अविरल वर्षा पछि आएको बाढीले राष्ट्रिय गौरवको रानी जमरा कुलरीया सिँचाई आयोजनामा क्षति पुर्याएको छ। बाढीले केही ठाउँमा नहर र नहरसँगैको बाँध समेत भत्काएको छ।
बाढीले पूर्व खैरीफाँटामा नहर भत्काएको छ भने जगतपुर र मालझुलमा नहरको बाँध भत्काएको छ। आयोजनाका अनुसार सबैभन्दा धेरै रानी कुलातर्फ क्षति भएको छ। रानी कुलाको मुहानको बाँध नै भत्किएको छ। रानी कुला अन्तर्गत निर्माण भएको नहरका ठाउँठाउँमा भत्किएको छ।
आयोजनाले अझै क्षतिको विवरण संकलन गर्न सकेको छैन। डिभिजन इन्जिनियर टोपबहादुर खत्रीले आफूहरु क्षतिको विवरण संकलनमा रहेको जानकारी दिए। उनले कतिपय ठाउँमा अझै पुग्न नसकेका कारण क्षतिको यकिन विवरण भन्न समस्या भएको बताए।
‘हामी अझै कतिपय ठाउँमा पुग्न सकेका छैनौं’ उनले भने–‘धेरै ठाउँमा क्षति भएको छ।’
जानकी गाउँपालिका–९ स्थित शिवशक्ति सामुदायिक वन क्षेत्रबाट बाढी जमरा कुलाको मुहानमा पसेको थियो। सोही बाढीले रानी कुलाको नहरमा समेत क्षति पुर्याएको हो। यो बाढी कर्णाली नदीको पश्चिम भँगालोबाट नहरमा प्रवेश गरेको हो।
नहर भत्किए पछि बाढीले नजिकैको बस्ती समेत डुबाएको छ। सयौं घरमा पानी पसेको छ। कतिपय घर बाढीले भत्किएका छन। स्थानीयले आयोजनाको नहरका कारण झन बाढीको समस्या निम्तिएको आरोप लगाएका छन्।