डडेल्धुरा-जिल्लाको भित्रि मधेस क्षेत्र परशुराम नगरपालिका–७ घुम्टीगडाबाट चितुवाको दुई थान छाला र हड्डी सहित दुई जना पक्राउ परेका छन्।नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो र इलाका प्रहरी कार्यालय जोगबुडाको संयुक्त प्रहरी टोलीले परशुराम नगरपालिका–१२ मा खानतलासी गर्दा परशुराम नगरपालिका–७ घुम्टीगडा बस्ने अन्दाजी बर्ष ३५ को जयबहादुर बोहरा र बर्ष २५ को मानबहादुर महता चितुवाको छाला र हड्डी सहित दुई पक्राउ परेको इलाका प्रहरी कार्यालय जोगबुडाले जनाएको छ।
प्रहरीका अनुसार अभियुक्त दुबैजनासँग चितुवाको छाला दुई थान सहित ८ केजी ७ सय ग्राम हड्डी बरामद गरिएको छ। चितुवाको छाला ठूलो लम्बाई सात फिट, चौडाइ दुई फिट, दुई इञ्च र सानो – लम्बाइ ६ फिट चार इन्च, चौडाइ एक फिट १० इञ्च रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जानकारी गराएको छ।
पक्राउ परेका दुबैजनालाई वन ऐन अनुसार आबश्यक कानूनी कारवाहीका लागि इलाका वन कार्यालय जोगबुडाको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरिक्षक विपिन कर्माचार्यले जानकारी दिए। इलाका प्रहरी कार्यालय जोगबुडाका अनुसार अभियुक्त दुबैजनाले कञ्चनपुर जिल्लाको खल्ला मछ्छेट्टी वन क्षेत्रबाट चितुवाको छाला र हड्डी खरिद गरेर ल्याएको स्वीकारेका छन्।
चरेश तस्करीका लागि समेत मुख्य नाका मानिने डडेल्धुराको भित्रिमधेस क्षेत्रमा लामो समय देखि बाघ र चितुवाको छाला तथा ओखेटोपार तस्करी हुने गरेको स्थानीय बताउछन्।