बेमौसमी वर्षाले लजविद्युत्, सडक र कृषिमा क्षति
२२ असोज २०७९
•
५ मिनेट पाठ
बेमौसमी वर्षाले लजविद्युत्, सडक र कृषिमा क्षति
पाँच दिनदेखिको अविरल बेमौसमी वर्षाका कारण नेपालीको महान् चाड बडादशैं निरसिलो बनेको छ। लामो बेमौसमी वर्षाले म्याग्दीको जलविद्युत्, सडक र कृषिमा ठूलो क्षति पुगेको छ भने ग्रामीण जनजीवनसमेत अस्तव्यस्त बनेको छ।




वर्षाका कारण ठाउँठाउँमा बाढी र पहिरो आउँदा स्थानीयवासी त्रस्त भएका छन् भने दशैं मनाउन आफन्तकोमा जानेआउने सर्वसाधारण घरभित्र नै गुम्सिएर बस्न बाध्य छन्। बेमौसमी वर्षापछि आएको बाढीले जिल्लाको धौलागिरि गाउँपालिका-१ गुर्जामा रहेको ३५ किलोवाट क्षमताको इङ्लेखोला लघुजलविद्युतको मुहान बगाएपछि विद्युत् सेवा अवरुद्ध भएको छ।

लघुजलविद्युत् अवरुद्ध भएसँगै गुर्जामा रहेका दुई सय ६५ घरधुरी अन्धकार बनेका छन्। केन्द्रीय विद्युतको पहुँच नपुगेको र लघुजलविद्युत् अवरुद्ध बनेसँगै स्थानीयवासीले रातमा बत्ती बाल्न पाएका छैनन् भने सञ्चार सम्पर्क विच्छेद भएको धौलागिरि गाउँपालिका-१ गुर्जाका वडाध्यक्ष झकबहादुर छन्त्यालले जनाए।

वर्षा रोकिएपछि मात्रै बाढीले पुर्‍याएको क्षतिको यकिन हुने जनाइएको छ। म्याग्दीमा सडक सञ्जालले नजोडिएको एक मात्रै वडा गुर्जा भौगोलिक रूपमा विकट छ। चार दिनदेखिको वर्षाले जिल्लाका अधिकांश सडक अवरुद्ध भएका छन्। ठाउँठाउँमा खसेको पहिराका कारण जिल्ला सदरमुकाम बेनीदेखि बेनी-दरबाङ र बेनी-जोमसोम सडक अवरुद्ध भएका छन्।

जिल्लाका लेकाली क्षेत्रमा पहिलोपटक मध्य असोजमै हिमपात भएको छ। अविरल वर्षाले बढेको चिसोसँगै गुर्जा गाउँको नजिकका डाँडामा शुक्रबार दिउँसोदेखि हिमपात भएको हो। असोजमै हिमपात भएको यो पहिलो पटक भएको स्थानीयवासीको भनाइ छ। गाउँ आसपासका डाँडामा हिमपातले सेताम्मे भएको वडाध्यक्ष छन्त्यालले बताए।

‘गाउँ आसपासमा असोजमै हिमपात भएको हामीले थाहा पाउँदासम्मकै पहिलो हो, वर्षा र हिमपातका कारण अत्यधिक चिसो बढेर जनजीवनमा असर पारेको बनाएको छ’, उनले भने।

ग्रामीण सडक अवरुद्ध

गत बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण म्याग्दीका सम्पूर्ण ग्रामीण सडक अवरुद्ध भएपछि दशैंमा टीका लगाउन र आशीर्वाद लिन जानेआउनेको विजोग भएको छ। छाता र प्लास्टिक ओढेर नजिकका आफन्तसँग मात्र टीका लगाएर चित्त बुझाउन बाध्य हुनुपरेको सर्वसाधारणको भनाइ छ।

ग्रामीण सडक मात्र होइन राष्ट्रिय गौरवको बेनी-जोमसोम सडक, बेनी-दरबाङ सडक लगायत म्याग्दी जोड्ने सबै सडक अवरुद्ध छन्। चार दिनदेखिको अविरल वर्षाले टीका लगाउन र आशीर्वाद लिन आफन्तकोमा जानेआउने सर्वसाधारणले सास्ती बेहोर्नुपरेको छ। यातायातका साधन सञ्चालन हुन नसकेपछि पैदल, छाता र प्लास्टिक ओडेर सर्वसाधारण टीका लगाउन आफन्तकोमा जानेआउने गरेका छन्।

वर्षाका कारण बेनी–जोमसोम सडक अन्तर्गत म्याग्दी खण्डको दर्जनौं ठाउँमा पहिरो गएको छ भने म्याग्दीका बेनी-भकुण्डे, बेनी-पाखापानी, बेनी–दरबाङ, बेनी-पुलाचौर लगायत एक दर्जन बढी सडक बाढी र पहिरोका कारण अवरुद्ध भएका सम्बन्धित स्थानीय तहका जनप्रतिनिधिले बताएका छन्। कतिपय स्थानमा सडक भासिएको छ।

मूल फुटे, खोला बढे, छहरा र झरना देखिए

मध्य असारको लक्षण असोजको अन्तिम सातामा देखिंदा स्थानीयवासीले अचम्म मानेका छन्। असारमा पानी नपरेर कमिला हिंडेका खोला र खहरे अहिले वारपार गर्नै नसकिने गरी उर्लिएका छन्। असारमा नभएको बाढी र पहिराको त्रास असोजमा खेप्न बाध्य भएको बेनी नगरपालिका-२ का ८९ वर्षीय वेदप्रसाद उपाध्यायले बताए। ‘असारमा मूल नफुटेर रोपाइँ गर्न पानीको हाहाकार भयो। अहिले पन्छाउनै नसकिने गरी पानी परेको छ, मूल फुटेका छन्’,उनले भने।

त्यसैगरी असारमा नदेखिएका झरना र छहरा असोजको अन्तिम साता देखिएका छन्। पाक्ने बेलाको धान खेत पानीले भरिएको छ भने घरभित्र समेत पानी पसेर स्थानीयवासी बस्नै नसक्ने अवस्थामा पुगेका छन्।

सडकमा चल्दैनन् गाडी, खोलो बग्छ

दशैंको बेला भए पनि म्याग्दीका ग्रामीण सडक सुनसान छन्। सडकमा गाडी चल्ने अवस्था छैन। खोला बगेर सडक छियाछिया भएकाले मानिस सास्ती खेप्दै हिंड्न बाध्य छन्। सदरमुकाम बेनी बजारदेखि ग्रामीण भेगमा सञ्चालित सडकको अवस्था अत्यन्त दयनीय बनेको छ। सडकमा भेल बगेको छ भने सडक लच्किएर हिंड्न समेत समस्या भएको स्थानीय रामबहादुर विकले बताए।

म्याग्दीको सदरमुकाम बेनी बजारदेखि ग्रामीण क्षेत्रमा सञ्चालन हुने सात सडकको अवस्था अत्यन्तै नाजुक र जीर्ण भएको छ। बेमौसमी वर्षा, बाढी पहिरो र मर्मतसम्हारको अभावमा सडकमै खोलो बग्ने गरेको छ भने सडकमै पोखरी बन्ने गरेको छ।

बेनी-अर्थुङ्गे-पुलाचौर, बेनी–पाखापानी, बेनी-बगरफाँट-भकिम्ली, बेनी-हाँडेभीर-बरङ्जा, बेनी-भकुण्डे लगायत सडक दयनीय अवस्थामा छन्। प्राविधिक अध्ययन र वातावरणीय प्रभाव मूल्यांकन नगरी जथाभावी डोजर लगाएर खनिएका सडकको अवस्था अत्यन्त दयनीय छ। यहाँका कतिपय सडकमा सामान्य पानी पर्दा पनि मोटरसाइकलसमेत गुड्न नसक्ने स्थानीयवासी राजकुमार सुवेदीले बताए।

बेनी-भकुण्डे सडक झन् दयनीय रहेको सो सडकबाट दैनिक आवतजावत गर्ने खबराका शोभित सापकोटाले बताए। पर्यटकीयस्थल लभ्लीहिल कटेर खबराको उकालो सुरु नहुँदै ग्रेड नमिलेको हिलाम्मे सडकमा मोटरसाइकल समेत चलाउन नसकिने उनको भनाइ थियो।

पाक्ने बेलाको धान खेतमै ढल्दा किसान चिन्तित

म्याग्दीमा बेमौसमी वर्षा र हावाहुरीका कारण सयौं हेक्टर जमिनमा गरिएको धानबालीमा क्षति पुगेको छ। असोज १७ गते रातिदेखि परिरहेको पानी र हावाहुरीका कारण पानीले भिजेर र हावाहुरीले धानका बोट ढलाएर धानबालीमा क्षति पुगेको स्थानीय तहका कृषि प्राविधिकले जनाएका छन्।

पाक्नै लागेका धानको बोट हावाहुरीले ढलाएर र पानीले भिजाएर क्षति पुर्‍याएको हो। कृषि ज्ञान केन्द्रका अनुसार जिल्लाभर तीन हजार आठ सय ९२ हेक्टर जमिनमा धान खेती हुन्छ। जिल्लाको लेकाली क्षेत्रमा पाकेर काट्ने बेलाको धान अविरल वर्षाले भिजेर खेतमा नै धानको दाना झरेका कारण क्षति पुगेको छ भने तल्लो क्षेत्रमा पाक्नै लागेका धानको बोट हावाहुरीले ढलाएपछि दाना पोटिलो नहुनाका साथै खेतमा नै दाना झरेकाले उत्पादन कम हुने देखिएको छ।

जिल्लाका रत्नेचौर, बगरफाँट, फापरखेत, गरापानी, खबरा, सीम, बाबियाचौर, पुलाचौर, अर्मन, कुहूँ, देवीस्थानलगायत ठाउँमा लगाइएको धानबालीमा क्षति पुगेको स्थानीय कृषकले बताएका छन्।
अर्को समाचार
बेमौसमी वर्षाले इँटा उद्योगमा करोडौंको क्षति
१२ चैत्र २०८०
•
१ मिनेट पाठ
बेमौसमी वर्षाले इँटा उद्योगमा करोडौंको क्षति
बेमौसमी वर्षाले रौतहटको इँटा उद्योगमा करोडौँको क्षति पुर्‍याएको छ। मंगलवार रातिदेखि बिहीवार बिहानसम्म परेको पानीले रौतहटको इँटा उद्योगमा करोडौँको क्षति पुर्‍याएको जानकारी व्यवसायीहरूले गराएका छन्।




वर्षाले गर्दा काँचो इँटा गलेको तथा पोल्नलाई ठिक्क पारिएको इँटामा पनि व्यापक क्षति पुगेको इँटा उद्योग तथा व्यवसायी संघ रौतहटले जनाएको छ। संघका अध्यक्ष रामविनोद साहले रौतहटको इटा उद्योगमा करिब ६ करोड बराबरको क्षति भएको दाबी गरेका छन्।

एउटा इँटा उद्योगमा पोल्नलाई ठीक पारिएको करिब १२ लाखको इँटामा क्षति पुगेको व्यवसायीको दाबी छ।

बिमा नहुने तथा सरकारले कुनै सुविधा नै नदिने इँटा उद्योगहरूमा बेमौसमी वर्षाले निकै ठूलो क्षति पुर्‍याएपछि इँटा व्यवसायीहरूले ढाड नै भाँच्चिएको बताइरहेका छन्। रौतहटको घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता भई करिब ५० इँटा उद्योग सञ्चालनमा रहेका छन्। 
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock २ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock ३७ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस