धादिङको गजुरी गाउँपालिका वडा नं १ गजुरी बजारमा बसको ठक्करबाट स्कुले विद्यार्थीको मृत्यु भएपछि गजुरी बजार तनावग्रस्त बनेको छ।
काठमाडौँबाट गोरखा जाँदै गरेको ग१ख ४५६५ नंको बसको ठक्करले स्थानीय छ वर्षीय विजय परियारको घटनास्थलमै मृत्यु थियो। जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक राकेश सिंहका अनुसार गजुरीकै आदर्श माविमा अध्ययनरत परियारलाई विद्यालय जाने क्रममा बसले ठक्कर दिएको हो।
घटनापछि स्थानीयले ठक्कर दिने बसमा आगजनी गरेका छन्। सडक अवरुद्ध पारेका छन्। अहिले पृथ्वीराजमार्ग हुँदै गुड्ने सवारी गजुरी आसपासमै रोकिएका छन्। सडक खुलाउन स्थानीय र पीडितका आफन्तहरूसँग छलफल भइरहेको प्रहरीले जनाएको छ। गजुरीमा लाग्ने भीड कम गर्न प्रहरीले राजमार्गका ठाउँ–ठाउँमा सवारी रोकेका छन्।
बसमा लगाएको आगो धुनिबेँसीबाट गएको दमकलले नियन्त्रणमा लिएको छ। आक्रोशित भीडले सडकमा नाराबाजी गरिरहेका छन्। घटनास्थलमा थप भीड बढ्न नदिन प्रहरीले काठमाडौँतर्फको गल्छी बजार र मुग्लिनतर्फको बेनिघाट क्षेत्रमा सवारी रोकेको छ। सयौँ सवारी जाममा परेका छन्। एम्बुलेन्सलाई भने प्रहरीले स्कटिङ गरेर पास गराइरहेको छ।रासस
काभ्रे पाँचखालकी काली मिजार मन भुलाउन कहिले साथीसँगीसँग जंगल जान्छिन्, कहिले घरमै नातिनातिनी हेरेर दिन कटाउँछिन्। यति नगरे उनलाई सात वर्षअघि मारिएका कान्छा छोराको पीडाले घेरिरहन्छ। अन्तरजातीय प्रेम सम्बन्धका कारण मारिएका १८ वर्षीय अजितकी आमा कालीको दैनिकी हो यो। छोरा सम्झिँदा उनको मन थामिँदैन।
अजितकी आमा काली मिजारकाभ्रे पाँचखाल–६, होक्सेका १८ वर्षीय अजितको शव २०७३ असार ३० गते धादिङको गजुरीमा प्रहरीले फेला पारेपछि बेवारिस भन्दै गाडेको थियो। सामाजिक सञ्जालमा मृत छोराको फोटो देखेपछि साउन १ गते राति परिवारका सदस्य गजुरी पुगेका थिए। परिवारले शव मागेपछि प्रहरीले गाडेको शव झिकी साउन २ मा आफन्तलाई बुझाएको थियो। शव पाएपछि परिवारले पोस्टमार्टमका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्तपताल महाराजगन्ज ल्याएका थिए।
अजितको पोस्टमार्टम पनि भयो तर परिवारका सदस्यले छोराको हत्याको भएको दाबी गर्दै हत्यारालाई कानुनको दायरामा नल्याएसम्म शव नबुझ्ने अडान राखे। अजितको शव अहिलेसम्म त्रिवि शिक्षण अस्पतालको शवगृहमा छ। परिवारले हत्यारा पत्ता लगाउन धादिङ जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएका थिए।
किटानी जाहेरीमा अजितको हत्यामा सम्झना पराजुली, टेकबहादुर पराजुली र ध्रुव पराजुली संलग्न भएको दाबी गरिएको छ।
अजितले २०७३ असार २७ गते पाँचखालस्थ्ति सर्वमंगले उच्च माविमा अध्ययनरत पराजुली थरकी युवतीसँग पे्रम विवाह गरेका थिए। विवाहकै दुई दिनपछि २९ गते नवविवाहित जोडीलाई केटी पक्षको उजुरीका आधारमा प्रहरी चौकीमा लगियो। केटी पक्षले उमेर नपुगीकन छोरीलाई भगाएर जबर्जस्ती बिहे गरेको आरोप अजितमाथि लगाएको थियो। त्यसपछि केटीका आफन्तले प्रहरीको रोहबरमा अजितबाट छुटाएर ती युवतीलाई लगेका थिए।
अजितलाई केही समय चौकीमा राखेर छाडियो। अर्को दिन अजितलाई अपरिचित व्यक्तिहरूले फोन गरे। फोनमा अजितलाई केटीसँग भेटाइदिने भनिएको थियो। त्यही फोनका आधारमा अजित केटीलाई भेट्न गए। त्यसपछि बेपत्ता भएका उनको शव असार ३० गते धादिङको गजुरीमा झुन्डिएको अवस्थामा फेला पर्यो।
अजितका पिता हरिभक्त ढकाल मिजारले अन्तरजातीय बिहे गरेकै कारण छोराको हत्या गरिएको दाबी गर्दै आएका छन्। केटीसँग भेटाइदिने भनेर बोलाएका मान्छेले नै छोराको हत्या गरेको उनले बताए।
पुत्रवियोगमा तडपिएकी कालीको स्मरणशक्ति पहिलाजस्तै छैन। एकातिर पुत्रवियोग र अर्कोतिर अजितले न्याय नपाउँदा उनको मन कुँडिँदै गएको छ।
उनको मन समाल्न हरिभक्तले जेठा छोरा दीपेन्द्रको विवाह गरिदिइन्। जेठा छोराका एक छोरी र एक छोरा छन्। ‘आमाकै लागि सानैमा बिहे गरेको हुँ’, दीपेन्द्रल भने, ‘नातिनातिना हेरेर आमाले दिन काट्नुहुन्छ। कहिले मन बहलाउन दिदीबहिनीहरूसित जंगल घाँसदाउरा गर्न पनि जानुहुन्छ।’
नागरिकले कालीलाई फोन गरेर ‘कता हुनुहुन्छ’ भनेर सोध्दा उनले भनिन्, ‘सानी नातिनी छ, उसलाई सेकताप गर्न दाउरा बटुल्न जंगल गएकी छु, हजुर को बोल्नु भयो।’
कुराकानीका क्रममा उनले छोराको पीडाले धेरै कुरा भुल्न थालेको र छोराका हत्यारालाई कारबाही गर्न दिएको मुद्दा पनि कहाँ पुग्यो आफूलाई थाहा नभएको बताइन्। ‘मलाई कसैले केही भन्दैनन्, खै मुद्दा कहाँ पुग्यो कुन्नि ?’ उनले भनिन्।
तर उनी जातीय आधारमा गरिएको हत्या मुद्दामा एक साताअघि जिल्ला अदालत रुकुम पश्चिमले गरेको फैसलाबारे भने जानकार रहिछन्। नवराज विकसहित ६ जनाको हत्यामा २४ जनालाई अदालतले सुनाएको जन्मकैद, कैद र जरिवाना फैसलाको समाचार पटक–पटक मोबाइलमा हेरेको उनले बताइन्।
उनले त्यो बेला समाचार मात्र हेरिनन्, सात वर्षअघि अन्तरजातीय पे्रम विवाह गरेकै कारण मारिएका कान्छा छोरा अजितको मुहार सम्झिन्। उनले भनिन् ,‘हाम्रा पनि गाउँले मिलेर अदालत गएका भए मेरो छोराका हत्यारालाई कैद सजाय हुन्थ्यो होला ?’ आइतबार उनका पति हरिभक्त अजितको मुद्दाको पेसी प्रक्रिया बुझ्न सर्वोच्च अदालत पुगेका थिए।
गत असारमा सर्वोच्चले अदालतले २० दिनभित्र जिल्ला अदालत धादिङबाट अजितको मुद्दासँग सम्बन्धित मिसिल झिकाउन आदेश गरेको थियो। तर मिसिल आइपुगेको रहेनछ। ‘अदालतको फोन नम्बर राखेको छु, मिसिल आएपछि पेसी तोकिन्छ होला,’ हरिभक्तले भने।
जिल्ला अदालत धादिङ, पुनरावेदन अदालत पाटन हुँदै अजितको हत्यासम्बन्धी मुद्दा सर्वोच्च अदालतमा पुगेको हो। ‘न्यायाधीशले राम्रोसित सोचेर निर्णय लिए त न्याय मिल्छ भन्ने लागेको छ।’ सर्वोच्च अदालतबाट पनि न्याय मिलेन भने त कहाँ जाने होला भन्ने चिन्ता उनलाई छ। ‘हाम्रो भनसुन गरिदिने ठुला मान्छे कोही छैनन्, खै के हुन्छ’ उनले भने।
सर्वोच्च अदालतमा अजितका बुबा हरिभक्त मिजारअजितको मुद्दामा बहस गरिरहेका अधिवक्ता मोेहन साशंकरका अनुसार २०७९ सालमा उच्च अदालतल पाटनले आरोपितलाई सफाइ दिएको थियो। त्यसभन्दा अघि जिल्ला अदालत धादिङले पनि आरोपितलाई सफाइ दिएको थियो।
उच्च अदालतको फैसलामा चित्त नबुझेपछि अजित पक्ष गत वैशाखमा सर्वोच्च अदालतमा पुगेको हो।
मुद्दा परेपछि सर्वोच्चले असारमा धादिङ जिल्ला अदालतबाट मिसिल झिकाउन आदेश दिएको थियो। अहिलेसम्म मिसिल नआइपुगेकाले पेसीमा ढिलाइ भएको छ। सर्वोच्चबाट अजितले न्याय पाउने विश्वास साशंकरको छ।
सर्वोच्चको फैसलापछि न्याय मिल्ने विश्वासमा मिजार परिवार छ। न्याय मिलेसँगै छोराको दाहसंस्कार गर्ने सोच बनाएको छ परिवारले। अजितको हत्यापछि मिजार परिवारले घरमा कुनै पुजापाठ लगाएको छैन, चाडपर्व मनाएका छैन।
गत दसैमा पाँच वर्षीय नातिले सोधेको प्रश्नले कालीको मन फेरी थप दुख्यो। नातिले सोधेका थिए, ‘आमा हामीले दसैंमा टीका किन नलगाएको ?’ कालीको मन झन् कुँडियो। ‘अर्को वर्ष लगाउँला नि भनेर नातिलाई भनेकी छु, अर्को वर्षसम्म मेरो छोराले न्याय पाउला कि नपाउला ?’ उनले भनिन्। अजित फर्केर आउँदैनन् भन्ने आमा कालीसँगै परिवारका सबै सदस्यलाई थाहा छ। तर पनि उनीहरू सात वर्षदेखि न्यायको पखाईमा छन्।
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...