कर्णाली नदीमा पानीको सतह खतराको तह नजिक पुगेको छ। विगत पाँच दिनदेखी परेको अविरल वर्षाले कर्णाली नदीमा पानीको सतह क्रमिक रुपमा बढिरहेको छ।
जल मापन केन्द्र चिसापानीकी गेज रिडर पार्वती गुरुङले गएराति १२ बजेपछि पानीको सतह क्रमिक रुपमा बढ्दै गएको जानकारी दिइन्। उनले बिहान ६ बजे ९ दशमलव ५५ मिटर रहेको पानीको सतह अहिले २ बजे १० दशमलव ५ मिटर पुगेको बताइन्। यो सचेतता तह पार गरेको हो। गुरुङका अनुसार १० मिटर पार गर्नुलाई सचेतता तह पार गरेर खतराको तह प्रवेश गरेको मानिन्छ।
उनका अनुसार साँझ सम्म नदीमा पानीको सतहले खतराको तह समेत पार गर्ने देखिन्छ। पानीको सतह १० दशमवल ८ मिटर पुग्नु खतराको तहपार गर्नु मानिन्छ।
चिसापानी आसपासका क्षेत्रमा अहिले पनि निरन्तर वर्षा भइरहेको छ। गुरुङले पहाडी जिल्लामा समेत निरन्तर वर्षा भइरहेको जानकारी प्राप्त भएको बताइन्। सुदूरपश्चिम र कर्णाली प्रदेशका अधिकांश नदी कर्णाली नदीमा मिसिन्छन्।
कर्णाली नदीमा पानीको सतह बढ्दा कैलालीको पूर्वी र बर्दियाको पश्चिमी क्षेत्रमा बाढीको जोखिम बढेको छ। कर्णादी नदीले कैलालीका टीकापुर नगरपालिका र जानकी गाउँपालिकाका साथै बर्दियाको राजापुर नगरपालिका, मधुवन नगरपालिका र गेरुवा गाउँपालिकाका थुप्रै भेगमा क्षति पुर्याउने गरेको छ।
नदीमा पानीको सतह बढे पछि तटीय क्षेत्रका बासिन्दामा त्रास फैलिएको छ। कतिपय मानिसहरु घर छोडेर सुरक्षित स्थानतर्फ हिँडेका छन्। उनीहरु विद्यालय भवन र बाढी प्रभावित क्षेत्रमा निर्माण भएका उच्च भवनमा सरेका छन।
कर्णाली नदीमा पानीको सतह बढ्दा नेपाल–भारत सीमा क्षेत्रमा बग्ने मोहना नदीको पानी थुनिने गरेको छ। जसका कारण कैलालीको दक्षिणी क्षेत्रका थुप्रै बस्तीहरु डुबानमा परेका छन।
भजनी नगरपालिकाको दर्जन बढी गाउँ डुबानमा परेका छन। ती ठाउँका बासिन्दा हुलाकी सडकमा आश्रय लिईरहेका छन्। उनीहरु हुलाकी सडकमा पाल टाँगेर बसेका छन। बाढी प्रभावित क्षेत्रमा उद्धारको कामअझै हुन नसकेको स्थानीयले बताएका छन्। उनीहरु विगत केही दिनदेखी भोकभोकै छन्।