मेयर साम्पाङले सहमति नगरि खानेपानी लैजान लागेको भन्दै स्थानीय उपभोक्ताको अवरोध
२७ असोज २०७९
•
३ मिनेट पाठ
मेयर साम्पाङले सहमति नगरि खानेपानी लैजान लागेको भन्दै स्थानीय उपभोक्ताको अवरोध
स्थानीय उपभोक्तासँग भालुखोलाबाट पानी ल्याउने सहमतिलगत्तै स्थलगत निरीक्षणमा पुगेका मेयर हर्क साम्पाङ। तस्बिर: रोहित/नागरिक
आफूहरुले उपभोग गरिरहेको खानेपानीको मुहान क्षेत्र शिवजट्टाबाट मेयर हर्क साम्पाङले सहमति नगरि खानेपानी लैजान लागेको भन्दै स्थानीय उपभोक्ताहरुले विरोध जनाएका छन्।




स्थानीयको चर्को विरोध तथा दबाब पछि मेयर साम्पाङले मुहान क्षेत्र परिवर्तन गर्न सहमत भएका छन्। मेयर साम्पाङले जनश्रमदानबाट बिहीबार(आज)देखि वडा नं १५ लाई लक्षित गरेर शिवजट्टाबाट पानी ल्याउने काम शुरु गर्न लागेका थिए। यो थाह पाएपछि स्थानीय उपभोक्ताहरु बिहानैदेखि कोशी राजमार्गसँग जोडिएको शिवजट्टा जाने बाटो शिवधारामा भेला भएका थिए। शिवजट्टामा निर्माण सामग्रीहरु लैजान नदिन वडा नं ४ र १४ का उपभोक्ताहरु आएर बाटो छेकेपछि केहीबेर तनावग्रस्त स्थिति बनेको थियो। सुरक्षाको लागि प्रहरी पनि तैनाथ भएका थिए।

उपभोक्ताहरुसँगै वडा नं १४ का वडाअध्यक्ष कृष्णप्रसाद भट्टारई र वडा ४ का वडाअध्यक्ष धनबहादुर कुलुङ राई पनि अवरोध गर्न पुगेका थिए। मेयर साम्पाङलाई आफुहरुले शिवजट्टाबाट नभै उपभोक्ताहरुको मुहान नभएको भालुखोला क्षेत्रबाट पानी लैजान आग्रह गर्दा नमानेपछि अवरोध गर्न आउनुपरेको वडा ४ का अध्यक्ष कुलुङले बताए। उनले भने,‘मेयर साबले जहाँबाट पानी लैजाने भन्नुभएको छ, त्यो क्षेत्रभन्दा मुनिबाट धेरै उपभोक्ताहरुले पानी लगेर खाइरहेका छन्। त्यसैले हामीले भालुखोलाबाट लैजानुस्, बरु हामी पनि सघाउन आउछौं भनेका थियौं, उहाँले नमानेपछि हामी यसरी आउनुपरेको हो।’

स्थानीय उपभोक्ता र मेयर साम्पाङका समर्थकहरुबीच शिवधारा क्षेत्रमा विवाद भएपछि मेयर साम्पाङ आफै पुगेका थिए। उनलाई पनि स्थानीयले घेरा हालेपछि मेयर साम्पाङले उपभोक्ता समितिका प्रतिनिधि र वडाका जनप्रतिनिधिहरुलाई छलफलको लागि कार्यकक्षमा बोलाएका थिए। मेयर साम्पाङले आफू स्थलगत निरीक्षणमा जादा उपभोक्ताहरुले खोलाबाट पाइप हालेर पानी लगेको नदेखेपछि मात्र सेउतीको माथिल्लो क्षेत्र शिवधाराबाट पानी ल्याउने योजना शुरु गर्न लागेको बताए। उपभोक्ताहरुले भने बर्षामा खोलामा बाढी आउने भएकोले आफूहरुले पाइप भिरको जरुवा पानीमा राखेर लगिरहेको भन्दै आफूहरुसहित स्थलगत निरीक्षणमा जान आग्रह गरेका थिए।

उपभोक्ताहरुको आग्रह पछि मेयर साम्पाङले उपभोक्ताको इन्टेक भेटिएको तल्लो क्षेत्रभन्दा माथि नजाने र भालुखोलाबाट नै पानी ल्याएर वडा १५ लाई वितरण गर्ने भनेपछि सहमति भएको थियो। साथै, मेयर साम्पाङले आफूहरुको आग्रह स्वीकार गरेपछि खुशी व्यक्त गर्दै वडा ४ र १४ का वडाअध्यक्ष साथै उपभोक्ताहरु पनि श्रमदानमा आउने प्रतिवद्धता जनाएका छन्। वडा नं १४ का अध्यक्ष कृष्णप्रसाद भट्टराईले भने,‘वडा नं १५ लाई पानी नदिने भन्ने थिएन। मात्र अहिले उपभोक्ताहरुले खाइरहेको मुहान क्षेत्रभन्दा माथिबाट पानी नल्याइयोस् भन्ने थियो। मेयर ज्युले यो कुरामा सहमति जनाउनुभएपछि विवाद हल भयो। अब म आफै पनि श्रमदानमा आउनेछुँ।’

छलफलमा यो सहमति लगत्तै मेयर साम्पाङ वडाअध्यक्ष र स्थानीय उपभोक्तासहित सेउती हुदै भालुखोला मुहान निरीक्षणमा गएका थिए। निरीक्षण पश्चात मेयर साम्पाङले भने,‘अस्ति निरीक्षणमा आउदा खोलाबाट पानी लगेको पाइप देखिएको थिएन। तर, बाढीले बगाउने भएकोले भिरतिर पाइप राखेर पानी लगेको रहेछ। कसैले उपभोग गरिरहेको मुहान असर पर्ने गरि लैजादैनौं, उपभोक्ताहरुले भनेजस्तै भालुखोलाबाट नै लैजान्छौं। काम भोली शुक्रबारदेखि नै शुरु भैहाल्छ।’  

गएको वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेद्वारी दिएर मेयरमा निवार्चित साम्पाङको प्रमुख एजेण्डा नै खानेपानी थियो। पानीको चरम अभाव भोगीरहेको धरानबासीलाई आफू निवार्चित भएदेखि नै खानेपानी पर्याप्त पुर्याउन मेयर साम्पाङ जनश्रमदानबाट विभिन्न योजना अघि सारिरहेका छन्। उनले पकुवा खोलाको पानी श्रमदानबाट ल्याएका छन् भने निशाने, सर्दु र खर्दुको पानी पनि स्वास्तिका चोकमा ल्याएर वितरण गरिरहेका छन्। यस्तै, निशाने सर्दु दोभानमा गोर्खा पिस फाउण्डेशन र हर्क साम्पाङ सपोर्ट कमिटी युकेले २ लाख १० हजार लिटर क्षमताको पानी ट्यांकी निर्माण गरिरहेकोछ भने ३ करोड बढी लगानीमा गोर्खा वेल्फेयर ट्रष्टले पनि खर्दुबाट पानी थप्ने योजना कार्यान्वयन गर्न लागेको छ।  

शिवजट्टाबाट पानी ल्याउन निर्माण सामग्री लैजाने बाटो छेकेर उभिएका स्थानीय उपभोक्ताहरु र सुरक्षाको लागि परिचालित प्रहरी। 
अर्को समाचार
शिवजट्टाको पानी ल्याउन स्थानीय उपभोक्ताको अवरोध, भालुखोलाबाट ल्याउने सहमति
२७ असोज २०७९
•
३ मिनेट पाठ
शिवजट्टाको पानी ल्याउन स्थानीय उपभोक्ताको अवरोध, भालुखोलाबाट ल्याउने सहमति
स्थानीय उपभोक्तासँग भालुखोलाबाट पानी ल्याउने सहमतिलगत्तै स्थलगत निरीक्षणमा पुगेका मेयर हर्क साम्पाङ। तस्बिर : रोहित राई
आफुहरुले उपभोग गरिरहेको खानेपानीको मुहान क्षेत्र शिवजट्टाबाट मेयर हर्क साम्पाङले सहमति नगरि खानेपानी लैजान लागेको भन्दै स्थानीय उपभोक्ताहरुले विरोध जनाएका छन्।




स्थानीयको चर्को विरोध तथा दबाब पछि मेयर साम्पाङले मुहान क्षेत्र परिवर्तन गर्न सहमत भएका छन्। मेयर साम्पाङले जनश्रमदानबाट बिहिबार (आज) देखि वडा नं १५ लाई लक्षित गरेर शिवजट्टाबाट पानी ल्याउने काम शुरु गर्न लागेका थिए। यो थाह पाएपछि स्थानीय उपभोक्ताहरु बिहानैदेखि कोशी राजमार्गसँग जोडिएको शिवजट्टा जाने बाटो शिवधारामा भेला भएका थिए। 

शिवजट्टामा निर्माण सामग्रीहरु लैजान नदिन वडा नं ४ र १४ का उपभोक्ताहरु आएर बाटो छेकेपछि केही बेर तनावग्रस्त स्थिति बनेको थियो। सुरक्षाको लागि प्रहरी पनि तैनाथ भएका थिए।

उपभोक्ताहरुसँगै वडा नं १४ का वडाअध्यक्ष कृष्णप्रसाद भट्टारई र वडा ४ का वडाअध्यक्ष धनबहादुर कुलुङ राई पनि अवरोध गर्न पुगेका थिए। मेयर साम्पाङलाई आफुहरुले शिवजट्टाबाट नभै उपभोक्ताहरुको मुहान नभएको भालुखोला क्षेत्रबाट पानी लैजान आग्रह गर्दा नमानेपछि अवरोध गर्न आउनुपरेको वडा ४ का अध्यक्ष कुलुङले बताए। 

उनले भने, ‘मेयर साबले जहाँबाट पानी लैजाने भन्नुभएको छ, त्यो क्षेत्रभन्दा मुनिबाट धेरै उपभोक्ताहरुले पानी लगेर खाइरहेका छन्। त्यसैले हामीले भालुखोलाबाट लैजानुस्, बरु हामी पनि सघाउन आउछौं भनेका थियौं, उहाँले नमानेपछि हामी यसरी आउनुपरेको हो।’

स्थानीय उपभोक्ता र मेयर साम्पाङका समर्थकहरुबीच शिवधारा क्षेत्रमा विवाद भएपछि मेयर साम्पाङ आफै पुगेका थिए। उनलाई पनि स्थानीयले घेरा हालेपछि मेयर साम्पाङले उपभोक्ता समितिका प्रतिनिधि र वडाका जनप्रतिनिधिहरुलाई छलफलको लागि कार्यकक्षमा बोलाएका थिए। 

मेयर साम्पाङले आफु स्थलगत निरीक्षणमा जादा उपभोक्ताहरुले खोलाबाट पाइप हालेर पानी लगेको नदेखेपछि मात्र सेउतीको माथिल्लो क्षेत्र शिवधाराबाट पानी ल्याउने योजना शुरु गर्न लागेको बताए। उपभोक्ताहरुले भने बर्षामा खोलामा बाढी आउने भएकोले आफुहरुले पाइप भिरको जरुवा पानीमा राखेर लगिरहेको भन्दै आफुहरुसहित स्थलगत निरीक्षणमा जान आग्रह गरेका थिए।

उपभोक्ताहरुको आग्रह पछि मेयर साम्पाङले उपभोक्ताको इन्टेक भेटिएको तल्लो क्षेत्रभन्दा माथि नजाने र भालुखोलाबाट नै पानी ल्याएर वडां १५ लाई वितरण गर्ने भनेपछि सहमति भएको थियो। साथै, मेयर साम्पाङले आफुहरुको आग्रह स्वीकार गरेपछि खुशी व्यक्त गर्दै वडा ४ र १४ का वडाअध्यक्ष साथै उपभोक्ताहरु पनि श्रमदानमा आउने प्रतिवद्धता जनाएका छन्। वडा नं १४ का अध्यक्ष कृष्णप्रसाद भट्टराईले भने,‘वडा नं १५ लाई पानी नदिने भन्ने थिएन। मात्र अहिले उपभोक्ताहरुले खाइरहेको मुहान क्षेत्रभन्दा माथिबाट पानी नल्याइयोस् भन्ने थियो। मेयर ज्युले यो कुरामा सहमति जनाउनुभएपछि विवाद हल भयो। अब म आफै पनि श्रमदानमा आउनेछुँ।’

छलफलमा यो सहमति लगत्तै मेयर साम्पाङ वडाअध्यक्ष र स्थानीय उपभोक्तासहित सेउती हुदैं भालुखोला मुहान निरीक्षणमा गएका थिए। निरीक्षण पश्चात मेयर साम्पाङले भने,‘अस्ति निरीक्षणमा आउदा खोलाबाट पानी लगेको पाइप देखिएको थिएन। तर, बाढीले बगाउने भएकोले भिरतिर पाइप राखेर पानी लगेको रहेछ। कसैले उपभोग गरिरहेको मुहान असर पर्ने गरि लैजादैनौं, उपभोक्ताहरुले भनेजस्तै भालुखोलाबाट नै लैजान्छौं। काम भोली शुक्रबारदेखि नै शुरु भैहाल्छ।’

गएको बैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेद्वारी दिएर मेयरमा निवार्चित साम्पाङको प्रमुख एजेण्डा नै खानेपानी थियो। पानीको चरम अभाव भोगीरहेको धरानबासीलाई आफु निवार्चित भएदेखि नै खानेपानी पर्याप्त पुर्याउन मेयर साम्पाङ जनश्रमदानबाट विभिन्न योजना अघि सारिरहेका छन्। उनले पकुवा खोलाको पानी श्रमदानबाट ल्याएका छन् भने निशाने, सर्दु र खर्दुको पानी पनि स्वास्तिका चोकमा ल्याएर वितरण गरिरहेका छन्। यस्तै, निशाने सर्दु दोभानमा गोर्खा पिस फाउण्डेशन र हर्क साम्पाङ सपोर्ट कमिटी युकेले २ लाख १० हजार लिटर क्षमताको पानी ट्यांकी निर्माण गरिरहेको छ भने ३ करोड बढी लगानीमा गोर्खा वेल्फेयर ट्रष्टले पनि खर्दुबाट पानी थप्ने योजना कार्यान्वयन गर्न लागेको छ।
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस