यात्रुलाई बसपार्कमा सास्ती
१७ असोज २०७९
•
२ मिनेट पाठ
यात्रुलाई बसपार्कमा सास्ती
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरबाट पहाडी र हिमाली जिल्लामा जाने यात्रुले हैरानी खेप्नुपरेको छ। सुर्खेत बसपार्कको काउन्टरमा कार्यरत कर्मचारी र सवारीसाधनका चालकको मनोमानीले यात्रुको बिचल्ली भइरहेको छ। 




दसैँ मनाउन वीरेन्द्रनगरबाट बाहिरिने यात्रुमाथि काउन्टरवाला र चालकले धम्कीपूर्ण व्यवहार गर्ने गरेका छन्। सुर्खेत बसपार्कमा उनीहरूले एउटै सिटको दुईदेखि तीन पटकसम्म टिकट काट्नेदेखि सिट क्षमताभन्दा बढी यात्रु गाडीमा कोच्दै पठाउने गरेका छन्। यातायातलाई व्यवस्थित गर्न खटिइएका ट्राफिक प्रहरी र नेपाल प्रहरीले पनि त्यसप्रति वेवास्ता गर्ने गरेको पाइएको छ। टिकटमा तोकिएको समयमा सवारीसाधन नछुट्दा खाना, पानी पनि खान नपाइएको गुनासो यात्रुहरुले गरेका छन्। जुम्लाका दिलबहादुर बुढा आज बिहानै गाडी छुट्ने भनेर बसपार्क आए तर समयमै गाडी नछुट्दा समस्यामा परे। उनले गाडी छुट्ने डरले अहिलेसम्म खाना खान पाएका छैनन्। छोरालाई लिएर दसैँ मनाउन गाउँ फर्कन थालेका उनले टिकट आइतबार नै लिएका हुन्। “यात्रुको विचल्ली भएको छ”, उनले भने। 

अघिल्लो दिन नै घर फर्कन टिकट काटेका यात्रुको बसपार्कमा विचल्ली भएको छ। सरोकारवाला निकाय भने बेखबर छ। यात्रुको अत्यधिक चाप र गन्तव्यमा पुग्नुपर्ने बाध्यताका कारण यातायात व्यवस्था सुरक्षित हुन सकेको छैन। ट्राफिक नियम अनुसार सिटभन्दा बढी गाडीमा मान्छे नबोक्ने भनिए पनि प्रहरीकै अगाडि सवारीले क्षमता भन्दा दोब्बर मान्छे बोक्दा प्रहरी मुकदर्शक बनेको छ। यात्रुको चाप बढेकाले समस्या भइरहेको यातायात व्यवसायीहरु बताउँछन्। काँक्रेबिहार यातायात प्रालिका अध्यक्ष रमेश सापकोटा यात्रुको चाप बढेकाले समस्या भइरहेको बताए। उनले भने, “दसैँको समयमा यात्रुलाई उभिएर नै भए पनि गन्तव्यमा पुर्‍याउनुपर्ने बाध्यता छ, जोखिम पनि उत्तिकै छ,” उनले भने। प्रदेश ट्राफिक कार्यालयका प्रहरी नायब उपरीक्षक भीम खड्का बसपार्कलाई व्यवस्थित गर्न थप जनशक्ति खटाइने बताउछन्। सिट क्षमताभन्दा बढी यात्रु बोक्नु ट्राफिक नियम विपरीत भएकाले त्यसलाई रोक्न बसपार्कमा कार्यरत प्रहरीलाई निर्देशन दिइएको उन बताए। 

दसैँ सुरु भएसँगै हालसम्म वीरेन्द्रनगरबाट चार लाख बढी नागरिक बाहिरिएको यातायात व्यवसायीले बताएका छन्। दैनिक सरदर छ हजार यात्रु गन्तव्यतर्फ गइरहेका छन्।
अर्को समाचार
पोखरा बसपार्कमा यात्रुलाई सास्ती, झोला तान्नेदेखि गाडी स्कर्टिङसम्म
१९ असार २०८०
•
४ मिनेट पाठ
पोखरा बसपार्कमा यात्रुलाई सास्ती, झोला तान्नेदेखि गाडी स्कर्टिङसम्म
पृथ्वी होटल व्यवसायी समितिले आयोजना गरेको वृहत अन्र्तक्रियामा सहभागिहरु। तस्बिर: सन्देश/नागरिक
पोखराको पृथ्वीचोक पोखरा आउने पर्यटकको मुख्य प्रवेशद्वार हो। चाहे सडक मार्गबाट आउने होस् वा हवाई मार्गबाट आउने, जोकोहि यहि चोकबाट पोखराको कोरसिटी प्रवेश गर्नुको विकल्प छैन। सडक मार्गबाट आउनेहरुको त झन् पृथ्वीचोक बसपार्क अन्तिम विन्दु हो। अनिमात्र उनीहरु आ–आफ्नो गन्तव्यतर्फ लाग्छन्।




तर यो बसपार्क व्यवस्थित नबन्दा यहाँ आउने पर्यटकले हैरानी खेप्नुपरेको छ। यतिसम्म कि अव्यवस्थित बसपार्क हुँदा गाडीले बाटोमै ओराल्ने मात्र होइन, ओर्लिएका पर्यटकलाई होटल व्यवसायी र उनीहरुद्वारा परिचालित ट्याक्सी चालकहरुले झोला तान्नेदेखि पर्यटकलाई धकेलाधकेलसम्म गर्छन् भनेर स्वयम् सरोकारवालाहरुले बताएका छन्। त्यतिमात्र कहाँ हो र? बसपार्क लागूऔषध दुव्र्यसनीको जक्सनसमेत बनेको उनीहरुको आरोप छ।

पृथ्वी होटल व्यवसायी समिति पोखराले सोमबार पोखरामा आयोजना गरेको बृहद अन्र्तक्रिया कार्यममा बोल्ने वक्ताहरुले होटल व्यवसायी र ट्याक्सी चालकको व्यवहार लज्जास्पद भएको बताए। हुँदाहुँदा पहिल्यै पोखरा आएर बसेका एक पुरुष पर्यटकले श्रीमतीलाई आफू बसेको होटलमा बोलाएको तर बसपार्कमा भएको तानातानमा परेर उनी अर्कै होटलमा पु¥याइएको घटनासमेत बाहिर आयो।

एउटा पर्यटकलाई तीन तिरबाट तान्दा बसपार्कको मात्रै नभई समग्र पोखराको बेईज्जत भएको पोखरा बसपार्क टोल विकास संस्थाका अध्यक्ष केशवबहादुर थापा बताउँछन्। 'बसपार्क भित्र यात्रु चढाउने र झार्ने गरिर्दैन। बाटोमा उत्रिएको यात्रुलाई तीन तिरबाट तान्दा पोखराकै बेईज्जत भयो।’ उनले ट्याक्सीले कमिसन खाएर बसपार्कमा उत्रिएका पर्यटकलाई जबरजस्ती लेकसाईड पु¥याउने गरेकोपनि आरोप लगाए।

स्थानीय थकालीले सडकमा रोक्ने, त्यहिं यात्रु तान्ने छिनाझम्टीले बसपार्क रमिता स्थल भएको टिप्पणी गरे। 'बसपार्कबाटै यात्रुलाई चढाउने र झार्ने गरियो भनेमात्र यस्तो प्रवृत्ति रोकिएला’ उनले भने।

स्थानीय होटल व्यवसायी अरुण पाण्डेले ट्याक्सीको मनोमानीले यात्रु ठगिने गरेको बताए। त्यसमाथि कमिसनको चक्करमा ट्याक्सी चालकले यात्रुको ईच्छाविपरित लेकसाईड लैजाने गरेको उनको आरोप छ।

पृथ्वी होटल व्यवसायी समितिका उपाध्यक्ष अमृत घिमिरे तानातानले यात्रुले हैरानी खेप्नुपरेको बताउँछन्। उनी भन्छन्,'यस्तो कृयाकलाप नियन्त्रण नगरे पोखराप्रति नै वितृष्णा जाग्छ।’

लेकसाईडका केहि होटलहरुले अमरसिंहचोकबाटै गाडीलाई स्कर्टिङ गरेर यात्रुलाई झर्न नदिई लेकसाईड लैजाने गरेको अर्का व्यवसायी ईन्द्र मगर बताउँछन्। 'यो त अति भो! यो विकृति रोक्ने हो भने रोक्नुस्, होईन भने हामी आफै लखेट्छौं’ उनले भने।

अर्का व्यवसायी प्रल्हाद मरासिनी बसपार्क सुधार्न अर्को बालेन चाहिएको बताउँछन्। 'यहाँको स्थानिय सरकार र छाता संस्था उद्योग वाणिज्य संघ त निदाएको छ, केहि थाहा पाउँदैन’ उनले भने।

लेकसाईडका होटलहरुको साझा संस्था होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले स्कर्टिङ गर्ने र तानातान गर्नेलाई आफूहरुले संरक्षण नगर्ने बताए। 'त्यस्तालाई कारवाही गर्नूस् सुरक्षाकर्मी साथीहरु, हामी त्यस्ताको संरक्षणमा लाग्दैनौं। भोलि पक्रेर लैजाँदा छुटाईदिनूस् भनेर प्रहरी कार्यालयमा मचाहिं आउँदिन’ उनले भने।

उठेका विषयको जवाफ दिदै पोखरा–९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले बेथिती अन्त्यका लागि वडा गम्भीर रहेको बताए। तर त्यसका लागि स्वयम् व्यवसायी र स्थानिय सुध्रिनुपर्ने उनको भनाइ छ। 'एउटा संयन्त्र बनाएर एक्सनमा गयौं भने यो सबै नियन्त्रण गर्न सक्छौं’ उनले भने। बसपार्क पोखराको शान भएकाले यसलाई विकृतिमुक्त बनाउनु सबैको दायित्व भएको उनको भनाइ थियो।

वडा प्रहरी कार्यालय बैदामका प्रमुख प्रहरी नायव उपरीक्षक बेदप्रसाद जोशीले विकृति अन्त्यका लागि व्यवसायी आफैले 'मःमः’ भन्नुपर्ने बताए । उनले भने,'हामीसँग नियम कानूनको खाँचो छैन, खाँचो छ त केवल ईच्छाशक्तिको मात्र।’

जिल्ला ट्राफिक कार्यालय कास्कीका बरिष्ठ प्रहरी नायव निरीक्षक शिवप्रसाद पाठकले व्यवसायी लोभी हुँदा बसपार्कमा विकृति मौलाएको टिप्पणी गरे। 'एक जना भएपनि बढी यात्रु लैजान्छु भनेर बसपार्कमा रोक्नुपर्ने गाडी मूल बाटोमै रोकिन्छ। अनि आफ्नो गन्तव्यमा गएका यात्रुलाई व्यवसायी र ट्याक्सी चालकले तानातान गरिन्छ’ उनले भने ।

पृथ्वी होटल व्यवसायी समितिका अध्यक्ष बालकृष्ण निउरे, निवर्तमान अध्यक्ष हरिप्रसाद पाण्डे र पूर्व अध्यक्ष कमलप्रसाद न्यौपाने, महासचिव महेशबाबु ज्ञवालीलगायतले बसपार्क क्षेत्रमा देखिएको विकृति रोक्न समितिले पहलकदमी लिइएको बताए। 'यसको अन्त्य जरुरी छ। यसका लागि हामी सबैले आवाज उठाऔं र हातेमालोपनि गरौं’ उनीहरुले भने।
धार्मिक पर्यटकीय क्षेत्र बन्दै हडियाबाबा आश्रम
धर्म/संस्कृति
Clock ५६ सेकेन्ड अघि | १ मिनेट पाठ
धार्मिक पर्यटकीय क्षेत्र बन्दै हडियाबाबा आश्रम
नेपालगञ्ज उपमहानगरपालिका–६ फुल्टेक्रास्थित श्री १००८ हडियाबाबा आश्रमलाई यस क्षेत्रको धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गरिएको छ।
Whatsapp
सीमा सुरक्षा र अपराध नियन्त्रण गर्न स्थानीयसँग सहकार्य गर्दै सशस्त्र प्रहरी
समाज
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
सीमा सुरक्षा र अपराध नियन्त्रण गर्न स्थानीयसँग सहकार्य गर्दै सशस्त्र प्रहरी
सशस्त्र प्रहरी बल नेपालले नेपाल–भारत सीमा क्षेत्रमा हुने विभिन्न आपराधिक क्रियाकलाप न्यूनीकरण तथा राजस्व चुहावट नियन्त्रण गर्ने ध्येयका साथ स्था...
Whatsapp
दैलेखको मिथेन ग्यास खानी उत्खननलाई उच्च प्राथमिकतामा राख्छौँः सभापति लामिछाने
राजनीति
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
दैलेखको मिथेन ग्यास खानी उत्खननलाई उच्च प्राथमिकतामा राख्छौँः सभापति लामिछाने
उनलाई नेपाल पत्रकार महासङ्घ कर्णाली प्रदेशका अध्यक्ष विष्णु शर्माले परियोजनाको हालसम्मको  प्रगति र वर्तमान अवस्थाबारे जानकारी गराएका थिए।
Whatsapp
तापक्रम वृद्धिसँगै मलेरिया सार्ने लामखुट्टेको जोखिम बढ्न सक्ने
अन्तर्राष्ट्रिय
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
तापक्रम वृद्धिसँगै मलेरिया सार्ने लामखुट्टेको जोखिम बढ्न सक्ने
वैज्ञानिकहरूले उच्च तापक्रममा मलेरिया सार्ने लामखुट्टेको प्रजनन क्षमता बढाउन मद्दत गर्ने एउटा जीनको भिन्नता पत्ता लगाएका छन्।
Whatsapp
दसौँ राष्ट्रिय खेलकुद : बागमती शीर्ष स्थानमा, कर्णाली पदकविहीन
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दसौँ राष्ट्रिय खेलकुद : बागमती शीर्ष स्थानमा, कर्णाली पदकविहीन
दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत कर्णाली प्रदेशका विभिन्न जिल्लामा अनौपचारिक रूपमा सञ्चालन भएका खेलहरूको पदक तालिकामा बागमती प्रदेश शीर्ष स्थ...
Whatsapp
तनहुँ जलविद्युत् आयोजनाले चमेराका लागि तीनवटा वैकल्पिक बासस्थान बनाउँदै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तनहुँ जलविद्युत् आयोजनाले चमेराका लागि तीनवटा वैकल्पिक बासस्थान बनाउँदै
निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाले आयोजना क्षेत्रमा रहेका चमेराको संरक्षणका लागि तीनवटा वैकल्पिक बासस्थान निर्माण सुरु गरेको छ...
Whatsapp
जापानबाट फर्किएर किवीखेतीमा रमाउँदै घर्ती
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जापानबाट फर्किएर किवीखेतीमा रमाउँदै घर्ती
बागलुङ, वैदेशिक रोजगारीका लागि जापान पुगेका निसीखोला गाउँपालिका-४ थापागाउँका लीलाबहादुर घर्ती एक वर्षमै स्वदेश फर्किएर कृषि उद्यममा रमाएका छन्।
Whatsapp
पर्यटकीय स्थल छिल्लीकोट पुग्ने सडक स्तरवृद्धि हुँदै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पर्यटकीय स्थल छिल्लीकोट पुग्ने सडक स्तरवृद्धि हुँदै
दाङको पर्यटकीय क्षेत्र तुलसीपुर उपमहानगरपालिका वडा नं १९ छिल्लीकोट जोड्ने सडक विस्तार तथा स्तरोन्नति हुने भएको छ।
Whatsapp
डिपिआर सर्भे भएको चार वर्ष बित्दा पनि बनेन कोरला नाकाका पूर्वाधार
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
डिपिआर सर्भे भएको चार वर्ष बित्दा पनि बनेन कोरला नाकाका पूर्वाधार
नेपाल–चीन उत्तरी कोरलानाकामा भौतिक पूर्वाधार निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको चार वर्ष बितिसक्दासमेत निर्माण कार्य स...
Whatsapp
धान चुटेर, गोरु धपाएर रमाए विदेशी पर्यटक
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
धान चुटेर, गोरु धपाएर रमाए विदेशी पर्यटक
धान काटेर खाली भएको खेतमा कोही कुन्यूँबाट धान निकालेर चुट्न व्यस्त थिए भने कोही गोरु नारेर दाइँ गरिरहेका थिए। महिलाहरू गुन्द्री बुन्न प्रयोग हुने पराल...
Whatsapp
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
बजार
Clock १ घण्टा अघि | १ मिनेट पाठ
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।
Whatsapp
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock १० घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस