९ लाख नक्कली रुपैयाँ सहित ३ कारोबारी पक्राउ
२४ असोज २०७९
•
२ मिनेट पाठ
९ लाख नक्कली रुपैयाँ सहित ३ कारोबारी पक्राउ
्र
मंसिर ४ गते हुने प्रतिनिधी र प्रदेश सभा निर्वाचनमा खर्च गर्न नक्कली रुपैयाँ प्रयोग गर्ने उदेश्यले नक्कली रुपैयाँ कारोबारीहरु सक्रिय बन्दै गएका छन्।  




असोज महिनामा मात्रै बारा प्रहरीले सिम्रौनगढ क्षेत्रबाट दुई पटकमा गरेर नौ लाख ८१ हजार नक्कली नेपाली रुपैयाँ सहित चार जना कारोबारीहरुलाई पक्राउ गरेको थियाे। तेस्तै सोमबार मात्रै नौ लाख नक्कली नेपाली रुपैयाँ सहित पक्राउ परेका एक भारतीय सहित तीन जना कारोबारीलाई जिल्ला प्रहरी कार्यालय बाराले पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको छ।

सार्वजनिक गरिएकोमा भारत बिहार मोतिहारी पिप्राकोठीका रंजित मुखिया, सिम्रौनगढ नगरपालिका २ का नन्दलाल मुखिया र कलैया उपमहानगरपालिका १५ का सैनुल्लाह अंसारी र रहेको प्रहरी उपरीक्षक होबिन्द्र बोग्टीले बताए।

सिम्रौनगढ नगरपालिका ५ कनचनपुर टोल अस्थित सडकमा भारतीय नम्बर प्लेटको मोटरसाईकललाई चेकजाँच गर्दा मोटरसाईकलमा सवार भारतीय नागरिक मुखियाबाट नौ लाख नक्कली नेपाली रुपैयाँ बरामद भएको बोग्टीले बताए।

नक्कली नेपाली रुपैयाँ सहित पक्राउ परेका भारतीय नागरिकलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा कारोबारमा नेपाल तर्फ रहेका अंसारी र मुखियाको समेत संलगन्ता रहेको बोग्टीले जानकारी दिए।

बरामद गरिएको रुपैयाँमा हजार दरको ९०० थान रहेको र नक्कली नेपाली रुपैयाँ आधुनिक फोटोकपी मेसिनबाट फोटोकपी गरिएको हुन सकिने बोग्टीले बताए।  

चाडपर्व र चुनावमा कारोबारीहरुले भारतबाट नेपाली नक्कली रुपैयाँ भित्रियाउन सकिने सम्भावनालाई मध्यनजर गर्दै सीमा नाकाहरुमा चेकजाँच गर्दा नक्कली नेपाली रुपैयाँ सहित साे कारोबारीहरुलाई पक्राउ गर्न सकिएको बोग्टीले बताए।

सिम्रौनगढ नाकाबाट नक्कली नेपाली रुपैया भित्रियाउने समुहको मुख्य नाईके पहिचान गरिएको र त्यसलाई समेत नियन्त्रणमा लिन प्रहरी लागि परेको प्रहरी उपरीक्षक बोग्टीले बताए। पक्राउ परेका नुनियालाई कसले नक्कली नेपाली रुपैयाँ दिएको र नक्कली रुपैयाँलाई यिनीहरुले कसरी चलाउने गरेको त्यसको अनुसन्धान समेत शुरु गरिएको उपरीक्षक बोग्टीले बताए।

पाँच लाख नेपाली रुपैयाँमा १७ लाख नक्कली नेपाली रुपैयाँ आउने गरेको र त्यसको बारोबारीहरुले नेपाली रुपैयाँको गडीमा त्यसलाई मिसाएर चलाउने गरेको बोग्टीले बताए। असोज पहिलो हप्ता पनि सिम्रौनगढ नगरपालिका ५ का जगदेव महतो नुनियाको घरबाट बारा प्रहरीले  ८२ हजार पाँच सय नक्कली नेपाली रुपैयाँ बरामत गरेको थियो।

गत बर्ष मात्रै  सिम्रौनगढ क्षेत्रबाट दुई लाख ७५ हजार र तीन लाख एक हजार गरेर चार लाख ७६ हजार बरामत नक्कली रुपैयाँ बरामत गरिएको बोग्टीले बताए।

गत बर्ष बरामत गरिएको रुपैयाँ र अहिले बरामत गरिएको नक्कली रुपैयाँको मूख्य कारोबारीहरु एउटै रहेका छन कि अल्ग अल्ग व्यक्ति रहेका छन्। त्यसको समेत अनुसन्धान गरिएको उनले बताए।
अर्को समाचार
वीरगन्जमा नक्कली नेपाली रुपैयाँ सहित दुई कारोबारी पक्राउ
२२ वैशाख २०८०
•
१ मिनेट पाठ
वीरगन्जमा नक्कली नेपाली रुपैयाँ सहित दुई कारोबारी पक्राउ
नक्कली रुपैयाँ सहित दुईजना कारोबारीलाई पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ। वीरगन्ज १६ स्थित चालिसफिटे सडकखण्डमा पर्सा प्रहरीले करिब पाँच लाख नक्कली नेपाली रुपैयाँ र दुई लाख सक्कली नेपाली रुपैयाँ सहित दुई जना कारोवारीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।




भारतीय नम्बरको स्कारपियो गाडीमा नक्कली नोट कारोबारी बीरगंज प्रवेश गरेको गोप्य सूचनाको आधारमा मधेस प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय पर्साको संयुक्त टोलीले सर्लाहीको गौडाता नगरपालिका १२ मधुवनीका ३४ वर्षीय आनन्द वर्दन सिंह र बारा परवानीपुर गाउँपालिका ३ का ३६ वर्षीय ओमप्रकाश साहलाई नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता डिएसपी निर्मल बुढाथोकी दिएको जानकारी अनुसार जाली नोट कारोबारी भारतीय सहरबाट ठुलो परिमाणमा नक्कली नेपाली नोट लिएर वीरगन्जतर्फ आउदै गरेको सुचनाको आधारमा बीआर ०१ पीजी ६५७७ नम्बरको भारतीय नम्बर प्लेट भएको स्कर्पियो गाडीलाई रोकेर चेकजाँच गर्दा नक्कली नोट बरामद भएको बताए।

नियन्त्रणमा लिएका दुवै जनाको साथबाट एक हजार दरको ४८६ थान नक्कली नेपाली नोट र सक्कली दुर्ई लाख नेपाली नोट बरामद गरेको डिएसपी बुढाथोकीले बताए। पक्राउ परेका दुवै जनालाई मुद्रा सम्बन्धी कसुरमा (नक्कली मुद्रा प्रयोगमा ल्याउन नहुने) जिल्ला अदालत पर्साबाट सात दिनको म्याद थप गरी अनुसन्धान प्रकृया अगाडि बढाइएको बताए।
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock ५३ सेकेन्ड अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस