हुलाकी सडक बन्याे बाढी पीडितको आश्रयस्थल
२४ असोज २०७९
•
३ मिनेट पाठ
हुलाकी सडक बन्याे बाढी पीडितको आश्रयस्थल
हुलाकी सडकमा बसेका बाढी पीडितहरु। तस्बिर: योगेश रावल/नागरिक
हुलाकी सडक बाढी पीडितको आश्रय स्थल बनेको छ। भजनी नगरपालिकाका मात्रै करिब तीन सय घरपरिवार विगत पाँच दिनदेखी बाढीले घर डुबाए पछि हुलाकी सडकमा बास बसेका छन्।  




बाढीले सबैभन्दा धेरै वडा नं. ३ र ८ मा घर डुबानमा पारेको छ। त्यहाँका सबै हुलाकी सडकमा बसेका छन्। बाढी पीडित घर डुबेपछि पशु चौपाया डोर्याएर हुलाकी सडकमा पुगेका छन्। उनीहरु सडक किनारमा त्रिपाल टाँगेर बस्दै आएका छन्। पशु चौपाया समेत सडककै किनारमा बाँधेका छन्। 

बाढी पीडितको त्रिपाल मूनीको बास निकै कष्ठकर छ। निरन्तरको झरीले त्रिपाल भित्र समेत पानी पसेको छ। उनीहरु सुत्न सकेका छैनन्। नगरपालिकाले वितरण गरेको चाउचाउ र चिउराको भरमा छाक टार्नु परेको छ।  

बालबालिका, सुत्केरी, अपाङ्गता भएका व्यक्ति सबैभन्दा बढी समस्यामा रहेको स्थानीय खेम पाण्डेले बताए। ‘हामी त केही दिन भोकै पनि बस्न सक्छौं’ उनले भने–‘अरुको सहारा चाहिने व्यक्तिहरु समस्यामा छन।’

नगरपालिकाले चाउचाउ र चिउरा वितरण गरेको छ। त्यो पनि सबै बाढी पीडितसम्म पुगेको छैन। नगरपालिकालाई सबै ठाउँमा पुर्याउन समेत निकै कठिनाई  । एक ठाउँबाट अर्को ठाउँ सम्म पुग्न डुंगाको सहारा चाहिन्छ। कतिपय ठाउँमा अझै डुंगा पुग्ने अवस्था छैन। नगर प्रमुख केवल चौधरीले सबै बाढी पीडितलाई सम्बोधन हुने गरी काम गरिरहेको बताए।  

उनले लगातारको झरीका कारण यसअघि बाढी पीडितलाई भात पकाएर खुवाउन नसकिएको बताए। उनले झरी रोकिएसँगै हुलाकी सडकमा बसेका बाढी पीडितलाई लक्षित गरेर दुई ठाउँमा मेस (सामुहिक भान्सा) चलाउने व्यवस्था गरेको जानकारी दिए।

‘सेना र प्रहरीले त्यसको प्रबन्ध गरिरहेका छन’ उनले भने–‘बाढी पीडितले भोकै बस्न नपर्ने गरी काम भैरहेको छ।’ हुलाकी सडकसम्म पुग्न नसकेकाहरु विद्यालय भवनमा बसेका छन्। वडा नं. २ का ४६ घरपरिवार राष्ट्रिय मावि पल्टुपुर र वडा नं. ३ का ३५ घरपरिवार राष्ट्रिय मावि धुसीमा बसेका छन्। केही बाढी पीडितहरु आफन्तको घरमा बसेका छन्।

नगरपालिकाका नौवटै वडामा करिव २ हजार ८६ घरपरिवार बाढी प्रभावित भएको विपद सम्पर्क व्यक्ति खेम पनाडीले जानकारी दिए। उनका अनुसार ७७२ घरपरिवार विस्थापित भएका छन्।  

बर्षेनि काँडा, कान्द्रा, पथरैया र मोहना नदीले नगरपालिकाका सबै वडा डुबानमा पार्छन्। यो वर्ष समेत चारैवटा नदीमा एकसाथ बाढी आएको थियो। नदीमा पानीको सतह अझै कम नभएको सम्पर्क व्यक्ति पनाडीले बताए। उनले पानीको सतह कम हुन अझै केही दिन लाग्न सक्ने बताए। ‘कर्णालीमा पानीको सतह कम भए मात्रै यी नदीहरुको सतह कम हुन्छ’ उनले भने–‘कर्णालीले मोहना नदीलाई थुनेपछि सबै नदीमा पानीको सतह बढ्छ।’ उनले नदीमा पानीको सतह कम भए मात्रै डुबानमा परेका बस्तीको पानी निकास हुने बताए।  

भजनी नगरपालिका कैलालीको सबैभन्दा धेरै बाढी प्रभावित क्षेत्र हो। यो वर्ष मात्रै यहाँ दुई पटक बाढी आएको छ। यसअघि असोज १ गते ठूलो बाढी आएको थियो। त्यतिबेला बाढीमा २ जनाले ज्यान गुमाएका थिए। सयौं घरपरिवार प्रभावित भएका थिए। उनीहरु घर फर्केर दशैं मनाउन नपाउँदै असोज १९ गते साँझ पुनः बाढीको चपेटामा परेका छन्।  

दुईदुई पटक बाढीको चपेटामा परेका भजनीबासीले ठूलो क्षति ब्यहोर्नु परेको छ। सयौंका घर भत्केका छन्। कतिपयको घरभित्र राखेको अन्न सबै बगाएको छ। धान बाली बाढीले सखाप पारेको छ। खेतमा काटेर राखेको धान बगाएको छ।  

‘यो वर्ष हाम्रा लागि निकै पीडादायी रह्यो’ स्थानीय कालुसिँह बोहराले भने–‘न घरको न खेतको अन्नको दाना बचाउन सकिएन।’ उनले १ विगाहमा लगाएको सबै धान बाली कान्द्रा नदीले बगाएको बताए। उनी जस्तै कैयौं परिवारको धान बाली बाढीमा बगेको छ।
अर्को समाचार
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
३५ मिनेट अघि
•
१ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा। झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ। 




कुनै समय राष्ट्रिय परिचयपत्र र राहदानीका लागि फोटो तथा जैविक विवरण (बायोमेट्रिक) दिन ३५ दिनसम्म पालो कुर्नु पर्नेमा अहिले त्यो अवस्था अन्त्य गरिएको छ। लामो समयदेखि थाती (पेन्डिङ)मा रहेका फाइल फर्छ्यौट गर्दै प्रशासनले सेवा प्रवाहलाई सहज र छरितो रूपमा सेवा उपलब्ध गराएको छ। 

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार गत भदौ २० गतेसम्म हाजिर राहदानीतर्फ ९९६ र राष्ट्रिय परिचयपत्रतर्फ पाँच हजार ४९१ जना सेवाग्राही पालोमा थिए। सेवाग्राहीले अनलाइन फारम भर्नसमेत पैसा तिर्नुपर्ने र बायोमेट्रिक विवरणका लागि लामो समय कुर्नुपर्ने अवस्था रहेकामा त्यो अहिले हटेको छ।

त्यस्तो अवस्था अन्त्य गर्न प्रशासनले बिहान ७:०० बजेदेखि बेलुका ६:०० बजेसम्म तथा सार्वजनिक बिदाका दिनसमेत सेवा सञ्चालन गर्ने अभियान सुरु गरेको थियो।

उक्त प्रयासबाट लामो समयदेखि प्रतीक्षामा रहेका सेवाग्राहीको चाप हटेपछि अहिले राष्ट्रिय परिचयपत्रको काम एकै दिनमा सम्पन्न हुन थालेको प्रजिअ पोखरेलले बताए।

'हाम्रो अभियानले बाँकी फाइल शून्यमा झार्ने लक्ष्य मात्र पूरा गरेन, सेवा प्रवाहको एउटा कार्यसंस्कृति नै विकास गर्यो,' उनले भने, 'अहिले सार्वजनिक बिदाका दिन पनि प्रशासनमा सेवा पाइन्छ भन्ने विश्वास सेवाग्राहीमा बसेको छ। त्यसैले यो अभ्यासलाई निरन्तरता दिएका हौँ।'

प्रशासनले यही कार्यसंस्कृतिलाई निरन्तरता दिँदै शनिबार र आइतबार पनि राष्ट्रिय परिचयपत्रका सबै सेवा तथा राहदानीका केही सेवा सञ्चालन गरेको छ। त्यस कार्यका लागि दुई जना कर्मचारी परिचालन गरिएको र बैंक काउन्टर बन्द रहने भएकाले राहदानीतर्फ भने राजस्व बुझाइसकेका सेवाग्राहीले मात्र सेवा लिन व्यवस्था मिलाइएको छ।

सेवा प्रवाहका नाममा अतिरिक्त शुल्क तिर्नु नपर्ने स्पष्ट पार्दै प्रशासनले कसैले रकम मागेमा जानकारी गराउन आग्रहसमेत गरेको छ। केही दिनअघि अतिरिक्त रकम लिने एक बिचौलियालाई नियन्त्रणमा लिएर कारबाही गरिएको कार्यालयले जनाएको छ।
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock २९ सेकेन्ड अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ५९ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस