भक्तपुरको सूर्यविनायक चोकमा पर्यटक वोक्ने बसले ठक्कर दिंदा बिहीबार एकजना ७२ वर्षीया वृद्धाको मृत्यु भएको छ। अरनिको राजमार्ग अन्तर्गत सल्लाघारीबाट जगातीतर्फ जाँदै गरेको बा. १ प. १५५१ नं. को पर्यटक बोक्ने बसले पैदलयात्री भक्तपुर नगरपालिका वडा नं. १ दुधपाटी बस्ने वर्ष ७२ की दिलमाया श्रेष्ठलाई ठक्कर दिदा श्रेष्ठको उपचारको क्रममा मृत्यु भएको हो।
महानगरीय प्रहरी परिसर भक्तपुरले जनाए अनुसार दुर्घटनापछि गम्भीर घाइते भएकी श्रेष्ठलाई नजिकैको डा.इवामुरा अस्पताल सल्लाघारी लगिएको थियो। उनको उपचारकै क्रममा मृत्यु भएको परिसकार सूचना अधिकृत राजु पाण्डेले बताए।
घटनास्थलमा प्रहरी वृत्त जगातीबाट अनुसन्धान अधिकृतसहितको प्रहरी टोली खटिई गई प्रारम्भिक अनुसन्धान कार्य गरिएको जनाइएको छ। ठक्कर दिने सवारी साधन र चालक सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १ घर भई हाल काठमाडाैं बालाजु बस्ने वर्ष २९ को बिनोद कार्कीलाई वृत्त जगातीको नियन्त्रणमा लिएको जनाइएको छ। घटना सम्वन्धमा थप अनुसन्धान कार्य भइरहेको छ।