गाउँघरमै हराउन थाले दशैंमा पिङ
०९ असोज २०७९
•
३ मिनेट पाठ
गाउँघरमै हराउन थाले दशैंमा पिङ
नेपालीको महानपर्व दशैंमा सोमबारदेखि सुरु हुँदैछ।  सोमबार घटस्थापनासँगै यस वर्षको दसैँ घरघरमा प्रवेश गर्नेछ।  




घटस्थापनाको सङ्घारमा कतिपय देवीदेवताका मन्दिरमा रङरोगन, सरसफाइ चलिरहेको छ। मठमन्दिरसहित घरमा घटस्थापनाका लागि आवश्यकपर्ने पूजा सामग्रीका जोहो गर्न थालिसकिएको छ।  

बजारको चहलपहलले दशैंमा प्रवेश गरिसकेको सङ्केत गर्न लागेको छ। तर, दशैंको पर्यायवाची जस्तै बनेको पिङ भने गाउँघरबाट हराउँदै जान थालेको छ। दशैं प्रवेशको दिन घटस्थापना आइसक्दा पनि गाउँघरमा पिङ राख्ने सुरसार बिरलै देख्न सकिन्छ। ‘पहिले दशैं आउनु एक साताअघि पिङका लिङ्गा खोज्ने, बाँस काट्ने, भेटे बजारमा पाउने लठ्ठा नभए, बाबियो काटी डोरी बाट्ने चटारो हुन्थ्यो’, कावासोतीका स्थानीय विनोद सिग्देलले भने, ‘अहिेले सबै नौलो जस्तो बनेको छ, गाउँघरमा पिङ राख्ने चलन घट्दै गएको छ।’

गाउँघरका चोक, चौर, चौतारामा दशैं लाग्नु अघि नै पिङ राख्ने चहलपलसँगै सबै भेट्ने थलो बन्ने गरेको, बालबालिकामा पिङ खेल्ने उत्साह हुने गरेको उनले स्मरण गरे। ‘कति रमाइलो हुन्थ्यो, पिङ राख्ने भनेपछि टोल छरछिमेक सबै जम्मा हुने गार्थौँ, बाहिरबाट आएका पनि जम्मा हुने बहाना बन्थ्यो, बालबालिकाको उत्साह उस्तै हुन्थ्यो‘, सिग्देलले भने, ‘पिङ मात्रै हराएन, पिङसँगै दसैँको रमाइलो पनि हराए जस्तो लाग्न थाल्यो।’

नेपाली संस्कृति परम्परा अनुसार दशैंमा पिङ राख्ने चलन छ।  अझ गाउँघरमा दशैंको टीकाको दिन एक पटक भए पनि पिङ खेलेर जमिन छाड्नुपर्छ भन्ने विश्वास रहिआएको छ। तर, नेपाली संस्कृति बोकेको पिङ आफैंमा गाउँघरबाट हराउने अवस्थामा पुगेको छ। कावासोतीका रमाकान्त पौडेलले भने, ‘सहरबजारमा त केही वर्ष पहिलेनै पिङ हराउदै गएका थिए, अब गाउँघरमा समेत हराउन थाले, यसले दशैंको उमङ्ग पनि घट्दै गएको छ।’ बजार क्षेत्रमा सार्वजनिक स्थानको कमी, मनोरञ्जनका विभिन्न विकल्प, सामाजिक सञ्जालमा रमाउने जमात बढ्दा दशैंमा पिङ राख्ने विषय गौड बन्दै गएको उनको भनाइ छ।  

‘सहर बजारमा पिङ राख्ने सार्वजनिक खाली ठाउँ पनि पाउन मुस्किल बन्न थाल्यो, त्यसमाथि मान्छे टिभी, युटुब, फेसबुक र टिकटकमा रमाउन थाले,” पौडेलले भने, ‘सहरबजारका मानिसको दैनिकी पनि आफैंमा व्यस्त हुन्छ, कसले पिङका लिङ्गा खोज्नु, कसले लठ्ठा खोज्नु।’

गाउँघरमा भने युवा जनशक्तिको अभावमा पिङ राख्ने चलनमा कमी आएको होकी भन्ने हुप्सेकोटका रामकृष्ण चापागाईंको ठम्याइ छ। ‘रोजगारीको खोजीमा युवा जति कोही सहर पसे, कोही विदेश लागे, गाउँ घर रित्तो जस्तो बनेको छ, पिङ राख्न पनि मेहनत चाहिन्छ, जनशक्ति चाहिन्छ’, चापागाईंले भने, ‘यसैले पहिले जस्तो चहलपहल पनि हरायो, पिङ राख्ने चलन पनि हराउँदै जान थाल्यो।’ फाट्टफुट्ट रुपमा कही कतै पिङ राख्ने गरेको भए पनि पहिलेको भन्दा निक्कै कम भएको चापागाईंले बताए।

पहिले टोल टोलमा राखिने पिङ अहिले सिङ्गो गाउँमा भेट्न मुस्किल हुने गरेको उहाँको भनाइ रहको छ। पहाडी क्षेत्रसँगै गाउँघरमा पहिले पहिले रोटे पिङ राख्ने गरेकोमा यो भने लोपै हुने अवस्थामा पुगेको उनको भनाइ छ।  

दशैं र तिहार जस्ता चाडमा राखिने पिङसँगै मौलिक परम्परा हराउने हो की भन्ने कतिपय सामाजिक अगुवाले चिन्ता व्यक्त गर्ने गरेका छन्। विभिन्न चाडपर्वसँगै जोडिएका परम्परा, संस्कृतिको मौलिकता गुम्न नदिन पर्वसँगै जोडिएका परम्परागत कार्यकोसमेत जगेर्ना गर्दै जानुपर्ने उनीहरुको भनाइ छ। ‘हामीले हाम्रा संस्कृति, परम्पराको मौलिकता जोगाउन, विभिन्न पर्वसँगै जोडिएका परम्परागत कार्यलाई समेत जगेर्ना गर्दै जानुपर्छ, यी सबै हराउन सक्छन्, यसका लागि सबै लाग्नुपर्छ’, कावासोती–१७, का अगुवा युक्तप्रसाद गौडेलले भने।
अर्को समाचार
पर्यटकीय स्थल छिल्लीकोट पुग्ने सडक स्तरवृद्धि हुँदै
२ मिनेट अघि
•
१ मिनेट पाठ
पर्यटकीय स्थल छिल्लीकोट पुग्ने सडक स्तरवृद्धि हुँदै
दाङ। दाङको पर्यटकीय क्षेत्र तुलसीपुर उपमहानगरपालिका वडा नं १९ छिल्लीकोट जोड्ने सडक विस्तार तथा स्तरोन्नति हुने भएको छ।




हाल सोही ठाउँ पुग्ने सडक कच्ची र साँघुरो छ। जसले गर्दा वर्षात्मा हिलाम्मे हुने र अन्य समयमा धुलाम्मे हुन्छ। अहिले पनि आवतजावत गर्न निकै कठिन हुने गरेको स्थानीय प्रविर पुनले बताए। 'यो पर्यटकीय क्षेत्र हो, तर सडक कच्ची छ', उनले भने, 'जसले गर्दा पर्यटकलाई आवतजावत गर्न निकै समस्या हुने गरेको छ।' 

हाल छिल्लीकोट पुग्न दुईवटा सडक छन्। दूधरास–सङ्ग्राम हुँदै छिल्लीकोट पुग्ने सडक र विजौरी–स्यालापानी हुँदै छिल्लीकोट पुग्ने सडक रहेका छन्। तीमध्ये हाल विजौरी–स्यालापानी हुँदै छिल्लीकोट पुग्ने सडकका लागि रु ६९ लाख बजेट विनियोजन भएको छ।

वडाध्यक्ष प्रेमनाथ योगीका अनुसार तुलसीपुर उपमहानगरपालिकाबाट रु २८ लाख र प्रदेश सरकारबाट रु ४१ लाख विनियोजन भएको हो। यो बजेटले सडक कटिङ गर्ने, नाला निर्माण गर्ने कार्य हुनेछ। यो बजेटले कालोपत्र गर्न पुग्दैन होला, अहिले यसमा कटिङ गर्ने र नाला निर्माणमात्रै हुन्छ। पर्यटकीयस्थल भएकाले यहाँको सडक कालोपत्र गर्न अपरिहार्य रहेको अध्यक्ष योगीको भनाइ छ। 

हाल त्यहाँ पुग्ने पर्यटकले निकै सास्ती खेप्नुपरेको छ। दूधरास हुँदै छिल्लीकोट पुग्ने सडक यहाँको सोनापुर सिमेन्टले खोलेको सडक हो। जुन सडकमा उद्योगका चुनढुङ्गा बोकेका ट्रक नियमित आवतजावत गरिरहन्छन्। जसले गर्दा निकै सास्ती हुने गरेको छ। 

त्यस्तै विजौरी–स्यालापानी हुँदै छिल्लीकोट पुग्ने सडक एकदमै उकालो र साँघुरो छ। सो सडकमा दुईवटा गाडी क्रस हुनसमेत समस्या हुने गरेको छ। जसले गर्दा पर्यटकलाई निकै समस्या हुने गरेको छ। 'छिल्लीकोट जाँदा सडक एकदमै समस्या रहेछ, धुलैधुलो हुने अवस्था छ', आन्तरिक पर्यटक रेशम खत्रीले भने, 'सडक विस्तार भएमा सहज हुने थियो।'

अहिले त्यहाँ पुग्न खोज्दा पनि सास्ती व्यहोर्नुपरेको उनको अनुभव छ। तर, अहिले बजेट परेपछि स्थानीय भने खुसी छन्। सडकले विजौरी–स्यालापानी सडक स्तरवृद्धि भएमा केही सहज हुने अपेक्षा गरिएको स्थानीय प्रविर पुनले बताए।

छिल्लीकोट ऐतिहासिक, धार्मिक र पर्यटकीय हिसाबले परिचित ठाउँ हो।  बाइसे–चौबिसे राज्यकालमा राजा मेघनाथ शाहले राज्य गरेको प्राचीन दरबारका भग्नावशेष अवलोकन गर्न सकिन्छ। धार्मिक दृष्टिले प्रसिद्ध कालिका र मालिका देवीको मन्दिरमा दर्शन तथा पूजाआजा गर्न सकिन्छ।  

त्यस्तै, पर्यटकीय आकर्षणका रूपमा समुद्री सतहदेखि करिब एक हजार ४२० मिटरको उचाइमा अवस्थित रहेको छ। जहाँबाट दाङ उपत्यका र उत्तरतर्फका हिमशृङ्खलाको दृश्यावलोकन गर्न सकिन्छ। जहाँ अहिले जीपलाइनसमेत निर्माण भएको छ तर, सञ्चालनमा भने आएको छैन। त्यहाँ होमस्टेसमेत सञ्चालनमा छन्। व्यावसायिक लगानी पनि बढिरहेको छ। यसलाई पर्यटकीय रूपमा विकास गर्न सकेमा यहाँको आर्थिक आम्दानी पनि बढ्ने भएकाले चासोका साथ हेरिएको छ। रासस
पर्यटकीय स्थल छिल्लीकोट पुग्ने सडक स्तरवृद्धि हुँदै
समाज
Clock २ मिनेट अघि | १ मिनेट पाठ
पर्यटकीय स्थल छिल्लीकोट पुग्ने सडक स्तरवृद्धि हुँदै
दाङको पर्यटकीय क्षेत्र तुलसीपुर उपमहानगरपालिका वडा नं १९ छिल्लीकोट जोड्ने सडक विस्तार तथा स्तरोन्नति हुने भएको छ।
Whatsapp
डिपिआर सर्भे भएको चार वर्ष बित्दा पनि बनेन कोरला नाकाका पूर्वाधार
अर्थ
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
डिपिआर सर्भे भएको चार वर्ष बित्दा पनि बनेन कोरला नाकाका पूर्वाधार
नेपाल–चीन उत्तरी कोरलानाकामा भौतिक पूर्वाधार निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको चार वर्ष बितिसक्दासमेत निर्माण कार्य स...
Whatsapp
पोखरामा दाइँ महोत्सव: धान चुटेर र गोरु धपाएर रमाए विदेशी पर्यटक
समाज
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
पोखरामा दाइँ महोत्सव: धान चुटेर र गोरु धपाएर रमाए विदेशी पर्यटक
धान काटेर खाली भएको खेतमा कोही कुन्यूँबाट धान निकालेर चुट्न व्यस्त थिए भने कोही गोरु नारेर दाइँ गरिरहेका थिए। महिलाहरू गुन्द्री बुन्न प्रयोग हुने पराल...
Whatsapp
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
बजार
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।
Whatsapp
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
यो पनि पढौँ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस