दाङ– जीपको ठक्करबाट दाङमा नेपाल प्रहरीका एक जवानको मृत्यु भएको छ। रा १ प ८८०१ नम्बरको जीपले शुक्रवार राती ठक्कर दिदा जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवान मानवहादुर कठायतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।डोटीको सिलगडी नगरपालिका वडा नं ७ स्थायी घर भएका कठायत ड्युटि जाने क्रममा जीपले घोराही बजारको मुख्य चोकमा राती ठक्कर दिएको हो। उनको राप्ती उपक्षेत्रीय अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। ठक्कर दिने जीप फरार रहेको र खोजी भैरहेको प्रहरीले जनाएको छ।
अर्को समाचार
जीपको ठक्करबाट प्रहरी जवानको मृत्यु
अर्को समाचार
जीपको ठक्करबाट प्रहरी जवानको मृत्यु
बाँकेको कोहलपुरमा जीपको ठक्करबाट एक प्रहरी जवानको मृत्यु भएको छ।पश्चिमदेखि पूर्वतर्फ आउँदै गरेको भे १ च ३४०७ नम्बरको जीपले ठक्कर दिँदा डिउटीमा तैनाथ प्रहरी जवान २९ वर्षीय विशाल वलीको ज्यान गएको हो।
जीपको ठक्करबाट प्रहरी सहायक हवल्दार ३२ वर्षीय लालबहादुर बुढाक्षेत्री गम्भीर घाइते भएका छन्। कोहलपुर मेडिकल कलेजमा प्रारम्भिक उपचारपछि उनलाई थप उपचारका लागि हेलिकप्टरमा काठमाडौँ लगिएको बाँकेका प्रहरी प्रवक्ता नारायाण डाँगीले जानकारी दिए।
गएराति पूर्व पश्चिम राजमार्गमा पर्ने कोहलपुरको मदनचोकमा डिउटीमा खटिएका प्रहरी जवान वली र प्रहरी सहायक हवल्दार बुढाक्षेत्रीलाई जीपले ठक्कर दिएको हो।
घाइते बुढाक्षेत्रीको टाउको, अनुहार र छातीमा गम्भीर चोट लागेको छ।
जीपको ठक्करबाट प्रहरी जवान वलीको घटनास्थलमै मृत्यु भएको हो। ठक्कर दिएर फरार भएका जीपका चालक दाङको घोराही उपमहानगरपालिका–११ का २० वर्षीय अर्जुन बस्नेतलाई प्रहरीले कोहलपुर–२ बाट नियन्त्रणमा लिएको छ।
घट्नाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। रासस

यो पनि पढौँ
जीपले ठक्कर दिँदा ड्युटीमा बसेका प्रहरीको मृत्यु
·
२५ भदौ २०७२
·
२ मिनेट पाठ
ट्रेन्डिङ