विराटनगर- विराटनगरस्थित पूर्वाञ्चल विश्वविद्यालय (पियु) का पदाधिकारी–कर्मचारीले व्यापक आर्थिक अनियमितता गरेको खुलेको छ। आर्थिक अनियमितताको फेहरिस्त तयार पार्न शिक्षा मन्त्रालयले खटाएको टोलीले व्यापक हिनामिना भएको पत्ता लगाएको हो।मोरङका आठ राजनीति दलले पियु बचाउनका लागि कुलपति मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी र सह–कुलपति शिक्षामन्त्री माधव पौडेललाई काठमाडौंमै पुगेर गुहारेपछि मन्त्रालयको टोलीले छानबिन थालेको थियो। ‘जसले जहाँ पायो त्यहीं ब्रह्मलुट गरेका छन्,’ छानबिन समितिका एक सदस्यले भने, ‘चोखो कोही देखिएन।’ शिक्षा मन्त्रालयको टोली पियुको समस्या अध्ययन गर्न आए पनि वर्षौंदेखि भइरहेको आर्थिक चलखेलले पियु ‘टाट’ पल्टेको तथ्य भेट्टाएपछि अनुसन्धानलाई त्यतै केन्द्रित भएको छ।
पियुमा पछिल्लोपटक भएको कम्प्युटर खरिद प्रक्रियामा सबैको आँखा परेको छ। विश्वविद्यालय अनुदान आयोगले गत वर्ष दिएको १६ करोड रूपैयाँमध्ये पियुका पदाधिकारी–कर्मचारीको मिलोमतोमा ६० लाख रूपैयाँको कम्प्युटर र ल्यापटप खरिद गरिएको छ। विश्वविद्यालयले सामान खरिद–बिक्रीका लागि गठन गरेको समितिलाई भंग गरेर बजार मूल्यभन्दा दोब्बर पैसा तिरेको बिल बनाइ कम्प्युटर र ल्यापटप खरिद गरिएको छ। समान खरिद–बिक्री समितिमा रहेका पियुका वरिष्ठ अधिकृत बिजु थपलिया र कर्मचारीद्वय सदय हमाल तथा लक्ष्मण गेलाललाई हटाएर ‘नियम मिचेर’ नयाँ समिति बनाई उक्त मूल्यबराबरको कम्प्युटर र ल्यापटप खरिद गरिएको देखिएको छ। ‘हाम्रो छानबिन पनि त्यही बिन्दुबाट सुरू भएको छ,’ मन्त्रालयका छानबिन टोली सदस्यले भने, ‘पियु अनियमितताका बारेमा बुझ्दैछौं, समुन्द्र जतिकै अथाह रहेछ।’ शिक्षा मन्त्रालयले विश्वविद्यालय अनुदान आयोगका सदस्य सचिव भोला पोखरेलको नेतृत्वमा छानविन समिति गठन गरेको हो।
‘पियुमा बसेर आर्थिक हैसियत उचाइमा पुर्यावएका धेरै छन्,’ स्रोतले भन्यो, ‘ठ्याक्कै अंकमै भन्न सकिँदैन, तर ज–जसले जहाँ–जहाँ सके, त्यहीं–त्यहीं लुटेका छन्।’ प्रक्रिया मिचेर खरिद गरिएको ६० लाख रूपैयाँको कम्प्युटर र ल्यापटप विरोधपछि स्टोरले ‘इन्ट्री’ गरेको छैन। स्टोरमा गत आर्थिक वर्षमा खरिद भएका सामानको रेकर्ड बुझाइएको छैन। विराटनगरको रोडशेषबाट पुष्पलाल चोकमा पियुको मुख्यालय सार्दा मूल्यवान सामान टन्नै किनिएको त्यहाँका कर्मचारी बताउँछन्।
सम्बन्धनका लागि बैना
पियुमा नयाँ कलेजको सम्बन्धनका लागि आवेदनसँगै पदाधिकारी ‘पट्याउन’ राम्रै रकम बैनाबापत बुझाउने चलन छ। नयाँ शैक्षिक सत्रका लागि पियुमा सम्बन्धनका लागि यस वर्ष आवेदन परेका चार सय ६३ कलेजमध्ये धेरैजसोले बैना बुझाइसकेका छन्। नर्सिङलगायतका प्राविधिक विषयका कलेजले पदाधिकारी–कर्मचारीलाई बैना रकम मोटै बुझाउँछन्, शिक्षा, व्यवस्थापन कलेजले थोरै। ‘सबै नयाँ कलेजले पदाधिकारी र कर्मचारीलाई दाहिने पार्न थोरबहुत बैना बुझाउँछन्,’ विश्वविद्यालयका एक कर्मचारीले भने, ‘पैसाले नै यहाँ फाइल सार्छ र सदर गराउँछ।’
पियुका पदाधिकारीले नयाँ कलेजको सम्बन्धन दिँदा पूर्वाधार र फ्याक्लटीभन्दा ‘पैसा’लाई हेर्छन्। नयाँ कलेजको सम्बन्धनका लागि आवेदन दिँदा दस्तुरबापत दुईहजार रूपैयाँ तिर्नुपर्छ। तर, सम्बन्धनका लागि आवेदन दिइसकेपछि कलेजको सम्भाव्यता अध्ययनका लागि विश्वविद्यालयले लिने गरेको २० हजार पियुले लिँदैन। ‘नयाँ सम्बन्धन दिँदा कलेजको पूर्वाधार, फ्याक्लटी हेर्ने चलन नै छैन,’ पियु हेर्ने फाँट पाएका एमाले मोरङका सदस्य वसिम आलमले भने, ‘त्यो २० हजार नलिएर विश्वविद्यालयको आम्दानी गुमाए पनि पदाधिकारी–कर्मचारीले भने व्यक्तिगत भ्रमण गर्दा कलेजसँग पैसा लिने गरेको छ।’
‘पियुको सम्बन्धन वितरणमा मनपरी छ,’ मधेसी जनअधिकार फोरम नेपालका मोरङ अध्यक्ष उमेश यादवले मन्त्रालयको छानबिन टोलीसँग भने, ‘कलेजको योग्यता, क्षमताभन्दा उसले दिने पैसामा सम्बन्धनको निर्णय हुन्छ।’ छानबिन समितिले पियुले हालसम्म दिएको सम्बन्धन र नयाँ प्रक्रियामा रहेको सबै कागजपत्र अध्ययन गरिरहेको संयोजक पोखरेलले जानकारी दिए।
विश्वविद्यालयले सम्बन्धन दिएबापत देशभरका कलेजबाट झन्डै साढे पाँच करोड लिन बाँकी छ। काठमाडौंको कान्तिपुर सिटी कलेजसँग मात्रै ७७ लाख रूपैयाँ सम्बन्धनबापत लिन बाँकी छ। काठमाडौंका डिएभी, एकमी इन्जिनियरिङ कलेजलगायतबाट सम्बन्धनको रकमबापत साढे पाँच करोड रूपैयाँ पियुले पाएको छैन।
पियुले सम्बन्धन दिएबापत कलेजले प्रतिविद्यार्थी एकमुष्ट शुल्क बुझाउनुपर्छ। सम्बन्धन पाएका दुई दर्जन बढी कलेजले प्रतिविद्यार्थीको रकम लामो समयदेखि नबुझाउँदा बक्यौता धेरै भएको हो। पियुले शिक्षा संकायको सम्बन्धन दिने कलेजसँग प्रतिविद्यार्थी दुई हजार, विज्ञान, नर्सिङ र इन्जिनियरिङका कलेजसँग प्रतिविद्यार्थी पाँच हजार लिने गर्छ।
सम्बन्धनबापत कलेजले बुझाउनुपर्ने बक्यौतामा समेत पदाधिकारी–कर्मचारीले मिलेमतो गरेको छानबिन टोलीले भेट्टाएको छ। ‘सम्बन्धन बापतको बक्यौता तोकता गर्दै कलेजमा जाने पदाधिकारी–कर्मचारीले एक–दुई लाख रूपैयाँ पकेट खर्च बुझ्ने गरेका छन्,’ एमाले मोरङका अध्यक्ष महेश रेग्मीले भने, ‘बक्यौता रकम बाँकी रहिरहन्छ, पदाधिकारी–कर्मचारी भने पकेटमा एक–दुई लाख बोकेर आउँछन्।’ पियु मामिला छानबिनका लागि विराटनगर आएको शिक्षा मन्त्रालयको टोली काठमाडौं फर्किएको छ।