सुनसरी इटहरी वडा नं. २ की ३६ वर्षीया गीता गिरी आठ वर्षअघि वैदेशिक रोजगारका लागि कत्तार गइन्। उनी परिवारकै सल्लाहमा कत्तार गएकी थिइन्। उनी गएको डेढ वर्षसम्म परिवारको निरन्तर सम्पर्कमा थिइन्। त्यसपछि उनी परिवारसँग सम्पर्कविहीन भइन्।
परिवारका सदस्यले निरन्तर सम्पर्क गर्न प्रयास गर्दा पनि सम्भव भएन्। परिवारका सदस्यले पहुँचले भ्याएसम्म अनेक ढंगले सम्पर्क गर्न प्रयास गरेपनि सम्भव भएन्। पछिल्लो समय परिवारका सदस्यले गीताको खोजी कार्य तिब्र पारेका छन्।
यसरी खोजी गर्दा गीता नेपाल फर्केको पाँच बर्ष बितिसको छ। तर पनि उनी परिवारको सम्पर्कमा आएकी छैनन्। जसले गर्दा माइती र घर पक्षबाट खोजी तिब्र पारेका हुन्।
गीताको खोजी गर्ने क्रममा अध्यागमनसम्म पुदा उनि सन् २०१७ अक्टोम्बर २३ मा नेपाल आएको खुलेको छ। सन् २०१४ मा कत्तार गएकी आमा नेपालको जुन सुकै ठाँउमा भए पनि एक पटक परिवारको सम्पर्कमा आउन गीताका १५ बर्सिय छाेरा माधवको आग्रह छ।
गीताकी आमा दुुर्गा देवी पुरीले पनि छोरी विदेशमा भएकोमा ढुक्क भएपनि यतिका बर्ष सम्म पनि सम्पर्कमा नआउदा सम्पर्कमा आउन आग्रह गरेकी छन्। कसैसँग सम्पर्कमा नआउदां परिवारले अनेकन शंका गरेका छन्।
‘यदि कोहीसँग विवाह गरेर घरजम गरेरै बसेको भएपनि सम्पर्कमा आए सहज हुने थियो,’ गीताका श्रीमान महेन्द्रले भने। गीता महेन्द्रको दोस्रो श्रीमती हुन्। पहिलो श्रीमतीसँग सम्बन्ध विच्छेद भएपछि महेन्द्रले २०६३ सालमा गीतासँग विवाह गरेका थिए।
गिताका परिवारले खोजतलासको लागि प्रहरीसमक्ष समेत उजुरी दिएका छन्। इलाका प्रहरी कार्यालय इटहरीमार्फत नेपाल प्रहरीका यूनिटमा खोजी गर्न सकुर्लर गरिएको जानकारी दिइएकाे छ।