बाढीले बगाउँदा थप दुईको मृत्यु, मृत्यु हुनेको संख्या तीन पुग्यो (अपडेट)
नागरिक
२९ साउन २०७१
•
५ मिनेट पाठ
बाढीले बगाउँदा थप दुईको मृत्यु, मृत्यु हुनेको संख्या तीन पुग्यो (अपडेट)
दाङ- दाङमा बाढीले बगाउँदा थप दुईजनाको मृत्यु भएको छ। बबई नदीमा आएको बाढीले उरहरी ६ मोतिपुरमा दुई दम्पत्तिको मृत्यु भएको घटनास्थलमा रहेका ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी चक्रराज जोशीले जानकारी दिए।




मृतकहरुको सनाखत भने भैसकेको छैन। उनिहरुसंगै बाढीमा मृत्यु हुनेको संख्या ती पुगेको छ भने २ जना बेपत्ता भएका छन्। यसअघि डुरुवा १ की उर्मिला भुजेल खत्रीको पनि बबई नदीकै बाढीले बगाउँदा मृत्यु भएको छ। यसैगरी उर्मिलाकी आमा नमकुमारी खत्री र बहिनी लिला खत्री बाढीमा बेपत्ता भएका छन्। यसैबीच उरहरी ६ मोतिपुरमा झण्डै एकसय बढि घर बाढीले बगाएको प्रहरीले जनाएको छ। उता सतपरियामा बर्षाले घर भत्कदा २ जना घाईते भएका छन्। सतवरीया ७ विजुलीपुर का विन्ती राम चौधरीको घर भत्कदा चौधरीका दुई दम्पत्ति घाईते भएका हुन्। उनिहरुलाई उपचारका लागि बुटवल लगिएको छ।

बाढीले बगाउँदा एकको मृत्यु, दुई जना बेपत्ता

दाङ- बाढीले बगाउँदा दाङमा एक जनाको मृत्यु भएको छ भने दुई जना बेपत्ता भएका छन्। बबई नदीमा आएको बाढीले बगाउँदा डुरुवा-१ की उर्मिला भुजेलको मृत्यु भएको प्रहरीले जनाएको छ। उनका दुई छोरी २५ वर्षीया उर्मिला र ९ वर्षीया लिला खत्री बाढीमा मबगेर बेपत्ता भएको प्रहरीले जनाएको छ। उनीहरु घरमै बसिरहेको बेला बाढी घरमा पसेको र उनीहरुलाई बगाएको प्रहरीले वताएको छ। उनीहरुको घर समेत बाढीमा बगेको छ।

 

दाङमा सय बढी घर भत्किए, सय बढी परिवार बाढीमा फसे 2014-08-15 10:14:58

दाङ- बाढीले दाङमा एक सय बढ घर भत्किएका छन्। जिल्लाको उरहरी-६ मोतिपुरमा बबई नदीमा आएको बाढीले एक सय बढी घर भत्काएको घटनास्थलमा रहेका ईलाका प्रहरी कार्यालय तुलसीपुरका डीएसपी चक्रराज जोशीले जानकारी दिएका छन्। बाढीले केही पशु चौपाया मरेका छन् भने केही व्यक्तिसमेत बेपत्ता भएको जोशीले जानकारी दिए। प्रहरीले अहिले त्यहाँ उद्धार गरिरहेको छ। 

यसैबीच जिल्लाका विभिन्न स्थानमा आएको बाढीमा सय बढी घरपरिवार फसेका छन्। नदी र खोलाको बीचमा रहेका बस्तिका घरपरिवार बाढीमा फसेको जोशीले जानकारी दिए। उनका अनुसार डुरुवाको वडा नम्बर १ र ९ का विभिन्न गाउँका सय बढी ब्यक्तिहरु बाढीको बीचमा फसेका छन्। बबई नदी र स्थानीय खहरे खोलाको बीचम रहेको यो बस्तीका व्यक्तिहरु बीच टापुमै बसेका छन्। 
यसैगरी श्रीगाउँ र गोल्टाकुरीका केही गाउँका नागरिकहरु रुखमा बसेका छन्। बस्ती जलमग्न भएपछि उनीहरु ज्यान बचाउन रुखमा बसिरहेको प्रहरीले बताएको छ। बाढीको बीचमा फसेका उनीहरुको उद्धारमा बाढीका कारण समस्या भएको जोशीले जानकारी दिए। 
यसैगरी देउखुरीको सिसहनीयाका वडा नम्बर १,२,३ र ४ नम्बर वडाका सय बढी घरपरिवार पनि बाढीको बीचमा फसेका छन्। उता फूलवारी-५ मा पर्ने ६ घरपरिवार पनि बाढीको बीचमा फसेका छन्। उनीहरु ज्यान जोगाउनका लागि बबई नदी र स्थानीय क्वाङ खोलाको बीचमा पर्ने टापुमा बसेका छन्। 
यसैबीच जिल्लाका विभिन्न स्थानमा बाढीमा फसेकाहरुको उद्धारका लागि हेलीकोप्टर ल्याउने तयारी भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। हेलिकोप्टर बिना उद्धार सम्भव नभएको भन्दै जिल्ला प्रशासन कार्यालयले गृह मन्त्रालयसँग हेलिकोप्टरको व्यवस्थाका लागि माग गरिसकेको प्रमुख जिल्ला अधिकारी दिनेश भट्टराईले नागरिकलाई जानकारी दिए।
अर्को समाचार
हेवा खोला बाढीपहिरोमा बेपत्ता हुनेको संख्या २२ पुग्यो(नामावलीसहित)
०४ असार २०८०
•
२ मिनेट पाठ
हेवा खोला बाढीपहिरोमा बेपत्ता हुनेको संख्या २२ पुग्यो(नामावलीसहित)
सङ्खुवासभाको हेवा खोलामा शनिबार राति आएको बाढीले बगाउँदा बेपत्ता हुनेको सङ्ख्या २२ पुगेको छ। गए राति आएको बाढीले बगाउँदा पाँचखपन–९ का २६ वर्षीय सन्तोष राईको मृत्यु भएको छ। शनिबार राति वर्षासँगै आएको बाढीले सुपर हेवाखोला हाइड्रोपावरमा काम गर्ने १७ मजदुर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। बाढीले चैनपुर–४ मा निर्माणाधीन सुपर हेँवा हाइड्रोपावरका १७ जना बेपत्ता भएको प्रहरी नायव उपरीक्षक वीरेन्द्र गोदारले जानकारी दिए।  




वेपत्ता हुनेमा सुपर हेँवा हाइड्रोपावरका सुपरभाइजर सन्तोष ढकाल (सुनसरी), भुवनसिंह तामाङ (चैनपुर नगररपालिका) , सुवास राई ( सङ्खुवासभा) , फैजबहादुर कार्की   (झापा) , गणेश गिरी (धनकुटा), राजकुमार मगर (इलाम), मीना श्रेष्ठ  (झापा) , रामजतन थारु  (कैलाली), राहुल थारु (बर्दिया), रोहित थारु (बर्दिया), पुलसन थारु (बर्दिया), कालीराम थारु (बर्दिया), राजराम थारु (बर्दिया), सुगत थारु (कैलाली), अमर थारु (कैलाली), सीता थारु (कैलाली) र दीपक मगर (सङ्खुवासभा) छन्।  

त्यस्तै गरी सभापोखरी गाउँपालिका–३ सुनाम्लामा गोठ बगाउँदा ६० वर्षीय गणेश राई र ६१ वर्षीया सञ्चमाया राई  बेपत्ता भएका छन्। चैनपुर नगरपालिका–१ नुनढाकीमा बर्दिया नगरपालिकाका भीम चौधरी, अप्पर हेवाखोला हाइड्रोपावरका मजदुर चैनपुर नगरपालिका–४ का ५० वर्षीय ज्ञानबहादुर लिम्बू बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।  

बाढीले बगाउँदा सुपर हेवाखोला हाइड्रोपावरमा काम गर्ने दुई जना मजदुर घाइते भएका छन्। घाइते हुनेमा बर्दिया नगरपालिका –७ का २४ वर्षीय टीकाराम चौधरी र ३५ वर्षीय दीपकराज थारु छन्। गम्भीर घाइते दुवैको हेल्पिङ हेन्स सामुदायिक अस्पताल चैनपुरमा उपचार भइरहेको छ। चैनपुर नगरपालिका ४ र पाँचखपन नगरपालिका–९ मा गएको पहिरोले खोला थुनिएपछि आएको बाढीले बगाउँदा ठूलो परिमाणमा भौतिक संरचनाको क्षति भएको हो।  

बाढीले जिल्लाका विभिन्न स्थानमा सात घर क्षति भएको छ भने अन्य चार घरमा क्षति पुगेको प्रहरीले जनाएको छ। बाढीले तीन पक्की पुलमा क्षति पुर्याएको छ। घटनास्थलमा इलाका प्रहरी कार्यालय चैनपुर र सशस्त्र प्रहरीको टोली खटिएका छन्। बाढी भौतिक संरचना बगाउँदा करोडौंको क्षतिको भएको छ । घटनाको थप विवरण आउन बाँकी छ। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस