जाजरकोट- अविरल वर्षातका कारण आएको पहिरोमा पुरिएर जाजरकोटमा चार जनाको ज्यान गएको छ। १० जना गम्भीर घाइते भएका छन्। बिहीबार बिहान करिब ३ बजेतिर घरमाथिबाट आएको पहिरोले घर बगाउँदा सक्ला-३ वडालाकी नवरती बोहरा र उनका ८ वर्षीय छोरा नवराज बोहरा, रामीडाडा धौलाकोटका १० वर्षीय इसाक नेपाली र नायक-५ का ९ वर्षीय प्रकाश नेपालीको ज्यान गएको जाजरकोटका प्रहरी प्रमुख डिएसपी चक्रबहादुर सिंहले जानकारी दिए।उनका अनुसार पहिरामा परी अन्य १० जना घाइते भएका छन्। गम्भिर घाइते हुनेमा ४० वर्षीया सुधा नेपाली, १२ वर्षीय लले नेपाली, १२ वर्षीया देवी नेपाली, ६ वर्षीया शारदा नेपाली, ३० वर्षीय कर्णे नेपाली र९ वर्षीया कमला नेपाली रहेको स्थानीय चन्द्रबहादुर खड्काले जानकारी दिए।
त्यस्तै सक्ला-३ का जयलाल बोहरा, उनकी छोरीहरु १३ वर्षीया आरती बोहरा र १० वर्षीया कमला बोहरा, सक्ला-८ का डिलबहादुर नेपाली गम्भीर घाइते छन्। घाइते सुधा, लले र कर्णे, जयलाल, कमला र आरतीको अवस्था चिन्ताजनक छ।
स्थानीय नाथ्रा खोलामा आएको बाढीले ५ वटा काठे पुल बगाएको छ। बाढीले रामीडाँडा र सक्लाका ४० घर जोखिममा रहेको प्रहरीले जनाएको छ। पुल बगाएपछि रामीडाँडा र रोकायको आवतजावत बन्द भएको छ। अहिले पनि पानी परिरहेकाले उद्धारमा कठिनाइ भएको छ।
रामीडाँडा र रोकायका विभिन्न गाँउमा पहिरो खसेकाले कति घर क्षति भएको यकिन हुन नसकेको प्रहरीले जनाएको छ। स्थानीय बासिन्दाका अनुसार दुई दर्जन घर र तीन दर्जन घट्ट पहिरोले बगाएको छ।
घाइते ९ जनाको अवस्था गम्भिर भएको र सदरमुकाम पुर्यारउन दुई दिन पैदल हिँड्नुपर्ने भएकाले उपचारमा समस्या परिरहेको छ। बाटो अफ्ठ्यारो भएको र खोलामा रहेका काठे पुल पनि बगाएकाले बिरामीको उपचारमा समस्या परिरहेको स्थानीयले बताएको छ। गम्भिर घाइतेको उद्धारका लागि हेलिकोप्टरबाहेकको विकल्प नभएकाले सरकारलाई तत्काल हेलिकोप्टरबाट उद्धार गर्न जिल्लास्थित राजनीतिक दलहरुले आग्रह गरेका छन्।
घटनाको पूर्ण विवरण अहिलेसम्म प्राप्त हुन सकेको छैन। सरकारले घाइतेहरुको शिघ्र उद्धारका लागि पहल गर्न जिल्ला दैवीप्रकोप उद्धार समितिले सिफारी गरेको नेपाली कांग्रेस जाजरकोटका सचिव कल्दर सिंहले बताए।