दशैँको मौका छोपी बारा, पर्सामा रहेका तस्करहरुको लागि मधेश प्रदेशमा रहेको सशस्त्र प्रहरी बल नेपालका डिआईजीले लाईन खुल्ला गरेका छन्।
बारा, पर्सामा रहेका छोटा र ठुलो नाकाहरुबाट लाईन दिएर तस्करहरु महिनवारी रकम समते मधेश प्रदेशमा रहेको सशस्त्र प्रहरी बल नेपाल, छिनमस्त बाहिनीका बाहिनिपति गणेश ठाडामगरले असुल्न सफल बनेका छन्। तस्करको नामले प्रसिद्ध रहेका मदन रुमचे भन्ने मदन गुप्ता ,हरदेव यादव, हरेन्द्र पटेल , सरोज श्रीवास्तव , बाबुलाल , मुनचुन, जाटाधारी , सकिला मियाँ, मनोज पटेल, मुन्ना साह, किशोर साह लगाएत तस्करहरुसँग आफै र घुमुवाहरु मार्फत महिनवारी बुझेर लाईन दिएको तस्करहरुले भन्दै हिडेका छन्।
पथलैयामै रहेको सम्पर्क कार्यालयमै डिआईजी ठाडामगरले बोलाएर हामीसँग दशैमा तस्करी गर्न दिनको लागि महिनवारी रकम लिएर गएका वीरगन्जको ईनर्वा र बाराको मुसहर्वा नाकाबाट तस्करीको लाईन पाएका एक तस्करले बताए।
डिआईजीबाट नै तस्करहरुको लागि लाईन खुल्ला गरिए पछि तस्करी रोक्न समस्या भएको एक बिओपीका ईन्चार्ज सशस्त्र प्रहरी निरिक्षकले गुनासाे गरेका छन्।
सशस्त्र प्रहरी बलका डिआईजी गणेश ठाडामगरले सशस्त्र प्रहरी हवाल्दार अशोक साह, बशिष्ट पटेल , सहायक हवल्दार सुदर्शन बैठा र इमाम आलमलाई तस्कर र व्यपारीहरुबाट आर्थिक संकलन गराई रहेको सार्वजनिक भए पछि सशस्त्र प्रहरी बल नेपालले घुमुवाहरुलाई बाहिनीमा राख्न निर्देशन गरेको थियो।
घुमुवाहरुलाई बाहिनीमा राख्न निर्देशन आए पनि छिनमस्त बाहिनीका बाहिनिपति गणेश ठाडामगरले उनीहरुलाई बाहिनीमा नराखेर बारा, पर्सामा आर्थिक संकलन गर्न कार्यमा नै अहिले पनि खटाएका सशस्त्र प्रहरीका अधिकारीहरुले बताएका छन्।
सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक पुरुषोक्तम थापाले छिनमस्त बाहिनीको नाममा घुमुवाहरु परिचालन गरेर आर्थिक संकलन गराएको सार्वजनिक भए पछि आन्तरिक छानबिन शुरु गरिएको बताएका छन्।
छानबिनमा रहेका सशस्त्र प्रहरी बलका सदस्यहरु बाहिनी वा गणमै राख्नु पर्ने निर्देशन हुने गरे पनि हेडक्वाटरको निर्देशनलाई डिआईजी ठाडामगरले ठाडो उल्लंखन गरेर उनीहरुलाई अहिले पनि बारा, पर्सामा आर्थिक संकलन गर्ने कार्यमै खटाए संगठन भन्दा बलियो गरेको संदेश दिएका देखिएको छ।
छिनमस्त बाहिनीका प्रवक्ताका जिम्मेवारीमा रहेका सशस्त्र प्रहरी उपरीक्षक रमेश कुमार पाण्डेले गणेश ठाडामगरले आर्थिक संकलन गर्न कार्यमा खटेका घुमुवाहरु सशस्त्र प्रहरी हवाल्दार अशोक साह, बशिष्ट पटेल , सहायक हवल्दार सुदर्शन बैठा र इमाम आलम बाहिनीमा नतानिएको बताए।
पहिला डिआईजी ठाडामगरले पर्सामा राखेका घुमुवाहरु बशिष्ट पटेल , सुदर्शन बैठाले तस्कर र व्यपारीहरुबाट रकम असुल्ने गरेको भेटिए पछि उनीहरुलाई सशस्त्र प्रहरीको हेड क्वाटरले कारवाही गरेर तानेको थियो।
यिनीहरु हेडक्वाटर तानिए पछि डिआईजी ठाडामगरले बर्दिवासमा रहेको बाहिनीमा लगेका थिए। बाहिनीमा लगेका यिनीहरुको दरबन्दी कलैयामा रहेको १२ नम्बर गणमा कायम गरेर पुनः आर्थिक संकलन गराउनको लागि बारा र पर्सामा खटाइएको छ।
घुमुवामा बदनाम भएका पटेल र बैठालाई अहिले डिआईजी ठाडामगरले अर्का सशस्त्र प्रहरी हवाल्दार अशोक साह र इमाम आलमसँगै आर्थिक संकलनमा खटाएका १२ नम्बर गणका एक सशस्त्र प्रहरी निरिक्षकले बताए।
डिआईजी ठाडामगरले खटाएका घुमुवाहरु मार्फमा १२ नम्बर गणका गणपति राजेन्द्र थापाले समेत आफनो लागि पनि रकम असुली गराउँदै आएका छन्।
सशस्त्र प्रहरी बलका महानिरिक्षक राजु अर्यालले कुनै पनि बाहिनीपति र गणपतिले सदा पोशाकमा घुमुवा खटाउन नपाईने निर्दैशन दिदै आए पनि आईजिपीको निर्दैशनलाई डिआईजी ठाडामगरले ठाडो चुनौती दिदै आएका छन्।
डिआईजी ठाडामगरको लागि व्यपारी र तस्करहरुसँग रकम उठाएको आरोपमा सशस्त्र प्रहरीको हेड क्वाटरले यी घुमुवाहरुलाई पटक पटक ताने पनि पुनः बारा , पर्सामै पठाए पछि यिनीहरुको मनोबल बढदै गएको बताइएको छ।
मधेश प्रदेशको बारा, पर्सा जिल्लामा सदा पोशाकमा घुमुवाहरु परिचाल गरेर आर्थिक संकलन गराइएको पटक पटक सार्वजनिक हुँदै आए पनि तस्कर र व्यापरीहरुबाट हाकिमहरुको लागि संकलन गर्ने रकमकै कारण यी घुमुवाहरुले कारवाहीबाट बच्दै आएका छन्।
डिआईजी ठाडामगरको घुमुवाहरुको काण्डै काण्ड
गत जेठमा बारा जिल्ला अदालतले सशस्त्र प्रहरीको छिन्नमस्त बाहिनीबाट खटेका घुमुवा अशोक साह लगाएत चारजना विरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।
ईलाका प्रहरी कार्यालय सिम्रौनगढको माग बमोजिम सशस्त्र प्रहरी वरिष्ठ हवलदार अशोक साह लगाएत विरुद्ध पक्राउ पुर्जी जारी गरिएको अदालतका श्रेस्तेदार नवराज जोशीले बताएका थिए ।
बैशाख २३ गते सिम्रौनगढ नगरपालिका–१० मा भारतीय मोटरसाइकलमा सवार रहेको अवस्थामा भारतको पुर्वी चम्पारणको लौखानका पप्पु कुमार यादव र अखिलेश कुमार सिंहलाई दुई थान पेस्तोल र चार राउन्ड गोली सहित सशस्त्रका घुमुवाहरुले पक्राउ गरि नेपाल प्रहरीलाई बुझाएका थिए।
पक्राउ परेका यादव र सिँहबाट बरामत गरिएको बन्दुर र गोली सशस्त्रकै घुमुवाहरुले भारतीय नागरिक लालबाबु कुश्वाहालाई दिएको पैसाबाट खरिद गरिएको र पक्राउ परेका सिँह र यादव भरिया मात्रै भएको अनुसन्धानबाट खुल्न आए पछि प्रहरीले उनीहरु माथि पनि अनुसन्धान शुरु गरेको बाराका प्रहरी प्रवक्ता राजेश थापाले बताएका थिए।
नेपाल प्रहरीको अनुसन्धानबाट सशस्त्रका घुमुवाहरुले नै हतियार खरिद गराई पक्राउ परेकाहरुलाई प्रयोग गरेर ती हतियार नेपाल भित्रियाइएको अनुसन्धानबाट खुले पनि यस घटनाले नेपाल प्रहरी र सशस्त्र प्रहरी बल बिच नै द्धन्द्ध निम्त्याउने अवस्था देखेर नै पछि जिल्ला सरकारी वकिल कार्यालयबाट ती घुमुवाहरुको नाम हटाउन लगाइएको थियो।
डिआईजी गणेश ठाडा मगरले आफना घुमुवाहरुलाई हतियार काण्डबाट बचाउनको लागि नेपाली काँग्रेसका केही नेताहरुलाई प्रयोग गरेर गृहमन्त्री बालकृष्ण खाँड सम्क्ष पुगी नेपाल प्रहरीको महानिरीक्षक धिरजप्रताब सिँह र महान्याधिवक्तालाई भन्न लगाएर थिए।