मोरङमा छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु
१४ असोज २०७९
•
२ मिनेट पाठ
मोरङमा छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु
मोरङको सुनबर्षी र उर्लाबारीमा भएका छुट्टा–छुट्टै घटनामा २ जना पुरुषको मृत्यु भएको छ।




सुनबर्षी नगरपालिका–४ बटरबारीका ३२ वर्षीय अशोककुमार यादव घर नजिकै शुक्रबार बिहान मृत अवस्थामा फेला परेका छन्। घरदेखि करिब २ किलोमिटर पूर्वमा मृत अवस्था यादवको शव शुक्रबार बिहान फेला परेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए।

धामी झाँक्रीको काम गर्दै आएका यादव बिहीबार साँझमा पनि धामीकै काम गर्न भनी घरबाट हिँडेका थिए। घरबाट बिहीबार साँझमा धामी झाँक्रीको काम गर्न भनी हिँडेका यादवलाई मृत अवस्था शुक्रबार स्थानीयले देखेर खबर गरेको बताउँदै, डिएसपी श्रेष्ठले भने, ‘घटनाको जानकारी प्राप्त हुनसाथ जिल्ला र इप्रका रंगेलीको संयुक्त टोलीले अनुसन्धान थालेको छ। घटना शंकास्पद देखिएकाले अनुसन्धानका लागि धरानबाट तालिम प्राप्त कुकुरसहितको टोलीले अनुसन्धान थालिसकेको छ।’

घरदेखि पूर्व रंगेली जाने भित्री सडक खण्डको बटरबारीमा रोकेर राखेको यादवको प्र.नं.१–०२–०४४ प ३२६१ नम्बरको भेटिएको छ। मोटरसाइकल राखेको स्थानदेखि करिब १२ मिटर दक्षिण बाटोमा कोल्टे परेको अवस्थामा शव फेला परेको थियो। मृतकको पेटमा चोट पटक देखिएको हुँदा घटना थप शंकास्पदा देखिएकाले अनुसन्धान सहज पार्न धरानबाट तालिम प्राप्त कुकर ल्याएर अनुसन्धान थालेको डिएसपी श्रेष्ठले बताए।

यादवकी श्रीमती र एक छोरी रहेकी छन्। त्यसैगरी, मोरङको उर्लाबारी नगरपालिका–१ मा बिहीबार कटहरी गाउँपालिका–२ घर भएका ३५ वर्षीय उद्धव परियारको मृत्यु भएको छ। ट्याङकी वेल्डिङ गर्ने क्रममा करेन्ट लागी घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

आसिस समी नारायण साह जेबी कन्ट्रक्सनले निर्माण गर्दै गरेको उर्लाबारी सामुदायिक खानेपानीको पानी ट्याङ्की वेल्डिङ गर्ने क्रममा करेन्ट लाग्दा परियारको घटना स्थलमा नै मृत्यु भएको हो। इलाका प्रहरी कार्यालय उर्लाबारीबाट घटनाको अनुसन्धान थालेको प्रहरीले जनाएको छ।
अर्को समाचार
मोरङमा छुट्टाछुट्टै घटनामा ३ जनाको मृत्यु
०३ फागुन २०७९
•
२ मिनेट पाठ
मोरङमा छुट्टाछुट्टै घटनामा ३ जनाको मृत्यु
मोरङको छुट्टाछुट्टै स्थानमा भएकाे घटनामा तीन जना पुरुषको मृत्यु भएको छ। एक जनाको ट्याक्टरले किचेर मृत्यु भएको छ भने दुई जना अलग अलग स्थानमा मृत अवस्थामा फेला परेका छन्।




गुडिरहेको ट्याक्टरबाट लडेर किच्दा मोरङ लेटाङ नगरपालिका–३ घर भएका सह–चालकको मृत्यु भएको हो। लेटाङ–३ मा बुधवार दिउँसो ट्याक्टरबाट लड्दा आफ्नै ट्याक्टरको चक्काले किचेर सोही ठाउँका अन्दाजी १६ वर्षीय सह–चालक मिलन राईको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले जनाएको छ। को २ त ३०९९ नम्बरको ट्याक्टरबाट लड्दा सोही ट्याक्टरले किचेर सह–चालक राईको मृत्यु भएको मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक राजकुमार कार्कीले जानकारी दिए।

भित्री सडक खण्ड हुँदै पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ट्याक्टरबाट लडेका राईको टाउको र मुखमा चक्काले किचेर घाइते भएका थिए। उनलाई उपचारका लागि विराटनगरस्थित कोसी अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटना भएपछि चालक ट्याक्टर छाडेर फरार भएका छन् भने ट्याक्टरलाई इलाका प्रहरी कार्यालय लेटाङले नियन्त्रणमा लिएर फरार चालकको खोजी गरिरहेको प्रहरीले जनाएको छ।

त्यस्तै, बेलबारी नगरपालिका–३ स्थित पशु हटियामा अन्दाजी ७० वर्षीय वृद्ध बुधवार दिउँसो ३ बजेतिर मृत फेला परेको मोरङ प्रहरीले जनाएको छ। सुतिरहेको अवस्थामा मृत फेला परेका वृद्धको पहिचान खुल्न नसकेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी टीकाबहादुर कार्कीले जानकारी दिए।

त्यसै गरी, सुन्दरहरैँचा नगरपालिका–५ स्थित हसिना खोलाको बाँधको पानीमा डुबेको अवस्थामा अन्दाजी ३६ वर्षीय पुरुष मंगलबार राति साढे ९ बजेतिर मृत फेला परेका हुन्। डिएसपी कार्कीका अनुसार बाँधको पानीभित्र उत्तानो परी शरीरको आधार भाग डुबेको अवस्थाको शव फेला परेको थियो।

धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोष्टमार्टमका लागि पुरुषको शव पठाइएको र घटनाको थप अनुसन्धान थालेको प्रहरीले जनाएको छ।
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ५८ सेकेन्ड अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ४ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock २० मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस