नेपालका हुनेखानेदेखि सामान्यजन सामान्यदेखि जटिल प्रकृतिको उपचारका निम्ति भारतका विभिन्न अस्पताल धाउँछन्। तर छिमेकी मुलुक भारतका नागरिक नेपालकै अस्पतालमाथि विश्वास गर्छन्। लहानस्थित सगरमाथा चौधरी आँखा अस्पतालमा दैनिक आउने बिरामीमा करिब ६० प्रतिशत भारतका हुन्छन्।
भारतको राजधानी नयाँ दिल्लीबाट करिब चार सय किलोमिटर लामो यात्रा गरेर ४८ वषीया रबिया खातुन लहान आएपुगिन्। उनी यहाँ घुम्न आएकी होइनन्। सस्तोमा आँखाको भरपर्दो र गुणस्तरीय उपचार हुने सुनेपछि उनी लहानको सगरमाथा चौधरी आँखा अस्प्ताल आइपुगेकी हुन्। भारतको राजधानी दिल्लीमै धेरै अस्पताल छन्। तर उनको विश्वास सगरमाथा चौधरी आँखा अस्पतालमै छ। ‘सुनेजस्तै भरपर्दो उपचार पाएँ,’ रबियाले भनिन्, ‘सुनेभन्दा कयौं गुणा स्तरीय उपचार सेवा र अस्पतालकर्मीको व्यवहार पाएँ।’ बायाँ आँखा नदेख्ने उनी अप्रेसनपछि छ्याङ्गै देख्ने भएर घर फर्किएकी छिन्।
दायाँ आँखाबाट नदेख्ने भएपछि भारतकै धेरै अस्पताल धाएर थाकेका अजहर वारसी लहानको अस्पतालबारे सुनेर यहाँ आइपुगे। शल्यक्रियापछि ज्योति फर्किएपछि डाक्टरलाई भगवान् भन्दै उनको आँखा खुसीको आँसुले भरियो। सफल सल्यक्रियापछि प्रस्ट देख्ने भएर वारसी घर फर्किएका छन्।
भारत बिहार समस्तीपुरकी ४८ वर्षीया किरणदेवी बायाँ आँखा नदेख्ने भएपछि चिन्तित थिइन्। पारिकै अस्पतालहरूमा उपचार गराउँदा आँखाको ज्योति फर्किएन। उनलाई उतैका मानिसले लहान जान सल्लाह दिए। उनी सगरमाथा चौधरी आँखा अस्पताल आइपुगिन्। उनको आँखाको शल्यक्रिया गरियो। शल्यक्रियापछि उनले प्रस्ट देख्ने भइन्। आँखामा खुसीको आँसुसहित ज्योति लिएर उनी घर फर्किन्।
‘उता, बिहारमै आँखाका थुप्रै अस्पताल छन् तर भरपर्दो उपचार छैन,’ उनले भनिन्, ‘यहाँको उपचार भरपर्दो भएकाले लहान आएका हौं।’ उनका अनुसार आँखा उपचार केन्द्रका रूपमा सगरमाथा चौधरी आँखा अस्पतालले धेरै मानिसको विश्वास जितेको छ।
सर्लाही ब्रह्मपुरीका १६ वर्षीय शिवम महतोले बायाँ आँखा देख्न छाडेको चार महिना भयो। धमिलो देख्दा देख्दै उनी यो आँखाबाट केही नदेख्ने भएपछि सर्लाहीकै अस्पतालमा उपचार गराए। तर उनको ज्योति फर्किएन। अब आँखाको ज्योति नफर्किने भन्दै निराश बनेका महतो सर्लाहीको मलंगवास्थित सगरमाथा चौधरी आँखा अस्पतालको शाखा अस्पतालमा पुगे। त्यहाँ उनलाई लहान जान भन्यो। लहानको सगरमाथा चौधरी आँखा अस्पताल आइपुगेका उनको बिहीबार आँखाको शल्यक्रिया भयो। शल्यक्रियापछि उनले प्रस्ट संसार देख्न पाएका छन्। आँखाको ज्योति फर्किएपछि महतो खुसीले गदगद छन्। सगरमाथा चौधरी आँखा अस्पतालमा शल्यक्रियापछि दृष्टि पाएका उनमा खुसीको सीमा थिएन।
यस वर्ष १० महिनामा १ लाख ५३ हजार ९ सय ९ जना बिरामीको उपचार भएको छ भने ३८ हजार ९ सय ९४ आँखा बिरामीको शल्यक्रिया भएको अस्पताल प्रबन्धक अभिषेक रोशनले बताए। जसमध्ये ३० हजार ३१ मोतिबिन्दुका बिरामीको आँखाको शल्यक्रिया भएको छ। यसमध्ये ५ सय ३१ बच्चा छन्। चिसो महिनामा आँखा उपचारका लागि आउने बिरामीको संख्या दोब्बरले बढ्छ।
यो आँखा अस्पतालमा मोतिया बिन्दु, जल बिन्दु, पर्दा (रेटिना) को रोग, कोर्निया (नानी) प्रत्यारोपण, अकुलोप्लास्टिक (आँखाको ढिक्कासम्बन्धी रोग), अकुलोप्रोस्थेसिस (कृत्रिम आँखा राख्ने), बालबालिकाको मोतिया बिन्दु र आँखाको डेढोपन (स्विकन्ट) सम्बन्धी शल्यक्रिया, बच्चाको आँखासम्बन्धी सघन शल्यक्रिया यहाँ हुन्छ। यहाँ चस्माका ठाउँमा कन्ट्याक्ट लेन्स राख्ने सेवासमेत उपलब्ध छ। आँखा उपचारमा नाम कमाएको सगरमाथा चौधरी आँखा अस्पताल विशेषज्ञ उत्पादन गर्ने थलो समेत हो। अस्पतालले नेसनल एकेडेमी अफ मेडिकल साइन्ससँग स्वीकृति लिएर ‘नेत्र विशेषज्ञ कोर्स’ अध्यापन गराउँदै आएको छ।