहम्मे प¥यो । मोबाइलको टर्च बालेर जसोतसो भर्याङ उक्लिएँ । केन्द्र प्रमुख लोकविजय अधिकारी अँध्यारो कोठामा ब्याट्रीको सहारामा कम्प्युटर चलाइरहेका थिए । कम्प्युटर स्क्रिनकै प्रकाशमा काम गरिरहेका थिए ।
'जेनेरेटर भएर के गर्ने, तेल छैन,' उनी भन्दै थिए, 'तेल भए पनि चलाउने मान्छे छैन । हाम्रो त यस्तै छ हेर्नुस् ।' भूकम्पमापन कक्षबाहेक पूरै भवनमा अन्धकार थियो । मापन कक्षका लागि भने सोलार प्रणालीबाट विद्यूत उपलब्ध गराइएको छ ।
पूर्वराष्ट्रपति रामवरण यादवले पढेको सरकारको यस वर्षको नीति तथा कार्यक्रम र पूर्वअर्थमन्त्री रामशरण महतको गत असार २९ गतेको बजेट भाषणमा उल्लेख कुनै पनि प्रतिबद्घता सुनेर हौसिएका यहा"का कर्मचारीमा कुनै उमंग छैन । शक्तिशाली भूकम्पको एक वर्ष पुगे पनि ती प्रतिबद्घता सिंहदरबारबाट लैनचौरसम्म पुगेका छैनन् । महतले केन्द्रलाई आधुनिक प्रविधि र यन्त्र उपकरणले सुसज्जित बनाई भूकम्पसम्बन्धी अध्ययन केन्द्रको रूपमा विकास गर्न आवश्यक बजेट छुट्याएको जानकारी दिएका थिए ।
'वैशाख १२ गतेअघि हामी जस्तो अवस्थामा थियौं, अहिले पनि त्यस्तै हो,' केन्द्रप्रमुख अधिकारीले भने, 'जनशक्तिका हिसाबले हामी अझ कमजोर भएका छौं ।' उनका अनुसार भूकम्पमापन र अध्ययन–अनुसन्धानका लागि आवश्यक कुनै पनि उपकरण थपिएका छैनन् । स्टेसन पनि पहिलेकै अवस्थामा छन् । विदेशीले जडान गरेका अस्थायी स्टेसन पनि एक वर्षभित्र फिर्ता जाँदैछन् ।
'बजेट र नीति तथा कार्यक्रममा के–के भनियो थाहा भएन, केन्द्रका नाममा अहिलेसम्म एक रुपैयाँ आएको छैन । कुनै पनि काम भएको छैन । खाली कर्मचारीले तलब खाने पैसा मात्र आएको छ,' उनले भने । दक्ष जनशक्ति अभावले केन्द्रले एक वर्षयताका तथ्यांकसमेत प्रशोधन गर्न भ्याएको छैन । अहिले प्रमुखसहित केन्द्रमा ६ जना कर्मचारी छन् । उनीहरू चौबिसै घन्टा काम गरिरहेका छन् । 'एक वर्षमा ३० हजारभन्दा बढी साना–ठूला अनुकम्प गएका छन् । काम गर्ने मान्छे नभएर म्याग्निच्युडअनुसार छुट्याउन सकेका छैनौं । ती सबै कम्प्युटरमा त्यत्तिकै छन्,' अधिकारी भन्छन् ।
उनका अनुसार तिनै ६ जनाले देशभर विभिन्न उद्देश्यले स्थापित ५२ केन्द्रका उपकरण मर्मतसम्भार गर्छन् । अध्ययन÷अनुसन्धानमा भाग लिने पनि यिनै कर्मचारी हुन् । अस्थायी रूपमा विदेशीले राखेका केन्द्रको तथ्यांक संकलनलगायत काम पनि यिनैले गर्नुपर्ने बाध्यता छ । प्रशासनिक काममा पनि यिनै कर्मचारी सहभागी हुनुपर्ने बाध्यता छ । 'यस्तो अवस्थामा कसरी सत्यतथ्य र अनुसन्धानमूलक जानकारी दिन सकिन्छ?' अधिकारी प्रश्न गर्छन्, 'कर्मचारीको यो संख्या पनि निकट भविष्यमै कम हुँदैछ ।'
उनका अनुसार ०७२ वैशाख १२ पहिले दैनिक औसत १०÷१५ वटा भूकम्प जान्थे । त्यतिबेला केन्द्रमा १३ कर्मचारी थिए । अहिले दैनिक ३० देखि ४० वटा अनुकम्प गइरहेका छन्् । जनशक्ति मात्र होइन, केन्द्र भवनको अवस्था पनि त्यस्तै छ । नया" भवनमा केन्द्र सार्ने योजना भए पनि विविध कारणले गर्दा त्यो पनि पूरा भएको छैन । वर्षौंपहिले देशका विभिन्न स्थानमा स्थापना गरिएका केन्द्रका उपकरणसमेत पुराना भइसकेका छन् । देशभरका २१ जेट एम ५०० सिंगल कम्पोनेन्ट साइस्मिक स्टेसनलाई अत्याधुनिक बनाउने चुनौती त्यत्तिकै छ ।
'भूकम्पको थप अध्ययन÷अनुसन्धान गर्न यस्ता केन्द्रलाई अपग्रेड नगरी हुँदैन । धेरैभन्दा धेरै किसिमका तथ्यांक र विवरण संकलन गर्न, भूकम्पपछिका भू–गतिविधि जान्न विकसित मुलुकले प्रयोग गरिरहेका पछिल्ला प्रविधि जडान गर्नुपर्छ,' अधिकारीले भने, 'यसतर्फ पनि कुनै काम भएको छैन ।
केन्द्रका अनुसार भूकम्पमापनको काम काठमाडौं र सुर्खेतका केन्द्रबाट हुन्छ । काठमाडौंमा प्युठानदेखि ताप्लेजुङसम्मका १२ वटा स्टेसनबाट तथ्यांक आउँछन् भने सुर्खेतमा रुकुमदेखि बैतडीसम्मका ९ वटा स्टेसनको तथ्यांक पुग्छन् । यिनै तथ्यांकको आधारमा भूकम्पको म्याग्निच्युड, समय र स्थान पत्ता लगाइन्छ । 'साइस्मिक स्टेसनलाई अत्याधुनिक बनाइयो, भूकम्पका अझ धेरै चरित्र र प्रवृत्ति पत्ता लगाउन सकिन्छ,' अधिकारी भन्छन् ।
यसैगरी अर्को महŒवपूर्ण मानिएको एक्सेलेरोमिटर स्टेसन हो । यो नेपालमा सातवटा मात्र छ । 'यो संख्या भनेको अत्यन्त न्यून हो, छैन भन्दा पनि हुन्छ,' उनले भने ।
केन्द्रका अर्का भूकम्पविद मुकुन्द भट्टराईका अनुसार भूकम्प र अनुकम्पपछि सर्वसाधारणले किन कतै धेरै घर भत्किए, कतै कम भनेर व्यापक जिज्ञासा व्यक्त गरिरहेका छन् । 'किन यस्तो भयो भनेर पत्ता लगाउने काम यो स्टेसनले दिने तथ्यांक र विवरणबाट पत्ता लाग्छ,' उनले भने, 'त्यसैले पनि यसको संख्या बढाउन त्यत्तिकै जरुरी छ ।'
भट्टराईका अनुसार यो स्टेसनबाट प्राप्त तथ्यांक भवनसंहितामा पनि काम लाग्छन् । कुन ठाउँको जमिन कसरी हल्लियो र त्यसले त्यसवरपरका संरचनालाई कसरी हल्लायो भन्ने विषयको जानकारी यसले दिन्छ । यिनै तथ्यांकको आधारमा ठाउँविशेष अनुसार भवनसंहिता बनाउन सकिन्छ ।
उनका अनुसार भूकम्प वा अनुकम्प जाँदा घर कुन दिशामा (दायाँबायाँ, तलमाथि) कसरी हल्लियो । कति वेगमा हल्लियो र कतिबेर हल्लियो भन्ने कुराको जानकारी यो स्टेसनबाट प्राप्त हुन्छ । यसबाहेक केन्द्रका २९ वटा जिपिएस स्टेसन छन् । 'यसले भूकम्पले कुन ठाउँ कता सर्यो र जमिनमुनि जम्मा भएको शक्तिबारे जानकारी दिन्छ, यसले दिने तथ्यांक र विवरणले भूकम्पको सम्भावित जोखिमबारे निक्र्योल गर्न वैज्ञानिकलाई सहयोग पुग्छ,' अधिकारी भन्छन् ।
उनी भन्छन्, 'हामी एक वर्षमा कुनै पनि पक्षमा सबल भएनौं । अध्ययन÷अनुसन्धानको बजेट आएन, भौतिक पूर्वाधार थप्ने काम पनि भएन र जनशक्तिको चरम अभाव भयो ।' सरकारको नीति तथा कार्यक्रम र बजेटमा जे कुरा आए, ती व्यवहारमा लागू नै भएनन् ।
'यस्तो अवस्थामा हामीले कस्तो तथ्यांक र विवरण संकलन गर्न सक्छौं र भूकम्पकीय जोखिमबारे सर्वसाधारणलाई सचेत गराउन सक्छौं, तपाईंहरू आफैं बुझनुस्,' अधिकारीले भने, 'एक वर्षमा सरकारको तर्फबाट एउटै स्टेसन थपिएको छैन । पहिला जे थिए, त्यही हो ।' अझ भूकम्पको पूर्वसूचना प्रविधिबारे त केन्द्र बेखबर नै छ ।